तरुण तपसी
तरुण तपसी
(नव्यकाव्य)
कविशिरोमणि लेखनाथ पौड्याल
पाए €€2ा॥791 1 फाक्ा) 01 196021 €9129102फ772-।-?0ए017691701 12919
पौड्याल, लेखनाथ
तरुण तपसी (नव्यकाव्य) / लेखनाथ पौड्याल. - तेस्रो_संस्क.- ललितपुर : साका प्रकाशन, २०६६ वि.:
१२५ पृ.
15819 978-99933-2-755-4
१. नेपाली कविता 1. आख्या,
1प891.4951२0389[- ०८ 22 20090613
प्रकाशक : साफ्रा प्रकाशनसंस्करण : नवौँ, २०४५दसौँ, २०५०एघारौँ, २०५८बाह्रौँ, २०६२तेह्रौँ, २०६६ (साफा प्रकाशनबाट नबौँ पटक, ५१०० प्रति): रु. १०५।- प: साफ्रा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुरफोन : ५५२१०२३, फ्याक्स : ५५४ ४२२६
श्र
भूमिका
शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेकोथियो; मलाई सह्यार्ने दुई जना धाईआमाहरूमा एउटी होमनाथको कृष्णचरित्रर अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन् । रामायण गाउने चाहिँसङ्गीतज्ञा थिइन्, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनिजब रामचन्द्रको बिदा हुने बेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमाआउँथ्यो- 'गयो खान्या बेला मकन त मिल्यो राज्य बनको'- मलाई कवितालाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शार्दूलविक्रीडित छन्दमा लेखिएकाछन्, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमाबस्ने नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ,मुख्यतः जब कवितालाई रुवाउनुपच्यो अनि उनीहरू यही छन्दको प्रयोग.गर्दछन्- भानुभक्तले भक्तमाला यही छन्दमा लेखे- 'जगत्मा खुब् धायाँ न तसुफल पायाँ कहिँ रति", सत्यहरिश्चन्द्रवर्णनमा जब राजारानीको वियोग भयो,बडाकाजी मरीचमानसिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइजनकनै ब्राह्मणजिले । लग्या ठोक्ते ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यासअप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीयसिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए ।शैलीको विषयमा त मलाई यसो भन्नु छ कि “तरुण तपसी' मा यस्तो एकश्लोक छैन जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस् ।आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तम रोज्दा-
अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ : मैले 'तरुण तपसी', देखेकोत रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु हो पढेको रहेछु तर राम्ररीगुनेको रहेनछु । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेरप्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु-
'म खाउँ मै लाउ................,,,,,,,चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी'
अवश्य यो उत्तम छ तर यसलाई सर्वोत्तम भन्दा 'तरुण तपसी' काकैयौँ उत्तमोत्तम कविताप्रति अन्याय तथा अनुचित व्यवहार हुन जान्छ ।दुष्टान्तमा-क्
खडेरीले पोल्दा तन सब शुक्यो................. ॥'विधाताको लीला-वश पयर विस्तार थिरियो'10] 0, पा'म जन्मेको मात्रै तन शिथिल.................... !'कहाँ मेरो त्यस्तो तप-नियमको सिद्ध-सपना'
'कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन'“गुणी ज्ञानी ध्यानी क्रषिमुनिहरूसम्म सकल''थिये खाली दोटा करङ बिचराका............. १“म रुन्थेँ साथैमा दिन पनि अँध्यारो मुख गरी,सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै घरघरी ।''लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको '“म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी''पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको''व्ययाको जो ज्वाला विकल उस चीत्कार-रवमा'“चरीको त्यो “चीँ चीँ-मय' रुदन वा क्रन्दन कडा''निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा'पाकारीको जान्ठा,,22000:5::90न 244;'कुनै वेला तिम्रो गृह र फुलबारी वरिपरि''न शक्छै यो आँशू टप टप टिपी चप्प पिउनन शक्छौ मासूले दिनभर अघायेर जिउनन शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउनचुँडयौ व्यर्थै मेरो मनुज ! तिमिले जीवन किन ?'1.1 1. : उति तन काल तिला १'कदाचित् त्यो मेरी प्रणय-पुतली............ ५|... 1100... नन तका जनम ॥“दया हो पृथ्वीको अति चहिकिलो पारसमणि'“म मर्ने हुँ मर्छु तर तिमि नराम्रोसित चुक्यौ"(९ 10... निला लाला हना'कुनै चाहे नङ्गा भइ फगत ढङ्गा गरिरहुन्''चराको भझौँ तिम्रो गगनतलमा सर्र उडने'“चरीले छादेको फगत दुइ थोपा रगतमाडुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा'विधाता माताको स्तनयुगलमा स्तन्य रसको''सबैकी साजा छन् धरणि जननी..........ख
'अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला''जती शक्छस् कालो गगनपथ आलोकित गरा'“कुनै चौता जस्ता सुघर सुकिला बाहिर भने''जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका''थियो जस्तो पैले चटकमय त्यो धर्म नकलीजुट्यो उस्तै आई चटकमय विज्ञान नकली'“म सम्भयो मै मात्रै, गुरुचरण सम्भ्यो गुरु गुरु''जटा-मासू छाला सहित हितको जीवन पनि'
यसरी उद्धुत गर्न थालेको पक्षमा प्रायः 'तरुण तपसी' का जम्मै श्लोकउद्दरणमा आउँछन् किनभने लेखनाधीय कविताको प्रकृति नै यस्तो छ, विशेषगरेर 'तरुंण तपसी' मा लेखनाथको पूर्ण प्रकाश छ ।
(१) हामी जब प्रत्येक श्लोक छुन्छौँ अनि कुनै सुर लागेको तारमा हातपरेजस्तो हुन्छ, त्यो बज्दछ । लेखनाथका पदपद सङ्गीतमय छन् । उनीभन्दाअगाडिका नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ,तर लेखनाथको स्पर्शले नेपाली कवितामा युगपरिवर्तन भयो, त्यो संस्कृतजत्तिकैउच्च संस्कृत बन्यो । लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो ।उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन्, परन्तुजुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्नसकेका छैनन् । )
अहिले अरू क्रालाई पन्छाएर केवल शैलीलाई लिँदा पनि जब हामी एकएक श्लोक एक एक पाउ पढ्दै जान्छौँ हामीलाई कुनै दिव्य सिँढी उक्लँदै गएकोअनुभव हुन्छ- कत्रो गाम्भीर्य ! कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति !लेखनाध 'तरुण तपसी' मा स्पष्ट रूपले अद्वितीय छन्, कति धनी लेखनी !
(२) रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन्, कसैकसैलेअद्भुत कल्पना पनि गरेका छन् परन्तु रूखलाई तपसी बनाएर आदिदेखिअन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन् त्यो संसारकोकाव्यजगत्लाई नै एक सृष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधनातथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर 'तरुण तपसी' जस्तोसर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । त्यसमा हामी त्यतिसम्म एकाकार पाउँछौँकि कैयौँ ठाउँमा लेखनाथ बोलेको र रूख बोलेको हामीलाई एकात्मक लाग्दछ ।जस्तो -
'जमायेँ लाचारीसित जमिनमा आसन कडाबन्यो छायाशाली उपर भरिलो गोल मुहुडा ।जती जस्तो आओस् नियतिवश शीता५$५तप-हुरीभयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥'
ग
यो कसले बोलेको ? रूखले ? हो, तर के यो उही 'पिँजराको सुगा'“लेख्ने कविकोअसी वर्षको अनुभवी आत्मकहानी होइन ? हो, हो-'सब सहन शक्ने ननिहरी'कविको कत्रो आत्मसम्मान, आत्मविश्वास ? यस्तै यो कहिल्यै ननिभ्ने ज्योतिलेआफ्ना समकालीन अरू प्राय: सबै कविहरूको प्रतिष्ठानमाथि लेखनाथ तरुणभएर बलिरहेका छन्; नेपाली भाषाको दशा (दियोको बत्ती) सित सदैव बलिरहनेछन्,यसमा सन्देह छैन ।अगिल्लो भूमिकामा मैले 'तरुण तपसी' लाई प्रसिद्ध “मेघदूत' र ग्रेको'एलिजि' सित दाँज्न पुगेको छु । कुनै अवयवमा, आकारमा तथा शैलीमा यिनीहरूकोदँजाइ उत्तिको अनुचित छैन; अवश्य आश्य कालिदासले मीठा वर्णन गरेका छन्,बादललाई गरेको सम्बोधनमा प्रतिभा झल्केको छ, उच्च कल्पनाहरू छन्, ग्रेकोएलिजि पनि सुन्दर छ; परन्तु एकदेशीय छन् । “तरुण तपसी'-ले एउटा वृक्षकोरुदनलाई मात्र बुझेको छैन उसले समस्त मानवजातिका आस्था, अहङ्कार,भावना, प्रेम र दौर्बल्य, उच्चता र नीचतालाई समातेर दर्शन गराएको छ, यतिमात्र होइन भविष्यलाई समेत औँल्याएर आधुनिक उच्छुङ्खलतालाई सावधानहुने सन्देश दिएको छ, त्यो पनि कति सुन्दर कलाले-'मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमाबन्यो, सोही पापी करुचि पछि सल्केर सबमा ।कडा गोला गोली कठिन चिजका लाखन थरीखडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥'नेपाली रुचि र परम्पराअनुसार “तरुण तपसी'-मा तरुको कल्पना प्रतीकवादीभएको छ, त्यसो हुँदाहुँदै पनि कविता दोबरिए पनि त्यो पातलो रेशम अथवानाइलनले छापेजस्तो स्पष्ट देखिने भएको छ ।(३ कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको,नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ, 'सत्यकलि संवाद' को-'काढी तरक्क पसिना दिनरात डोकोबोके पनी उदरगर्त रहन्छ भोको'यो जस्तै यसमा पनि-'कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरीनिचोर्दै छु तेरौ समझ अथवा ज्ञान-गठरी'यस्ता अनेकौँ उदाहरण उत्रन सक्तछन् । अझ जब लेखनाथ चरालाईछुन्छन् तब उनी यथार्थमा द्विज बन्दछन्- लाग्दछ, उनी चराको भाषा बुभ्दछन् ।मन उठ्तछ 'षष्ठ विश्वाम' यहाँ फेरि जम्मै उतारँ, तर अहिले म चारैतिरबाटसोहोरी भूमिकालाई छोष्टयाउने प्रयत्न गरिरहेको छु । तैपनि यी दुई पङ्क्तिउद्धृत गर्दछु- यसमा ध्वनि अनन्तसम्म प्रतिध्वानि भएझैँ मलाई लाग्दछ-घ
“चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा- सुनेथेँ त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ।'
अनि 'करुणामैय त्यो कथा' प्रारम्भ हुन्छ : 'शिकारीको झम्टा' ले मानिसकोहृदयको कठालो :- समातेर कवि हामीलाई आदर्श कवितामा हाम्रो अनुहारदेखाइदिन्छन्, हामी लाज पचाउन सक्तछौँ तर चिन्तन नगरी सुख छैन, अनिहामी आफूलाई रुँदै मासु खान लागेको पाउँछौँ । 'शिकारीको झम्टा' ले भन्दालेखनाथको एक एक कविताले हामीलाई भझम्टन्छ, झम्टा दिन्छ । महाकविदेवकोटोको 'हुरीको गीत' लाई म यहाँनेर सम्झन्छु त्यो आँधीबेहरी लेखनाथमाछैन, उनमा त मन्द मधुर सुगन्ध शीतल कस्त्रीको सुवास आउने हिमालयमारुतकोगति छ, तर कति ओजस्वी गौरवपूर्ण पाउ, एक एक चरणले हृदयको द्वारघचघच्याउँछ । अनि सप्तम विश्राममा गएर करुणरसले यसरी विश्राम लिन्छ-
“चरीले छादेको फगत दुइ थोपा रगतमा'हुन ता लेखनाथले कवितालाई सदैव सदुपयोग गरेका छन्, उसमाथि पनि उनकाकविता सधैँ अनेक वाद र सङ्कचित साम्प्रदायिकताभन्दा माथि केवल मानवतामाआधारित छन् तथापि यी सब गुणलाई एकातिर राखेर पनि कविता निरपेक्षसुन्दर हुन सक्छ भन्ने उदाहरणको निमित्त त लेखनाथ सर्वश्रेष्ठ छन्, यो उनकोप्रतिभालाई तपस्याले दिएको आशीर्वादको परिणाम हो ।
यसरी 'तरुण तपसी'-का उन्नाईस विश्वाम लगाएर उनले रूखलाईजिउँदो महात्मा बनाए, आफू पनि कवित्रषि बने । रूखमन्तिर बास; रूखकोबाल्यकाल; पशुहरूको र रूखको सम्बन्ध; विभिन्न क्रतुमा रूख; रूखमा चरा;चरीको चीँ चीँ; रूखको शान्ति; धनी र गरीब; भोको अतिथि; घनसञ्चय;क्रयविक्रय; जूनकीरी; पसीनाको खिँचातानी; अन्धविश्वास; धर्म र विज्ञान,समाधि; निष्काम कर्म, हाँसो; अनि रूखको रूखै; यस किसिमले उन्नाईसदृष्टिकोणबाट रूखलाई हेर्दै र रूख चढेर मात्र होइन त्यसभित्र पसेर संसारलाईहेर्दै कविले यस काव्यलाई सगरमाथाको राष्ट्रसुहाउँदो बनाए ।
स्वास्थ्यकर प्रतिस्पर्धा साहित्यको उत्थान गर्ने प्रवृत्ति हो ! लेखनाथपछिकाकविहरू र अत्याधुनिक कविहरूले कविताशैली अथवा कवितात्मक सौन्दर्यचेतनापष्टिलेखनाथसित्न हार खाए । क्रमश: त्यतापट्टिको साधनामा हास हुँदै गयो । सौन्दर्यचेतनाहोइन विशुद्ध चेतनापष्टि कविहरूले प्रगति गर्दै गए । लेखनाथपछि नै बाहिरीसंसारका साहित्यको प्रभावले नेपाली साहित्यजगत् प्रभावित भयो, १९९२ अझ१९९३ साल कार्तिकदेखि अमेरिकाका बाल्ट ह्बिटम्यानका स्वच्छन्दताले नेपालीसाहित्यमा प्रवेश गत्यो । आधुनिकताको नाममा इज्जापाउण्ड, टि. एस. इल्यट रफ्रान्सका कविहरूबाट पनि हाम्रा कविहरू प्रभावित भए । अवश्य कविहरूमाआत्मानुभूति, आत्मसम्मान, आत्माभिमान, अस्तित्व-चैतन्य, असन्तोष,संवेदनशीलता, संशोधनीय भावनाहरू अन्य देशका प्रसिद्ध कविहरूमा जस्तै
ङ
अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्, आधुनिक दृष्टिकोणले कविहरूमात्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिकअभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्तकवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ। म फेरिदोहोस्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्तिहामीलाई प्रशंसा गर्नुपरोस्, तर त्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यैधमिलिने छैन ।
२०१० सालमा “तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालकासमस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमणिलाईरथमा राखेर सबले ताने । स्वर्गीय श्री ५ त्रिभुवनबाट पनि अभिनन्दन प्रकटभयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानकोनिम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाटउनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ ।
अन्त्यमा म यही भनेर यो भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाकोक्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्, कविलाई चाहिँ लागोस्- 'मअझै क्रणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्, जुन नढली फल दिन छोड्दैन ।हामी रसास्वादन गर्न पाइरहौँ उनी चाहिँ सदैव हरियो, तरुण र चिरजीवीहोउन् ।
ज्ञानेश्वरकाठमाडौँ बालकृष्ण सम२०२१ चैत्र ९
श्री गौरीशङकराभ्यां नमः
तरुण तपसीप्रथम विश्वाम
रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर ।त्यसै बेला घुम्दै विजन पथको पादपमनि
पुगे कोही यौटा कविवर बिसाउँँ अब भनी ॥
र्
मजाको चौतारी, वरपर सबै शून्य विजननिकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन ।बहन्थिन् सामुन्ने कलकल नदी पुण्य-सलिलाअनेकौँ देखिन्थे तट-निकटमा सुन्दर शिला ॥
तरुण तपसी : १
३शुम्यो बस्ता बस्तै सकल पसिना सर्र उनकोफुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको ।झिकी सादा कापी, कलम अब लेखूँ म कविताभनी ती टोलाये, तल तल चले देव सविता ॥रह
थियो आलो कान्ताजनविरहको चोट मनमाफिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा ।तपस्याको लिन्थे लहड, तपकै वर्णनतिरझकाये त्यो प्यारो कलम, दगुरचो दूर नजर ॥३तपस्वी कस्तो हो ? कठिन तपको तत्त्व कुन हो ?भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो ?गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमापरचो सारा पृथ्वीतल मलिनिमाको परिधिमा ॥६कसी तेर्छो चिल्लो घनपटलको नील कबरीधरी उस्मा रातो चहक मसिनू चादर सरी ।चली-हाली सन्ध्या-रमणि सबकै रङ्ग-रसमाडुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा ॥
७
फिँजी मैलो झाँक्रो मलिन तमको व्याकुल बनीबडो चर्को गर्दै हुँचिल-रवको क्रन्दन पनि ।कुनै काली आली विकल विधवबातुल्य रजनीलडी छर्दै तारामय चहकिला भूषण पनि ॥य.समेटी ताराको चहक सब एकै पटकमालपेटी त्यो सारा अति निविड मालिन्य-पटमा ।घुस्यो चालो चालो विकटतम कालो घनघटाजुटाई चौतर्फी भुवनभरमा तस्कर-छटा ॥
२ : प्रथम विश्वाम
९न कोही बाँकी भो वन, नद, नदी, शैल शिखरन ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर ।जहाँ हेरयो सम्मै, भुवन सब भो गाजलमयखडा भैगो मानू विकट भय वा विश्व-विलय ॥१०उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनिफुकाएको कापी, कलम, मसिदानीतक पनि ।गरी-हाल्यो कालो तरुण तमले चट्ट चटनीकटारी 'झौँ लाग्यो कविकन कठै ! काल-चटनी ॥११“मुटू धड्म्यो ज्यादा, पयर हुन थाले लुदुपुटुटुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुदुमुटु ।नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनिलडे चौतारीमा कवि 'शरण ल्यौ शङ्कर !' भनी ॥
कल
९५,७72 कन, 7057 छ, “7 पो नट) “१ १“३ ङ% एप
000
को» ॥“2// १॥ ररहलटी रि)”? 0
१ ) 1 वानु &) पट५
॥ छ क ॥
पनकडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखकोसिह्कानी, के पर्थ्यो झटपट कठै ! नीद सुखको ।परेको पाखामा अति विकल माछोमय बनीबिताये वा काटे छटपट गरी कष्ट-रजनी ॥१३हवा चल्दै-आयो सिरिसिरि पछिल्लो पहरमाबजायो तन्द्राले मधुर मुरली मस्त सुरमा ।झकाई त्यै वेला अगम दहरा$५काश-बिचमापुगेछन् ती भित्री अमर-पदवीको नगिचमा ॥१४हरायो कान्ताको विरह, तपको कौतुक गयोअकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो ।बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमाडुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा ॥१५न .प्यारो चौतारी, न शरण लिने त्यो रुख खडान त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा ।न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटीकुनै फेला पारे अगम उनले शान्ति-ढुकुटी ॥१६न यो द्यावा-पृथ्वीमय भुवनको भास उसमान ता बोक्रे मैला विषय-सुखको प्यास उसमा ।अहा ! त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणाथियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥१७शरत्को बेला होस्, अमृतकर लाखौँ टहटहउदाकन् बेदागी गगनभर गर्दै चहचह ।प्रभा तिन्को उम्लोस्, तदपि उस आलोक-लवकोअगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥
'ह : प्रथम विश्वाम
१८सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरीथियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी ।मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थियेअहां ! कस्तो कस्तो अग॒म छबिमा तन्मय भये ॥॥ ॥/१यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमाडुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।उसो हेर्दा टाढा मन वचन भन्दा अति परइयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥२०लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसकोठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरीतुरुन्तै उत्रै ती, हृदय-बिच लाग्यो किरिकिरी ॥२१म को हुँ? त्यो के हो? कुन चटकमा गद्गद थियैँ ?कसो भो ? के के भो? किन म सहसा बेगल भयेँ ?कता लाग्यो त्यत्रो परम सुखको सागर भनीघुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥ररबढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरीभये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसीबिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥ररअली मोटो अग्लो कद, जमिनमा छन् पद खडाघुँडा, तिघ्रा, बाहृ, उदर, उर छन् पुष्ट तगडा ।कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडाजटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥
तरुण तपसी : ५
२४समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमासदा एकैँनासै विषय-रसको दु:ख-सुखमा ।थिये ती खम्बा झैँ कठिन तपको, धैर्य-गुणकोभरीलो ओजस्वी नयन-युगको ज्योति उनको ॥म 27" ५) ५७11 1221 6द्र प् / ॥ 0 1५,
७ ,
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलुउनी तिन्को हेर्थे नियति-गति-रेखा टुलुटुलु ।ति लोहाको टुक्रा-सदृश, तपसी चुम्बक थियेत्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥र्दअघी जो झल्केथ्यो परम सुख बा शान्ति मनमाउसैको क्यै पाये झलक तपसीको वदनमा ।इ्नी को ? कस्ता हुन् ? भनि गम बढाये जति जतिस्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥
६ : प्रथम विश्षाम
२७दया, मैत्री, श्रद्धा, प्रणय-रसले भित्र रसिलोतपस्याले बल्दो तर -हरघडी शान्त हँसिलो ।प्रभा उन्को हेर्दा हृदय सब भो गदगद अतितुरुन्तै श्रद्धाले कविकन लगाये कुतकुती ॥रे८%झकी झट्टै जोडी करयुगल 'बाबा ! हजुर को ?कुटी यद्दा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'भनी सोधे श्रद्धा-सहित कविजीले जब अनिउनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥२९पुरी मैदै माटो दनुज दुइको सागर भरिहवादारी गारो चिनिकन दिशाको वरिपरि ।सफा नीलो तारा-जडित गगनै छादन कसीबनायेको राम्रो भुवन-कृटियाको म तपसी ॥३०न तुम्बाको टण्टा, न त छ चिपिया, फझफोलि-झकडान ता छाला, माला, न धुनि, न कुनै गेरु-कपडा ।न ता चेला-चाटी, न गुरु परिपाटी छ शरणखडा छु एकाकी जमिन-बिच टेकेर चरण ॥३१पिता माता को हुन् ? कुन नियत वा कारण परीलियेँ यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?मलाई यो केही स्मरण अघिको छैन मनमाम खाली हेर्दोछु प्रणयसित यो विश्व-महिमा ॥डरसुती लेटी मिल्ने सुख-सयल जानेँ न त रतिन ता कोही तीर्थ-भ्रमण सुख भोगँ अलिकति ।जहाँ जन्मेको हुँ विधिवश उहीँ छू अझ खडासही लाखौँ चर्का विपद अथवा सङ्कट कडा ॥
क्यहाँदेखिको प्रशन र संवाद झकायेका विरही कविसितको हो ।तरुण तपसी : ७
३३ ०चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरीघुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक»ै गरीबित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥३४
-यति भनिकन लम्बा शास फेरेर फेरिकवितिर अति तीखो नेत्रले खूब हेरी ।मुनिवर चुप लागे, लागिहाल्यो समाधि' जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?
क्कनै वस्तुमा आँखा नाचम्ली टकटकी लगायेर हेरिरहने मुद्वाकोनाम हो- त्राटक ।८ : प्रथम विश्वाम
द्वितीय विश्वाम
१बिचमा भुमरी परी परीबहँदी सम्थरकी नदी सरी ।फिर बग्न गयो उसै गरीमुनिको शीतल सूक्ति-माधुरी ॥दरचपेटा पर्नाले नियति अगुवा कर्मगतिकोलियेथेँ यो चोला जुन बखतमा लोकहितको ।उसै बेलादेखी जुन जति सहेँ कष्ट कहरसबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥नम जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलोकलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो ।चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडाकठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥४सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनीमलाई को हेर्ने ? उस बखत माया-वश बनी ।जती चल्थे फिर्थे, सब मतलबी नासमझ तीकठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥। 4कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरीजथाभावी चल्दा अबुझ बढुवा टम्टम गरी ।म धर्कन्धेँ, भन्थेँ पनि गिडगिडाई तिनिकनदुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥
तरुण तपसी : ९
६ठुला साना प्राणी चतुर विधिका सन्तति सबसबैको साझा हो प्रकृति गुणको भोग्य-विभव ।सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरीधरालाई पारी प्रणय-रसले देव-नगरी ॥७
बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनीतिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधिसबैलाई प्यारो विषय-सुखको यो जलनिधि ॥प्अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबलाजगद्व्यापी एकै भुवनपतिको जीवन-कला ।भई भोगपेमी हरतरहले घुम्छ भवमाउसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥ह“'दया' भन्ने एकै मधुरतम पीयूष-रसकोपिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।यता विश्वपेमी बन मतलबी भाव नधरउतालाई सोझै अमर-पदवी हासिल गर ॥१०किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमाअहो ! एकैनासे परम चितिको दिव्य चकमा ।फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥११ठुलाले सानाका उपर करुणा दृष्टि नगरीजथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गरचलाक बिस्तारैसित नजरकै साथ पयर ॥
१० : द्वितीय विश्वाम
॥ 6."कराई चिच्च्याई यसरि बिलना वबन्दन गरीम बोल्थेँ त्यो बेला विकल बिचरो न्याहुल सरी ।कठै ! मेरो भाषा नबुझि सब चल्थे टमटमहुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥
कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमाभनी डर्दै, तर्दै नयन बदटुवाका पयरमा ।म गन्थेँ बाटोमा निशिदिन कठै । जीवन-घडीमजा मानी बुन्थेँ मलिन मुखमा जाल मकडी ॥१४जसै बल्झे माखा, मसक बिचरा जाल-बिचमाअनी कालो कालोपम शठ शिकारी नगिचमा ।पुगी दाह्वा धस्थ्यो रगत सब चुस्थ्यो तनननम आँखा चिम्लन्थेँ सहन नशकी त्यो शठपन ॥पुकठै ! यस्तै यस्ता धरणितल नै नर्क गह्दुकागरी फिर्ने पापी कुटिल कपटी जीबहरुका ।तमासाले गर्दा मन विकलतासाथ चिरियोविधाँताको लीलावश पयर विस्तार थिरियो ॥
तरुण तपसी : ११
१६हवाको, धर्तीको, गगनतंलको जो तिन :.थरी,बहन्थ्यो छातीमा रस-बल उसैको भर गरी ।उठेँ सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुकोउदायो यस्तैमा प्रखर महिमा ग्रीष्म क्रतुको ॥१७विजेताको मानू विकट वबिजयोन्माद-जनित-प्रताप-ज्वालाले सदृश, किरण-श्रेणि-खचित ।कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमाफिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥१५हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनिअँगेनू भैहाल्यो रवि-किरण बल्दा दनदनी ।ठुला साना प्राणी सकल उसमा पिल्सिन गयेम त्यो वेला टिक्थेँ कसरि बलियो दैव नभये ?१६न ता मेरो काया प्रबल, न त छाया छ घनकोन ता स्पशैं मिल्थ्यो पलकभर चीसो पवनको ।कठै ! त्यो बेलाको अति विकल सन्तप्त मनकोअवस्था नै अर्को, सहजसित शक्ने कहन को ?न जुरुकखडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो,छुट्यो मानू नाडी-चलन, पदमा जीवन लुक्यो ।नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनीम लिन्धेँ यो चोला बदलिकन अन्तैतिर जुनी ॥
२१
निशाले छर्थी जो अमृत-रस बा शीतलपनउसैद्वारा गर्दै दिवसभरको दाह-शमन ।जती चढ्थ्यो राती विकल मुटुमा जीवन-बलउती घद्दै जान्थ्यो दिनभर सबै त्यौ तलतल ॥
१२ : द्वितीय विश्वाम
ररसही चर्को ज्वाला नियति-गतिले बन्धन परीरही त्यस्तो चालासित अधमरा जीवन धरी ।बितायेँ त्यो गर्मी क्रतु सकल, बर्षा शुरु भयोमलाई त्यो भाग्योदय-विधि-विधाता गुरु भयो ॥
२३
बजाई चौतर्फी विजय-नगरा त्यो घननन .उठी ठाडै गर्जी भुवनभर घुम्दै फनननखडा भो कृष्णा$५त्मा जलद जब तेही बखतमाचढ्यो मेरो शोका$५कुल मन खुशीको तखतमा ॥२४उज्यालो आशाको चहक चुहुँदो चारु बिजुलीजती गर्थ्यो कालो घन-पटलमाथी झिलिमिली ।उती हुन्थ्यो मेरो हृदय सहसा सर्रे सरसथियो मानू प्राणै उस घनघटाको परवश ॥२२५विधाता पग्ल्यो वा जलद-घटदेखी जल चुह्योसुधा बर्स्यो यद्ढा प्रकृति-जननीको दुध बह्यो ।अहो ! जस्ले गर्दा लहलह भयो जीवन सबनिमेषैमा उर्ल्यो शत-शतगुणा वृद्धि-विभव ॥२६अकस्मात् मिल्नाले मधुरतम त्यो जीवन-सुधाभयो मेरा लेखा अमर-नगरी तुल्य वसुधा ।उदायेँ, मौलायेँ, जड पनि जमायेँ वरिपरिपस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥२७क्रमसित घटनाको चित्र सारा उतारी., विकसित मुख-शोभा शान्त गम्भीर पारी ।किन किन मुनि फेरी बेसरी चक्करायैमधुर अमृत बग्दो सूक्ति-धारा दबाये ॥
तरुण तपसी : १३
तृतीय विश्वाम
१म पनी मुनि-वाक्य-माधुरी-मुहुनीको वश बेसरी, परी-4. .चुपचाप थियँ शनै: शनै:फिर निस्के मुनिका कुरा उनै ॥
बित्यो वर्षा, प्यारो जलन जल-धारा छरिछरीहरी ग्रीष्म-ज्वाला, सकल पृथिवी शीतल गरी ।पखेरामा लागी तुहिनगिरिको शङ्कर सरीबस्यो यद्वा लेट्यो सुखमय हँसीलोपन धरी ॥
३कुवा, खोला-नाला, सर, दह तथा ताल, तटिनीसबै सङ्ले, झल्के, अति विमल ऐनामय बनी ।जहाँ हेर्दा नीलो गगनतंल चुर्लुम्म सकलडुबेको देखिन्थ्यो मुनि-मन सरी स्वच्छ विमल ॥
१४ : तृतीय विश्राम
1
खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा' निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा ।
शरत्को शोभाले सब मलिनता दोष दबियोअहा ! द्यावा-पृथ्वीमय भुवन यो कञ्चन भयो ॥
१
तपस्याको छाया भुवनभर पारेर सबमाबढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा ।
म भन्थेँ त्यो वेला पलपल ठुलो साहस धरीबिचैमा चौतर्फी पशु धुरिन आये गरगरी ॥
६कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपनाकहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना ।शिँगौरी खेल्दै ती निहुँ-पिहुँ झिकी लाखन थरी
तरुण तपसी : १५
७
कुनै मुन्टै टोकुँ भनि नयन दिन्थे उपर ती
कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती ।कुनै दल्थे, मल्थे, हरकिसिमका युक्ति-बलले
कठै ! यस्तै चालासित कठिन धेरै दिन चले ॥
पो
यताको यो बाधा, तल पयरमा कीट कठिनतिखा दाह्वा धस्थे हरकिसिमले जीवन लिन ।झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलकीसहाराले सारा मरि मरि सहेँ घात खलको ॥९कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियोकतै पल्टयो आलो उकुच, उसमा सूच भरियो ।कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अतिमलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥१०कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहनपरेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन ।परीक्षा हो वा त्यो पर-हित-महामन्त्र-जपको ?थियो यद्ढा दीक्षा-विधि नियम त्यो तीव्र तपको ॥पृ.ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्कसैले जान्दैनन्, मनुज सब अन्धा अबुझ छन् ।कुनै जान्दो हो ता मनुज पर-पीडा अलिकतिमलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥१२हजारौँ ती धक्का रगडहरु खाँदै हरघडीअडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी ।'किशोरा$वस्था त्यो जिनतिन बित्यो व्याकुल बनीहटे सुस्तै सुस्तै नियति-गतिले ती पशु पनि ॥
१६ : तृतीय विश्वाम
१३नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पबनकोसुबिस्ताको साथै धृति र बल उत्साह मनको ।उपाधि-ज्वालाको प्रशम, सब यो सिद्धि-तरिकाजुट्यो, जस्ले गर्दा पिर सब भुलेँ जन्मभरिका ॥१४हवाको, पानीको, धरणि-जननीको रस-बललिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल ।म त्यो चौबाटोमा अटल बलियो आसन कसीजमेँ, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥१५थियो मानू मेरो उस बखतको भाग्य हँसिलोबहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो ।चरा तेही मेरो मधुर मुहुनीको वश परीपरी जस्तै भर्थे प्रणयसित गर्दै चिरिचिरी ॥
७)
१०१०
€/“.1/ € ४ ८ 1273 20]॥ छ? ७) १
05 ५: ८ न ८४५5
तरुण तपसी : १७
१६कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमाकुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा ।कुनै भन्थे राम्रो किसिमसित हामी सब चरायसैमाथी पारौँ अब गुँड बनायेर बचरा ॥१७चुचो ठाडो पारी वरपर निहारी गम गरीकनै भन्थे भारी श्रुति-मधुर झारी रसझरी ।खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सबयहाँ चल्छन् लाखौँ शठ पथिक गर्दै कटु-रव ॥१८गुणी, ज्ञानी, ध्यानी, क्रषि, मुनिहरूसम्म सकलचरामाथी गर्छन् हरतरहको बन्धन-छल ।यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतराभनी गर्थे कोही बहस बहुतै नीति-चतुरा ॥१९कुनै भन्थे यस्को रुचिकर जटा-मण्डल जबहँदै जाला बढ्दै गगनतल-चुम्बी अनि सब ।सबै भन्दा माथी बसिकन गरौँला चहचहझली गाना गाई रसिक-गुरु गन्धर्वसरह ॥२० ॥कुनै मेरो बढ्दो वय-मधुरिमाको वश परीपरी जस्तै नाची पलपल ठुलो कौतुक गरी ।गला फारी भारी प्रणयसित गर्थे कलरवम त्यो सुन्दा भन्थेँ, अब सफल भो जीवन सब ॥२१छरीता फुर्के ती बहुत रसिला सुन्दर चरीजती खेल्थे झिक्तै मधुर सुर-सङ्गीत-लहरी ।उती मेरो अन्तःकरण उनको रङ्ङग-रसमाडुबी गोता लिन्थ्यो, पलपल थियो दिव्य-सुषमा ॥
१्द : तृतीय विश्वाम
ररम तेही लीलाले विकसित भयेकै समयमाठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा ।कुनै चङ्गा आयेँँ गगन-बिच खेल्दै लडिबुडीथियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी ।रेडहवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरीजटामा त्यो अल्भ्यो अलिछिन बन्यो लर्कन सरी ।उदेकाई थालँ सरल मनले गम्न म पनिबिधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥२४जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरीढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी ।त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गच्योभयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झत्यो ॥२५थिये खाली दौटा करङ बिचराका, तिनि पनिउडायो कौवाले लगिकन बनाउँ गुँड भनी ।जटामा अल्झेको फगत रिलधागोौ अलिकतिरहदयो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति ॥र६कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनकोकहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको !विधाताले मानू क्षणिकतम उत्थान-पतनक्रियाको झल्कायो झलक करुणासाथ मकन ॥२७अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरीमसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी ।उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडीबिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥
तरुण तपसी : १९
२८लटाईको धागो तरलतम सङ्कल्प मनकोकका मस्कायेको उभय-गति सुर्के पवनको ।सदा उड्दो तृष्णामय गगनमा कौतुक गरीचमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !!र९कनै ज्यादा माथी नयनयुगले भेट्न कठिनकनै ती लत्रेका तल तल धुलोमा जिनतिन ।कनै थोरै माथी गननबिच भर्ने फुलजडीअनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥३०उता हेरघो नौलो गगनतलमा लाखन थरीउनै: नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी ।उडेका देखिन्छन् तर सब चुँडिन्छन् निमिषमाथियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा ॥३१यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उताउठ्यो अर्कै चर्को लिइकन कडा घात-कदुता ।बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडियेकठै ! भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥श्रउभिण्डो भै लर्के तलतिर, बिपत्तासित गयेनयाँ निस्के, आये, अलिछिन उडे, त्यै प॒थ लिये ।सदा यै ढाँचाले निमिषभर विश्वाम नगरीचलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !!: ३३ ।अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरीठुला साना चङ्गा त्यस किसिमले लाखन थरी ।उडाई चौतर्फी चटचट चुँडालेर यसरीबिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !!
२० : तृतीय विश्वाम
2.1त्यसै वेला यौटा विधि-नियमको दर्पण बनीचुँडेको चङ्गा झैँ शिथिल रविको मण्डल पनि ।गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडीगुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥३०झत्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिकोविवेका$$लोक-श्री रहित मनभझौँ मन्दमतिको ।म ड्बेँ त्यै कालो तम-जलधिमा त्यो समयमाघुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा )३६यसरि हृदय-हारी भाव-गम्भीर भारीसरस सरस सान् सूक्ति-निस्यन्द झारी ।मुनिवर बनिहाले मौनभावा५भिरामअलिछिन मन मेरो चक्करायो तमाम ॥
चतुर्थ विश्वाम
१अलिबेर ' पतङ्गका कुरामनले खूब गमेँ पुरा पुरा ।उनको जब मौन भङ्ग भोअनि अर्कैतिरको प्रसङ्ग भो ॥र्निशाले जो मेरो उपर तमको चादर धरीउषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।बित्यो एवंरीत्या रुचिकर शरत्काल सुखमापरी-हालेँ मानू पछि त म कठै ! मृत्यु-मुखमा ॥डेस्वभाबैले हो वा अविदित कुनै कर्मवश हो ?दशाले हो यद्ढा कुटिल विधिको कोप-वश हो ?नजाने केले हो प्रकृति-जननीको मुख भरीजम्यो कालो पोतो मधुर मुख-शोभा सब हरी ॥॥.1
मदारी भझौँ छोप्तै नजर सबका गुम्म कुइरोघुस्यो मानू रोप्तै मुटुबिच तिखो शीत-सुइरो ।
जगतमा चौतर्फी मलिन भझुसिलो भाव: भरियोदिनश्रचीको साथै तन सकल मेरो गँगरियो ॥
१
पिट्यो पाता कस्तै विकट रिपु भै शीत शठलेतुषारोले मास्यो शिर सब थिची लात्ति हठले ।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियोहरीले मुण्टयायो विकट गलहत्तीतक दियो ॥
२२ : चतुर्थ विश्वाम
बसेको बाटोमा गुठिल गठरीसाथ धनकोफसेको फन्दामा कुटिल कपटी दस्युजनको ।कठै ! कोही निर्धो विकल बटुवा भौँ म बिचराभयेँ त्यो पिट्टाले हल न चल यद्ढा अधमरा ॥
७
चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै ! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी ।म रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी
सघैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥
यु
कडा त्यो ठण्डीले सकल मुटुको ताकत जतिचुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।बिदा भैगो मानू उपचय-कला विश्वभरकोम जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?
तरुण तपसी : २३
९कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिरकुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर ।थियो सारा पृथ्वीभर अगिपछी केवल खडाधमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा ॥१०अहा ! त्यो वेलाको क्षणिक पनि आलोक रविकोमिठो मर्मस्पर्शी सरस कविता भझौँ सुकविको ।ठुला साना निर्धा धनिक सबलाई सम थियोममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥११म आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरीगुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी ।बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरीकुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी ॥१२उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता ।उदायो खम्बा झैँ अटल रहने साहस ठुलोभयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥१३विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनकोसबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको ।बिपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्योसही बस्ता केही समय अथवा जीवन बित्यो ॥
। १४लिई श्रद्धा एकै परहित-महामन्त्र-जपकोबनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको ।
गरेँ जस्तो मैले जुन जति कुराका अनुभवम त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ?
२४ : चतुर्थ विश्वाम
१५यता माथी नीलो गगन, तल विस्तीर्ण धरणीउता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी ।त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनीतपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥१६कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिनासबैमाथी गर्दै जिउ जकडले शीतल दुना ।बिते सुस्तै सुस्तै गठन तनको खूब दह्दियोविपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥१७म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियोहुँदै आयेँ, पाय कठिन तपको स्वाद गुलियो ।अघीको शीतोष्ण-प्रभृति सब बाधा पर सरोविधाताले मानू अभय पदमा दाखिल गप्यो ॥१५त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरीसबैमाथी छर्दै तरुणतम शोभा सुनहरी ।वसन्तश्री ठाडै सुरनगरदेखी तल भरिन्धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥१९नयाँ हावा लाग्यो, जल-थल भयो मञ्जुल नयाँ,नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ ।नयाँ बोली-चाली, विषय-रुचि निस्क्यो सब नयाँनयाँ भैगौ मानू समय-गतिले गैह्र दुनियाँ ॥२०अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरीफिँजारी चौतर्फी मधुर सुख-सौन्दर्य-लहरी ।वसन्तश्री गर्थिन् सब तरु-लतामा चहचहछचल्किन्थ्यो जस्ले प्रणय-रसको निर्मल दह ॥
नतठिटी झैँ गर्थिन् ती नटखट; छिटी झन् पयरमाथियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा ।हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरीकरा गर्थ्यो मानू मधुर मुहुनीको बश परी ॥ररत्यही फागु-द्वारा उस बखत मेरो शिरभरीचढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी ।म यो देखी आफैँ मनमन बडो गद्गद भयेँबसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥र्३चढायेको मैले प्रणय-फुलको अञ्जलि लिईमलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरीबसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥२४म तेही वासन्ती मधुर छविको रङ्ग-रसमाडुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।डटौँ चौबाटोमा पथिक जनको आश्रय बनीसबै लागे मेरो प्रणय-वश भै गर्न सहनी ॥
रत्यहाँदेखी मेरा जति जति बिते जीवन-घडीउती खुल्दै-आये क्रमसित विपत्का हतकडी ।यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियोउताको खातामा “तरुण तपसी' नाम दरियो ॥२६
मसित सब बताई ई मिठा सत्य बातनयन-युगल चिम्ले सिद्धले शान्ति-साथ ।
हृदयबिच बिलायो श्वास-निश्वास सारामुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥
२६ : चतुर्थ विश्राम
पञ्चम विश्राम
१वचनामृत त्यो पियँ जतिदिलमा प्यास बढ्यो अहो ! उति ।अब त्यो कब पाउँला भनीअडियेँ निश्चल दीप झैँ बनी ॥र्चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमापरचो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा ।खुल्यो जोडी लामा कमल-दल जस्ता नयनकोप्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥३निराशाको पर्दा मलिन मनको भेदन गरीमुटूमा झल्काई अति रुचिर आलोक-लहरी ।उनी बोले फेरी जलद सरि धीर ध्वनि गरीति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !!र
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥। ४थियो बाल्यावबस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थँ फगत मुख हेर्थे गगनको ॥
तरुण तपसी : २७
६तपस्याको अग्लो भवन-बिच चढ्ने असजिलाकडा दैवी बाधामय अति नराम्रा खुडकिला ।सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधिभयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि ॥
७
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडीममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्योजगत्को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥हिसबै आउन्, पाङन् प्रणय-सुखद्वारा हृदयकोकसैलाई मेरो नगिच नरहोस् नाम भयको ।म भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनीनबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥९म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुलाचुलो-चम्को लाई खचित नगिचै लाखन शिला ।उता मीठो पानी, सब तरहले बास सजिलोथियो, अग्लो होचो जमिन, तर.सुत्ता असजिलो ॥१०त्यसैले हो यद्दा अविदित कुनै कार्यवश होदयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो ।नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनकोठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥
११खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरीचिने चौकी चाक्लो उपर छपनीले सम गरी ।म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुरकठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥
२८ : पञ्चम विश्राम
सह् सर्दी, गर्मी बहुत बलियो आसन कस,रह् चौकीभित्रै,ै कठिन तपको भोग सकस ।भनी मानू मेरो स्थितिनियमको बन्धन गरीविधाताले बारथो अति कठिन बारै वरिपरि ॥
१३जमायेँ लाचारीसित जमिनमा आसन कडाबन्यो छायाशाली उपर भरिलो गोल मृुहुडा ।जती जस्तो आओस् नियतिवश शीता५$५तप हुरीभयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥१४बिपत्ता चौकीमा हलनचल पाक तल तलनिदाये, तन्काये तनतन निदैमा रस-बल ।धरित्रीको भित्री अमृतगुण सर्वत्र फिँजियोअवस्थाले मेरो अझ मधुरिमाको पथ लियो ॥
तरुण तपसी : २९
१५कुनै कालो चिल्लो घन-सम जटामण्डल घनापुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना ।फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनिसुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥७. ताभरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरीदियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरूम भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु ॥१७म च्ौता, त्यो चौकी विधि-विहित देवालय सरीपुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।थियो तिन्को पूजाविधि ललित लीला-रसमयग दिन्थेँ पूजाको फल अतुल विश्वान्ति, अभय ॥१८तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनैतिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।तिनैलाई ठान्थे परिजन तथा जीवन पनितिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥| 9“पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटकोहलुङ्गो नङ्ग्राको पकड, टुँग त्यो चञ्चुपुटको ।मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरीम सम्भझन्थेँ सारा मधुर परमा$5नन्द-लहरी ॥२०विधाताले मेरा उपर करुणाको वश परीस्वयं वर्षायेका अमर नगरीका फुल सरी ।थिये सारा प्यारा विहग, तर ती भुर्र॒ सहसाउडी-जाँदा देख्थेँ किनः किन अँध्यारा दश दिशा ॥
३० : पञ्चम विश्वाम
२१
कुनै वेला भेला भइ विहग सारा कचहरीजमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुभी टन्न बललेखस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥
रर
कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमाअकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।लडेको देख्नाले हृदय सहसा चर्र चिरियोदया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥
“कठै
प्रकट न्ेहुटट 94 (९हर 0 ३९४५'१,:३।७7 7 हने र केकए१)0 छ
00 है
रड
शिकारी संहारी अबुझ हतभागी मनुजकोथियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरीछुनासाथै निस्क्यो कठिनसित “चीँ चीँ, चिरिरिरी' ॥
तरुणा तपसी : ३१
| 1 हि.
र्व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमाथियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।हुँदो हो ता, कालो धरणितल कैलास-सदनबनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥रचरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडाथियो जान्नेलाई अमर-कृत विद्यालय खडा ।नसम्झी यो केही अबुझ शठले भित्र मनमाचरीलाई पक्डयो शिव शिव !! तुरुन्तै जमिनमा ॥र६निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमागिस्यो कालो पर्दा भय-चकित मेरा नयनमा ।चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरासुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥२७हुन त बहुत सानू किन्तु गम्भीर भारीविहग-वध-कहानी कष्टले त्यो उतारी ।आलि छिन तपसीले अश्वुधारा बगायेनयन-युगल फेरी शून्यमा नै लगाये ॥
पञ्चम विश्वाम
षष्ठ विश्वाम
१
करुणामय त्यो कथा सुनी
मुनि झैँ खिन्न भयेर ती पनि ।चुपचाप थियँ नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा ॥
र
शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी ।
म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥ ,३
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी !
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी ।
दया माया छोडी मनुज ! कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ?६]
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँडयौ व्यधैं मेरो मनुज । तिमिले जीवन किन ?१
सिधा-सादा, निर्धा उपर पिर-बाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति ।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधि-नियम यो जान अटल ॥तरुण तपसी : ३३
द्तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको..म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।स्वभावैले मेरा उपर हुनुपर्ने सदयतालियौ जानी जानी अहह ! किन उल्टो परुषता ?
७
जगत्-रक्षालाई जुनिभर अहिंसा-व्रत धरीउसैद्वारा व्याघ्रप्रभुति पशु सारा वश गरी ।रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमामट्चाङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥युतिमी घुम्थ्यौ फिर्थ्यौी धरणितलमा, हामि नभमाकुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा ।दुबै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरीबृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥९कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरिसबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि“चरी ! आ: आः' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥१०हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमाम नाचेको देख्थे प्रणयपुरको मध्य धुरिमा ।खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदनकठै ! यो हत्यारोपन त उस वेला समभिनँ ॥११खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुराजुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरीरहेको यो निर्धो मकन किन मारचौ ? हरि हरि !
३४ : षष्ठ विश्वाम
१२हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमाथियो, त्यस्ले तिम्रो श्रुति-विवर भर्थे म सुखमा ।कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमाबिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ?१३पिताको माताको प्रणय उहिल्यै कालगतिले' बित्यो, भाई बैनीहरु सब चुँडचो दुर्नियतिले ।थियँँ बाँकी यौटा फगत म कठै ! वंश-विरुवासस्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥११४कलीला ती साना विकल बिचरा बाल बचराविना चारा भोकै सब भइशके हुन् अधमरा ।थियी साथै पोथी जुन, शिव हरे ! त्यो पनि अबकतै गर्दी होली रुदन अथवा क्रन्दन-रव ॥१५दुवै भाले-पोथी हरबखत पालो गरि गरीलगी दिन्थ्यौँ चारा विकल बचराको मुखभरी ।अकेली सुत्केरी अब शिव हेरे ! दीन बिचरी !गुजारा गर्ली त्यो कसरि दुहुरा पालन गरी ?१६अवस्था यो मेरो सहन अथवा खप्न नशकीनजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?मरी पो हाली वा प्रिय-विरहले मार्गबिचमा !पुगी वा औताई विकल बचराकै नगिचमा ॥१७कदाचित् त्यो मेरी प्रणय-पुतली व्याकुल बनीरुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।नहाने है बाबा ! विकल बचरा हुर्कन दियेवृथा अर्को चर्को शिशु-मरणको पाप नलिये ॥
तरुण तपसी : ३५
१५कहाँ त्यो सुत्केरी प्रणय-पुतली ! त्यो गुँड कहाँ !कहाँ प्यारा साना शिशुहरु ! कठै ! त्यो सुख कहाँ ।कहाँ प्रेमी साथी ! स्मरण पनि हा ! कष्टमय भोकठै ! मेरा लेखा अब सब कुराको प्रलय भो ॥१९न चाँडो जाने भो सहजसित यो प्राण-पवनन शक्छु यो बाधा सहन अथवा शान्त रहन ।न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगतिकठै ! केस्तो पापी कति कपित यो क्रूर नियति ॥२०सिला खोजी चर्ने सफर-सुख गर्ने गगनमा,ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा ।सिधा-सादा, निर्धा विहगकन मार्ने नियतिलेदियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ?कनजानी आनन्दी मनुज-कुलको उन्नति-कलाम जस्ता निर्धाको बलसित अँठयाईकन गला ।बृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गरचौधरित्रीमा कालो जहर अथवा पातक छरयौ ॥कददया राखी हाम्रा उपर विधिले कार्य-कुशलदिँदो हो ता तिम्रै सदृश बलियो बाहृयुगल ।पुगी टाढा टाढा फलफुल टिपी लाखन थरीभरी-दिन्थ्यौँ ल्याई प्रणयसित तिम्रा घरभरी ॥र२चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनिकुनै देख्नासाथै थकित जन भोको रुखमनि ।चुचैले पाकेको फलफुल चलाई बल गरीखसाल्थ्यौँ, त्यो खाओस् भनिकन दयाको वश परी ॥
३६ : षष्ठ विश्वाम
२४दया हो पृथ्वीको अति चहकिलो पारसमणिदया नै हो कालो भव-जलधिको मुख्य तरणी ।दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर भुक्यौ ?म मर्ने हुँ, मर्छु तर तिमि नराम्रोसित चुम्यौ ॥२५म भन्छु हे अन्धो मनुज ! तिमि जस्ता मनुजकोअगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरैघुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ?२६मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमाबन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।कडा गोला गोली कठिन चिजका लाखन थरीखडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥२७यही तिम्रो हिंसा, छल-कपट ज्यादा प्रबल भैसिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै ।अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनीयसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥२५चराको भौँ तिम्रो गगनतलमा सर्र उड्नेकुनै वेला आयो नियति-गतिले तागत भने ।यही हत्याकारी कुरुचिवश भै पागल सरीअवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥र९बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुराम भन्छु यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।अहिँसाको गङ्गाजल विन सबै उन्नति-कलाखरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥
तरुण तपसी : ३७
३०यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपट-पदु त्यो मूर्ख बिचरो ।दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥३१व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र ।कठिनसित बताई बर्बरी आँशु झारी
मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥
सप्तम विश्वाम
१
मुनिका उस सूक्ति-सिन्धुको
रस प्यूँदा हर-एक बिन्दुको ।मनले गहिरो मनुष्यता
पहिचान्यो, तर त्यो कता कता ॥
हुँदोहोला तोलाभर फगत फुर्के जुन चरीउही मारी, पापी कठिन करको लर्कन गरी ।चल्यो व्याधा, साथै पवन पनि तातो हररर,बहचो मान् सारा प्रकृति-पथमा भित्र जहर ॥
तरुण तपसी : ३९
३म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमापरी भागीहाले विगह बिचरा दूर वनमा ।बिभयो काँढो जस्तै कठिन घटना त्यो नयनमाघुणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥रद
चरीले छादेको फगत दुइ थोपा रगतमाडुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा ।दिशा देखेँ मैला, वरपरि सबै शैल धमिलानदी देखेँ काली शिव शिव ! उनै पुण्य-सलिला ॥५यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ?तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ?भनी हेर्दा हेर्दै वर पर कठै ! विश्वभरमाउही देखेँ कालो कुरुचि भरियेको इथरमा ॥६अहो ! यस्तो कालो विकट परहिंसा-करुचिलेबिगारेको वातावरण कुन दैवी सुरुचिले ?सफा होला भन्ने लिइकन ठुलो तर्क मनमाम एक्लै झोक्रायँ नयन युग चिम्ली विजनमा ॥
७
उडेँछ् त्यै बेला चपलगति सङ्कल्प-रथमा
चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा ।त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको
गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको ॥
८
मजा मानी नीलो नभ-जलधिमा निर्भय बुडीघुमी पौडी खेलेँ, प्रणयसित यद्वा लडिबुडीसुनँ त्यै वेलामा अगम रसिला लाखन कुराखुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥
४७ : सप्तम विश्वाम
९न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडाथियो शिक्षा-दीक्षा ध्वनिमय बडो अदभुत कडा ।अहो ! पढ्दा पढ्दै गुरुमय भयो विश्व-विभवम कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सन ॥१०जबर्जस्ती मेरो अति जरकटे कान पकडीतपस्याका खोले सकल गुरुले दुर्गम कडी ।भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझमपछाडी यो झन्क्यो अमृतमय मीठोसरि ग म ॥११कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरह्न्कुनै चाहे चङ्गा भइ गगन-गङ्गाबिच बहुन् ।अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सह्सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रह् ॥१२डुब्यो त्यस्तो चालासित किन चराको रगतमा ?भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा ।त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसातुरुन्तै देख्नेछौीँ अनि पछि उज्याला दश दिशा ॥१३लियेथेँ त्यो शिक्षा जब अनि घट्यो कष्ट कसलाउदायो निःस्वार्थ-प्रणय-विधुको शीतल कला ।घृणाको, निन्दाको सब शिथिल भो बाहच विषयभयो साह्रै हल्का सुखमय अनासक्त हृदय ॥१ काजती आँखा चिम्ल्यो किन किन उती लाखन थरीरसीला उर्लन्थे हृदय-दहमा दृश्य-लहरी ।घडी. देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमलघडी अग्ला अग्ला हिमशिखर सेता झलमल ॥
तरुण तपसी : ४१
१५ 'घडी बग्थिन् गङ्गा परम शुचिता संचन गरीघडी आई-पुग्थे हरकिसिमका देव-नगरी ।घडी नीलो तारा-जडित गगनै भवास्स छिनमास्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥१६ ।घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुलीघडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली ।घडी पानी पानी सबतिर छताछुल्ल धरणीघडी आगो बल्थ्यो धपधप, घडी बासरमणि ॥१७न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमान वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा ।लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमारसीलो निस्कन्थ्यो पल पल चमत्कार-सुषमा ॥१६अहो ! यस्तै यस्ता अघट घटनारूप चटकमजा मानी भित्रै अनुभव गरी धेर पटक ।पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली'फुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली ॥१९उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरीममाधी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी ।म झोक्रिन्थेँ, भन्थेँ किन सब टुटचो कौतुक, भनीकडा रातो देख्यँ गगन-गुरुजीको मुख पनि ॥बित्यो रात्री सारा, तम पर सरघो, सर्र रविकोप्रभा झुल्क्यो, टल्म्यो टलक कलना-तुल्य कविको ।_ बनी अर्कै निस्किन् प्रकृति-जननी, विश्वभरमारमायिन् चौतर्फी विकसितमुखी जागृति-रमा ॥
४२ : सप्तम विश्वाम
२१निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमाउदासी भै हेर्दै हरकिसिमको बाहच सुषमा ।जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलोनिकै नै कम्ती भो, विहग-बध-बाधा जहरिलो ॥र२गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमाजम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।जटाशाली अग्लो शिर पबनको रङ्ग-रसमारमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥२३कसैले त्यै वेला पनि हृदय पारीकन कडादिये भारी धक्का मकन अथवा उग्र रगडा ।लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लियेकठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥२४जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक तीम सम्भझन्थेँ, हुन्थेँ प्रणयरसले गदगद अति ।बित्यो एवंरीत्या समय, वयले उन्नति लियोरसीलो छायामा प्रणय-विधुको कान्ति फिँजियो ॥रसँभाली वा खारी चपल मनका वृत्ति यसरीम रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी ।बित्यो मेरो निक्कै समय उस चौकी उपरमाजहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥२६यति भनी तपसीले मन्द निःश्वाससाथमुख-कमल भझुकाये, बन्द भो सूक्ति-पात ।म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र-मनन मन लगाई गर्न थालेँ पवित्र ॥
तरुण तपसी : ४३
अष्टम विश्राम
१यसरी बहँदो घरी घरीमुनिको शीतल सूक्ति-माधुरी ।बिचमा जति रोकियो उतिदिन थाल्यो नव भाव-जागृति ॥र्फराकीलो चौकी-उपर बलियो आसन कसीम रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी ।थिये, ती भझुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयलेमलाई सुम्पन्धे पल पल शुभा५५शी हृदयले ॥नमल्हामी आउन् बा मलिन मुख लायेर मुड्लाबिसाञन् वा जन्तीहरु वर-बधू-साथ सुकिला ।समानै दिन्थेँ ती उभयकन छाया म तिनकोस्वयं लिन्थे छाया प्रणयसित सम्पूर्ण मनको ॥४छुती विद्वान् होस् वा मलिन कुलको मूर्ख अछुतीकुनै त्यागी होस् वा विषयरस रागी लखपति ।समानै ठान्थेँ ती विधि-विहित चैतन्य-पुतलीपछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥१समै भित्री श्रद्धा, सम अतिथि-सत्कार-विधि त्योसमै प्यारो चौकीमय चहकिलो शान्ति-निधि त्यो ।थला मारी झुल्थैँ म पनि समताकै रहरमाथियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥
४४ : अष्टम विश्वाम
द्जगद्धात्री देवी प्रकृति-जननीमा विषमताहुनाले झल्केको भुवनबिच के मिल्छ समता ?भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनीहवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥७
अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलोत्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो ।बटोही जो कोही उभयतिर चल्थे तिनि पनिलपेटेकै देखेँ उस विषमताले फनफनी ॥प्घडी भझुम्रे-फाम्रे मल-मलिन ढाक्रे र भरियाघडी साह राम्रा सुघर सुर जस्ता शहरिया ।घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमाथियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥कझिकी सुस्केराको बहुत खिरिलो सूत उसमाउनी माला मोतीसदृश पसिनाको दिवसमा ।मलाई दिन्थे जो पथिकहरु ती बीच पथमासबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥१०जती प्युँध्यो चौकी गरम पसिना पान्थ-जनकोउती बढ्थ्यो मेरो हरबखत उत्साह मनको ।म भन्थेँ तत्कालै पर पर पुच्याईकन भुजायता झर्ने चर्का रवि-किरण पार्छु सब कुजा ॥११कडा राँको जस्ता रवि-किरिणको ताप फिँजिँदाकठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा ।उत्तिन्धे छायामा मनुज, पशु, पक्षी जुन जतिथियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥
तरुण तपसी : ४५
१२जटाका लट्टामा चपल चिडियाको चहचहउता त्यो चौकीमा विविध बढुवाको तह-बह ।दगुर्थे लोखर्के-प्रभुति बिचरा बीच-बिचमाथियो मानू मेला मधुर उस वेला नगिचमा ॥
/ ८७ (! १ र ७
1 ! ६, 004
लगाई गालामा कर-कमल कर्के शिर गरीबगाई आनन्दी सरस रसियाको रस-झरी ।कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुलीमुटूमा चम्कन्थध्यो चमचम चमत्कार-बिजुली ॥१४
कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनीहटाई हप्काई तमकसित ताक्तै, छडि पनि ।
थला मारी बस्ता चतुर पुरबासी जनहरूचिरिन्थ्यो यो छाती, किन.किन म रुन्धेँ धुरुधुरु ॥
४६ : अष्टम विश्याम
१५कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरीलगी गाग्री-गाग्राहरुबिच मिठो सर्बत भरी ।कहन्थे यो खाक, पथ-जनित गर्मी मधर होस्म भन्थेँ त्यो सुन्दा मनुज-मति यस्तै स्थिर रहोस् ॥१६बुढा, पाका, बाला, युवक, अधबैँसे सब जनाबसी त्यो छायामा अलि छिन शुकायेर पसिना ।उठी-जाँदा हेरी खुशिसित जटामण्डलतिरकहन्थे वा भन्थे जुग जुग जियोस् भाग्य-शिखर ॥१७बित्यो एवंरीत्या सकल दिन, सन्ध्या-समय भोजटामा त्यो सारा रवि-किरण-धारा विलय भो !धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनीगये आगो फुक्ने नियत लिइ अस्ता;चलमनि ॥१८उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरेयता त्यो चौकीको वरपरि हजारौँ अगि सरे ।चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिलीजुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥१९कठै ! चाँडो चाँडो जठर-हरिको पूजन गरीसिह्कानैमा भारी, हर-उपर बर्कोकन धरी ।डुबे ती निद्राको अतुल परमा5नन्द सुखमाउठ्यो भारी हेर्छु म भनि घुरणा घुर्रे मुखमा ॥२०नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनिपला झैँ गैहाल्यो धकित तिनको दीर्घ रजनी ।तिखो चुच्चो खाली चटुल कुखुराले चरचरीचिरचो त्यो सन्नाटा सकल 'क्खुरीकाँ' रव गरी ॥
तरुण तपसी : ४७
२१टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पनागयो गल्दै गल्दै सकल दुनियाँको तम घना ।सबेरैको हावा पनि बहन थाल्यो सिरिसिरीफुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥ररकुनामा ती रागी दिवसकरको चुम्बन परीखुशीले मस्केकी सरल धरणीको स्मित सरी ।उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलिझिके यौटा दोटा चपल चिडियाले खलबली ॥र३उषाले बिस्तारै दिवसपतिको पूर्वतिरकोगुलाफी खोपी वा अति चहकिलो केलि-घरको ।खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपलप्रभातीको ताना मधुर लिन थाल्यो पल-पल ॥२४हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरीछरी रातो रोरीमय चहक राम्रो नट सरी ।उदाये वा आये जब रवि खुला नाट्य-घरमातमासा अर्कै भो अनि सकल संसारभरमा ॥२५ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनित्यसै 'फल्केँ टल्कैँ रवि-किरणले कञ्चन बनी ।चरा मानू नीराजन-विषयको कीर्तन गरीउडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥र६उता जोड्छन् नाता उदयगिरिमा बासरमणि ।यता छोड्छन् ताता सुखशयनको वासरमणी ।उनी बन्छन् आफैँ गिरिशिखरका स्वर्णकलशइनी भन्छन् पारौँ अब त जलले पूर्ण कलश ॥
४८ : अष्टम विश्वाम
२७
नदी बरगिथन् निक्कै पर, तदपि गङ्गे ! हर हर
म सुन्थेँ, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थे, जलदसित गर्थे अनुनय
अहो ! कैले द्यौला मकन तिमि त्यो स्नान-समय ?२८
अहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्ति-सुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो ।
थिये त्यो बेलाका सकल रसिला जीवन-घडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥३०यति भनि तपसीले माथ केही झुकायेमधुर वचन-धारा कण्ठभित्रै लुकाये ।म पनि सकल गर्दै वाक्यको सार सारपुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥
तरुण तपसी : ४९
नवम विश्राम
१अलि बेर अडी चल्यो जबमुनिको मञ्जुल ओष्ठ-पल्लव ।अनि वाक्य-सुधा बहद्यो उहीअथवा जीवनको फुक्यो बही ॥र्ठुला साना लाखौँ पथिकहरुका -लाखन थरीचमत्कारी चाला हरबखत आलोकन गरी ।बसेकै वेलामा शिशिर क्रतुको रात्रिबिचमालड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥डेन त्यस्ले क्यै खायो, न त पिउन पायो द्रववहरून केही बिच्छ्थायो, न त धुनि जगायो हरुहुरु ।घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनीबितायो वा काटयो कटकट किटी दन्त रजनी ॥र
निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बढुवामा घर गरी ।मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥
५
कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमाकलेटीको खस्रो अति मलिन रेखा अधरमा ।
गडेका खोपा झैँ नयनयुग, आँशू गहभरीबगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी ॥
५० : नवम विश्वाम
2 [1], ॥ क
५७|
सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकनअँध्यारो आकाशै सदृश मुख मालिन्य सदन ।खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडीकठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥
७
क््धाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिकोअवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको ।दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनिम शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥
02कठै ! त्यो दुःखीको उस बखत जो हालत थियोसबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो ।भयेँ केही वेलातक म पनि जीवन्मृत सरीपछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥
तरुण तपसी : ५१
९विधाता माताको स्तनयुगलमा स्तन्य-रसकोभरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।विना खाने दाना धरणितलमा जन्म कसरीकहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि !१०किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सबजती जो जन्मन्छन् सकल तिनको योग्य-विभव ।धरित्रीको छाती उपर पहिले नै छ खचितअहो ! भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?सूधरित्रीमा भक्त प्रणय अथवा जाँगर धरीखनी, खोस्री, जोती, कर-चरण माटोमय गरी ।निकाली खाये त्यो अमृतमय खाना मिलिजुलीजगत् सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥१२धरित्रीको माया-प्रणय नरदेखी कृमितकसबै जीवा$५त्मामा सम छ, उसमा छैन फरक ।उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरीसबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥१३सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिननशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरीहजारौँ के लाखौँ किसिमसित धाँजा परि परी ॥१४सबैकी साजा छन् धरणि जननी, जीव सकलउनैका छोरा हुन् हृदय-रसमा लुब्ध चपल ।भुली माता-नाता अझ सब उनै मालिक बनीबृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥
५२ : नवम विश्वाम
। १५भयेकी हुन् कैल्यै जुग जुग कसैकी न धरणीकसैकी छन् ऐले न त, फिर कसैकी पछि पनि ।वृथा मेरी भन्दै डुबिकन कडा मोह-विषमाउनैको छातीमा सब लय हुँदैछन् निमिषमा ॥१६गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरकोसिपालू, उद्योगी, गुरु-सदुश यो विश्वभरको ।बुझोस् ता यस्ले त्यो परहित-महामन्त्र-महिमादरिन्थ्यो पृथ्वीको ':अमर नगरी' नाम बहिमा ॥१७कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमाबनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा ।खियेको देख्दा यो चतुर नरजाति प्रतिदिनकठै ! मेरा आँशू तरतर बहन्छन् किन किन ?१८हजारौँ यै जस्ता मनुज मनमौजीपन धरीहिँडे वा हिँड्दैछन् सब सरसरी यै पथ गरी ।खुला नै छन् आँखा तर विकट अन्धोपनसितमित्यारी लायेका अति कठिन कारुण्य-रहित ॥१९बडा बाठा, टाठा, सकल तर बाटोबिच परीलडेको त्यो भोको पथिकतिर लाटोपन धरी ।हिँडेका छन् त्यस्तो तुजुकसित ठाडो शिर गरीअहो ! कस्तो कालो समझ तिनको त्यो हरि ! हरि !२०गुहे, काला, कौवा, अपढ वनका बन्दर पनिपरचो यौटामाथी विधिवश जसै सङ्कट अनि ।धुरिन्छन् दर्शाई प्रबल नमुना बन्धुपनकोअहो ! त्यस्तो नीचो पतन किन यो मर्त्य-मनको ?
तरुण तपसी : ५३
२१यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छधरित्रीको छातीउपर यसको उत्ति हक छ।हरचो होला कस्ले कसरि बिचमा भाग यसको ?कठै ! जस्ले गर्दा नर-जुनि डुब्यो रङ्ग-रसको ॥ररन ता यो अल्छी हो, न त छ यसको अङ्ग विकलन ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल ।अहो ! यस्तो सादा कृषक मिहिनेती कृश-बललडी भोग्दो होला कुन अधमको कुत्सित छल ?रे३न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँन भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन घरूँ ।धरित्रीको भित्री विधि-नियमले प्राप्य यसकोगुम्यो होला खाना कुन छल परी हाय ! कसको ?२४कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरीकनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी ।तमासा यो हो वा विधि-नियमको घोर भुल हो ?दुवैको यद्ढा त्यो इतर जुनिको कर्म-फल हो ?र»गरी खाना जम्बा अरुचिवश त्यो खान नशकीशुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी ।इनै भोका शोका$५कुल गरिबका दीन मुखमाचढाये बढ्थ्यो कि अभिरुचि कठै ! खाद्य-सुखमा ?२६नहेरी अर्काको मलिन मुख, लोभीपन धरीसमेटी सोहोरी सब खचित पारी घर भरी ।भनी मेरो मेरो कति कति बिते व्याकुल बनीअहो ! उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥
५१४ : नवम विश्राम
२७थियिन् पैले पैले जुन वसुमती जङ्गलमयीउनैलाई पारघो मनुजगणले मङ्गलमयी ।कठै ! जान्दो हो ता नियम परपीडा-हरणकोछुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥रदममा चल्दा चल्दै पल पल इनै तर्क-लहरीउठी काँपी काँपी विकल बदुवा त्यो थरथरी ।कठै ! पानी ताकी जिनतिन पनेरातिर गयोमलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥२९यति भनी तपसीले आँशु फेरी खसालेविकल मन समेटी केन्द्रमा नै बसाले ।म पनि अति हलुङ्गो हातले अश्वु-धारापुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥
तरुण तपसी : ५५
दशम विश्वाम
१
क्षणमात्र रह्यो र त्यो घना
मुनिको मौन समाधि-भावना ।अमृत-द्रव झैँ बनीकन
बहँदै गो फिर कर्ण-पावन ॥
जगतमा सल्केको निलिकन सबै मानवपनाअसन्तोषी दोषी अति विकट त्यो दानवपना ।तिखो काँढो जस्तै बनि उनिन आयो र उरमारुँदै बाधा पोर्खेँ प्रकृति-जननीका पयरमा ॥
५६ : दशम विश्वाम
३हुँदोहो ता खाना फल फुल तथा खाद्य मसितम दिन्थेँ त्यो सारा अतिथिजनलाई खुशिसित ।दिने त्यस्तो केही मसित नहुँदा आज सकलभयो चौबाटाको जनम तप वा वास विफल ॥र
कि ता माता ! मेरो सदय मन यो मन्द गरिद्यौकि ता याता५६५यातै पथिकजनको बन्द गरिद्यौ ।विपद् बाधा भोका अतिथिजनको हेर्न-सहननशक्नाले सल्क्यो जननि ! मनमा शोक-दहन ॥५नपाई खाना क्यै उदर-गत रुद्राधनल बलीजलेको देख्दा त्यो गरिबजनको जीवन-कलि ।जबर्जस्ती मेरो पनि सब जलेको छ हृदयत्यसैले यो गर्छु जननि ! पदमा विन्ति-विनय ॥६उठोस् आँधी-ब्यारी लिइ विकट विध्वंस विभवफुटोस् बज्जद्वारा पटपट गरी मस्तक सब ।जुटोस् चर्को कोलाहल-रव, छुटोस् प्राण-पवनम त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥७नशक्नाले भोको अतिथिजनको गर्न कदरवृथा भैगो, गैगो जननि ! जुनि मेरो, जनि गर ।खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमाकमी केको होला ? किन मकन पाय्यौ सकसमा ?
प्पुकारा यो सारा विकल बढदुवा-खातिर गरीझकायेँ चिन्तामा, अलि दिन भयेँ मूर्छित सरी ।बिलौना माताले पनि सदयतासाथ सुनिछन्ममाधी चौतर्फी फल र फुलका हार उनिछन् ॥
तरुण तपसी : ५७
९ १म ब्यूँझँ, भेट्टायैँ चटकमय त्यो खाद्य खचितभयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित ।स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरीअहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !१०अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरीगुतायिन् त्यो लम्बा'फल र फुलको मञ्जु पगरी ?भनी छामेँ, थामँ लचक ललिता$५कार उसकोबग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥११मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्योत्यसैले नै मान् जनमभरको सङ्कट निल्यो ।थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरीमजैमा लर्कायँ शिरभर सबै लर्कन सरी ॥॥ 0"बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमाभयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।ठुला-साना नाना थकित बदुवाका नजरकोभयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥१३थियो पैले मेरो तरुण वय तेसै चहकिलोजटामा उस्माथी फल र फुलको रौनक ठुलो ।त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरूनहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥१४खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटकघुमी-हाल्यो मानू निमिषमय भै धेर पटक ।भुके लुर्का फुर्का सकल पगरीका तल तलजम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥
५ : दशम विश्वाम
५ पकन कि न ८१ 2/890012577 र, : १७,१22. २04७ र ५ ११:१४ 0400 400 )
हदन”,
वि 0107 ॥ ७७ १."
%०' ८८:८४: ५ १७”
ठा
११.सबै आकन् पाकन् कठिन तपको उज्ज्वल फलनहोस् तेरो मेरो भनि कलह यद्वा खलबल ।म भन्थेँ, त्यो सारा पटु पवन म्यानेजर बनीसबैलाई दिन्थ्यो महकमय विज्ञापन पनि ॥
तरुण तपसी : ५९
१६चरा, मौरी, कीट, भ्रमर, पुतली-पूर्ण पगरीभयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमाभुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्ग-रसमा ॥१७बिचारी बिस्तारै अशनरुचि वा भोक सबकोहवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झल्थेँ त्यो देखी मनमन बडो गदगद बनीतपस्याको राम्रै अब सफल भो साहस भनी ॥
१६सबै आये, खाये, प्रणयसित गाये गुण पनिरमाये, फैलायै सुयश तपसी धन्य छ ! भनी ।तपस्याको मेरो अमृतमय चिल्लो घन-घटाफुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥
७ ०८ :.९,212)। «
|
६० : दशम विश्वाम
१९हवाको नाघी त्यो खटन बँटवारा हठ गरीजथाभावी डोकाहरुसहित जाबीतक भरी ।बटुल्थे लोभीले जब अधिक खाना अनि पछिम भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछि: ॥२०जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उतिलिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति !त्यसैले गर्दामा कति गरिबको भाग हरियोविधाताको खाताउपर सब त्यो पाप द.रेयो ॥२१कठै ! रित्तो पारीकन सब सदावर्त-भवनहरी सारा साजा पथिकजनको जीवन-धन ।लगी त्यस्तो चालासित घर भरी सञ्चय गरीकुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !२२,सबै खाये पक्का पिर अपचको पर्दछ कडानखाये अर्कैले हरण अथवा गर्छ झगडा ।कठै ! बाध्चैबाधा उभयतिर देखिन्छ त पनिभुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥
२२
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरीधनी बन्छौँ भन्दै कपण-विधिंमा लम्पट परी ।कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरीअशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !२४जमाई देखाई महजडित चाका र चकलाअभागी मौरीले मनुजहरुमा सञ्चय-कला ।शिकायो होला वा मनुज-पशुको नक्कल गरीबन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥
तरुण तपसी : ६१
२५न जाने मौरी वा मनुज कुन हो सञ्चय-गुरु ?गरचो होला दुःखी मुफत किन यो झन्झट शुरु ?यही सत्यानाशी कठिन सरुवा रोग-वश भैसडेका छन् लाखौँ विकल बिचरा मानिस सबै ॥२६अहो ! कस्तो प्यारो अधम सरुवा व्याधि इनकोछुट्यो जस्ले गर्दा स्मरण मनमा रात-दिनको ।जती जम्बा गर्छन् उति उति इनैको अवनतिकठै ! छुट्दा चोला नियतिवश होला कुन गति ?२७यही अन्धो लोभी मनुज-पशुबाटै बढि बढीबृथा जम्बा गर्ने नरकमय विद्याकन पढी ।अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमागरी ची चीँ मर्छन् मनुजहरुकै खेत-घरमा ॥र्दठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,कुटामारी, गाली, कपट, कदुता, वैर, झगडा ।घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडासबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥र९विधाताले लाखौँ अमृतमय दैवी गुण सबभरेका छन् जस्को मगजबिच, त्यै मानव अब ।फसी तृष्णारूपी विकट सुरसाको वदनमागयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥३०यही जम्बा गर्ने अधम सरुवा व्याधि विकटसरोस् वा सल्कोस् ता जलदबिच वा सूर्य-निकट ।धरित्रीको सारा मध्घुर रसधारा खिँचिकनपलामा पार्नेछन् भुवन उनले भस्म-भवन ॥
६२ : दशम विश्वाम
३१कठै ! मौरी, मूसा, मनुज बिचरा सञ्चय गरीबृथा पाकेका छन् अनलमय चिन्ताबिच परी ।चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदाघुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥डरचराले झैँ चारा फगत उदरै माफिक चरीम भोली खाँला यो भनि बदुलने लोभ नगरी ।बढोस् ता यो बाठो मनुज पर-कल्याण-सुखमासदा यस्को पर्थ्यो अमृत-रसको स्रोत मुखमा ॥0जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुलचुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल ।अहो ! त्यस्तो राम्रो विहग-कुलको चाल-चलनशिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?३४अबुझ मनुजको यो मर्म वा दर्द खोलीमुनिवर चुप लागे वाक्य अर्को नबोली ।श्रुति-युगबिच बग्दो दिव्य पीयूष-धाराफिर अलि छिनलाई बन्द भो टक्क सारा ॥
तरुण तपसी : ६३
एकादश विश्राम
१भरिलो मुख-चन्द्र-माधुरीधमिल्याई उस तर्कले गरी ।अलि बेर चुपै रहे मुनिपछि निस्क्यो अनि शीतल ध्वनि ॥रेकठै ! यस्तै यस्ता हृदय-दहमा तर्क-लहरीचलेकै वेलामा मनुजहरु आई थरिथरी ।लुछे, लाछे, तोडे भरसक सबै लर्कन जतिनराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥३झटारो वा साटो, लगुड, भिँगटी, पत्थर, छडीममा जो बर्षाये अबुझ बदुवाले उस घडी ।त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनिबनी-हाल्यो मेरो सकल चकनाचूर छुकुनी ॥रै
कनै ती हल्लन्थे शिर सब थिची भ्याँकुसि गरीकुनै हान्थे, तान्थे, कर-किशलय-च्छेदन गरी ।कसैले मर्काये भरसक निमोठी परपरीबिपत्ता भैहाल्यो प्रकृति-करुणा-प्राप्त पगरी ॥है:म त्यो चौरस्तामा जुन थकित लाखौँ पथिककोसदा माला फेर्थेँ परम हित वा शान्ति-सुखको ।उनैको देख्दा मैउपर सब त्यो बन्दरपनाअली क्यै मैलो भो कठिन तपको सिद्धि-सपना ॥
६४ : एकादश विश्वाम
६लुछेको, लाछेको शिर, सकल काया थिलथिलोथियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो ।उदेकायेँ,. हाँसँ मनुज-जुनिको त्यो पतनमापस्यो कालो रेखा अलिकति उदासीन मनमा ॥७
स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति संहने- तपस्वी-चोलाको विधि-नियम हो शान्त रहने ।यही सम्झी मैले अति कठिन त्यो पीडन सहेँ' बुझी दैवी लीला सब, बिलखमन्नै परिरहेँ ॥द्कठै ! भोलीपल्टै झटपट उनै मानिस सबभरी डोका-डालाउपर सब त्यै भोज्य-विभव ।त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरिबसे बाटो हेरी फगत रखवारीकन गरी ॥॥"स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरीफिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।गला फारी फारी सब कहन थाले 'किन, किन'कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥मगन्ते भोका वा अबुझ बिचरा बालकहरूमलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।अनी हा हा भैगो, सब कहन थाले 'पर पर'विना पैसा दिन्नौँ मुफत किन गर्छौ करकर ?११सफा सेता-राता कमरबिच ताता गरि गरीदबायेका चक्की जतनसित भिक्तै अघि सरी ।दिनेले त्यो पाये, दिन-लिन नशक्ने जनहरूचले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥
तरुण तपसी : ६५
१२
लिई चक्की त्यस्तो किसिमसित मुद्ठी भर भरदिई खाना जम्बै जब जब गयेथे घर घर ।अनी सम्भँ मैले डबल 'किन'को अर्थ गहिरोचल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो ॥१३अहो ! पैसा भन्ने कठिन मुहुनीदार चिज त्योकहाँ कैले निस्क्यो ? कसरि दुनियाँको मन जित्यो ?कठै ! जस्को लागी अमृतमय त्यस्ता फल पनिशुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी ॥१४न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमान ता दिन्छन् प्रज्ञा-बल, न त कुनै शान्ति मनमा ।न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकतिकठै ! त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति ॥
६६ : एकादश विश्राम
१५बिकम्बा पैसामा श्रम र गुणको गौरव भरीअहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी ।खिचातानी गर्दै फगत पसिनाको पल पलहरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥१६चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरीकसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी ।कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ?१७क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचितासबै स्वाहा पारी पल पल बढाई विषमता ।पियारो यै पैसा अति कठिन हालाहलमयबनी संसारैको पछि सहज गर्ला कि विलय ?१८जगत्मा पैसाले विनिमय-कला खूब सजिलोभयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडाखडा हुन्छन् यद्ढा जुग जुग ठुला झेल-बखडा ॥» ७नशा जस्तै गाँजा, चरस, अहिफेना६$५दि चिजकोविवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।विषालू पैसाले सकल दुनियाँ पागल सरीबनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !!२०“जसै यो पैसाको नयन-युगमा जम्दछ फुलोअनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथकोपछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको ॥
तरुण तपसी : ६७
२१अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कलाजगत्मा निर्धाको उति उति कठै ! शुक्दछ गला ।बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरोकठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?ररविधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा ।भरच्यो होला कोलाहल कलहको जागृति गरीबन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥र्३बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमादुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा ।भुलेको देख्नाले हरबखत पैसाकन जपीकठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥२४मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिकोगड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रतिकठै ! त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?रकुनै भोका शोका६५कुल विकल काकाकुल सरीकुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी ।अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ?यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ?र६बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमाजमाई अर्काका गरम पसिना भित्रि तहमा ।डुबी गोता लिन्छन् अनुझहरु गोताकन खपीक्ष्धाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥
६द : एकादश विश्राम
२७अँध्यारा पैसाको अति जटिल जालोबिच परीभिँगा झैँ संसारी मनुज बिचरा भुन्भुन गरी ।मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटीकठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?२८विषालू पैसाको विकट बढदो व्याधि सरुवाछिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरीकठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?२९कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुताअहन्ताको आडम्बर, भडकिलो, दम्भ, कदुता ।सबै हो यै पैसामय जहरको ग्याँस ननिकोहरद्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥३०सदा यै पैसाले कठिन हिमले पङ्कज सरीथिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।लतारेको देख्दा अब भुवन भो सङ्कटमयभनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥३१भनून् अन्धा लोभी मनुजहरु पैसाकन धनम सम्झन्छु शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरीविपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥डरइनै पैसा उम्ली तमकसित शस्त्रा;स्त्रहरुकोझिकी तीखो जिश्रो जुग जुग कठै ! जीवहरुको ।गला काटी तातौ रगतकन चाटी लपलपीअकालैमा काला;$नल विकट फुक्छन् धपधपी ॥
तरुण तपसी : ६९
डेडकडा गोला गोली हरकिसिमको बाफ, बिजुलीबनी मैला पैसा मनुजभर पारी खलबली ।उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिलीसडेका छन् लाटा जन सब शुकी जीवन-कलि ॥३४कठै ! बाठो-टाठो अमर प्रतिभाको निधि सरीचमत्कारी प्रज्ञा-प्रबल नरको जाति यसरी ।नड्बे पैसाको मलिन ममता-रूप विषमाचिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥३५क्षमा, लज्जा, मैत्री प्रभुति गुणको आसन कसीउसैमाथी आफू अति भडकिलो भैकन बसी ।जगत्मा पैसाले हरतरहका दुर्गुण जतिनचायेको देख्दा हृदय सब भो घायल अति ॥३६क्रमसित सब यस्तो तुच्छ पैसा-प्रधानमनुज-चरितलाई दु:खको नै निधान ।कहिकन तपसीले नेत्र चिम्ले तुरुन्तहृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥
७० : एकादश विश्वाम
द्वादश विश्वाम
१कविजी प्रिय शिष्य झौँ बनीकर जोडेर सबै कुरा सुनी ।अलमल्ल थिये अली छिनफिर बोले तपसी तपोवन ॥रधमीलो त्यै पैसा-विषयक कडा तर्क मनमाघुमेकै मौकामा क्रतु पनि घुमे क्यै भुवनमा ।खडा भो वर्षाको समय, फिर त्यो कृ्ष्ण-रजनीअँध्यारो औँसीको, घन-पटलले गुम्फित पनि ॥३न वा आकाशैमा निविड तम उम्रीकन बस्योन वा त्यो आकाशै तम-जलधिमा गैकन पस्यो ।मसीमा चोबिन् वा प्रकृति-जननीले गगन यो.। बिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥॥ 3दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमारहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा ।खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलिकुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥यै “तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमापरचो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ?भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरीउडेको भेट्टायेँ चटुलगति सानू जुनकिरी ॥
तरुण तपसी : ७१
६भिँगा जस्तो सानू तर अति कडा साहस धरीफुकाई आशाको झलकमय आलोक-गठरी ।बढेको देख्दा त्यो निविड तममा निर्भयसितभयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥
७
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ?सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ?कहाँ त्यो विद्युतको चहक ? फिर तारा ग्रह कहाँ ?कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ?पप
पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिलीनखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली ।घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरीहजारौँ देखायो चटकमय लीला हरि ! हरि !!९घडी ठाडै जान्थ्यो तमकसित केही पर परघडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर ।घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकनबलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥१०दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमानिदायेको साह्रै कठिन डरलाग्दो समयमा ।न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनीसिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥११थियो त्यो वेलाको जलधिमय कालो तम घनासिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना ।स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरीन जाने दौडन्थ्यो कुन तट निहारी ? हरि ! हरि !
७२ : ढादश बिश्वाम
१२जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमाउती जुदथ्यो रेखा नपरिकन सारा निमिषमा ।तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुतीभनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥१३तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिकाहुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्च तममाम सम्झन्छ तेरो सफल जुनिको त्यो मधुरिमा ॥१४हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिलीगरी बंढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।गये वा जाँदैछन् तँ पनि तिनि झौँ कत्ति नडरीअगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥१५तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधिकठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि ।सबै यो देख्दैछू तदपि मनले भन्छ नडराजती शक्छस् कालो गगनपथध आलोकित गरा ॥१६न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशीन आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी ।अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजतितँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥१७न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडान त्यस्मा क्यै देख्छु तुहिनकरको शीत-बखडा ।अनौठाको, सानू तर मधुर आलोक-गठरीम हेर्दैछ तेरो पलक नलगाई छक परी ॥
तरुण तपसी : ७३
१८फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुकाफिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा ।हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥१९कनै गर्जोस् कालो घन घन-घटा, कत्ति नडरेस्क्नै धक्का मारोस् पवन, तल लन्रेर नझरेस् ।स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगाअली चर्को पारी मधुर छविको दीपक जगा ॥२०खुलायिस् यो मेरो नयन जुन आलोक-लवलेम भन्छु त्यै पाओस् झलक दुनियाँमात्र सबले ।सबै आँखा खोलून् समय नगुमाकन् मुफतमातँ झैँ बढ्दै जाकन् अनवरत कर्तव्य-पथमा ॥२१उदाञन् अस्ताकन् हरबखत तारा, रवि, शशीदगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी ।प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनकोसबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥२२प्रभाको साथैमा मधुर मुहुनीदार सुर लीतँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली ।सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्म भन्छु यस्लाई अमृत पिउने औसर मिलोस् ॥र३अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरीअँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी ।परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमाडुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥
७४ : द्वादश विश्वाम
२४बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिकोअँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरीतमासा यो कस्तो ? अझ नभनरिने त्यो हरि ! हरि !र५कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिलानजान्नाले भित्री गहन तमको भेदन-कला ।जथाभावी खर्ची छवि सकल यै बाह्य पथमागये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥रे६म त्यो सारा सम्झी फगत करुणाको वश परीतँलाई क्यै भन्छु, मसित नरिसा है जुनकिरी ।घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिभझिलीतँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?२७म यस्तो भन्दैछ निमिषभरमा दर्दर गरीहवा साथै वबर्ष्यो जल मुशलधारेपन धरी ।खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कलागत्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥रेयति भनि तपसीले सूक्ति-निस्यन्द थामेकर-कमल उठाई आफनै माथ छामे ।मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्योहृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥
तरुण तपसी : ७५
त्रयोदश विश्राम
१पिउँदै रसिलो सुधा सरीमुनिको भाबुक भाव-माधुरी ।कवि दङ्ग थिये पला पलाफिर सुस्तै मुनिको खुल्यो गला ॥रपरदो मैलो छाया किन किन उदासीन मनमाम टोलायँ ज्यादा उस जुनकिरीको निधनमा ।बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उहीफुक्यो याता६५यात-क्रम विषय वा जीवन-बही ॥०परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमाफराकीलो छाया-जडित उस चौकी-उपरमा ।ठुला साना लाखौँथरि पथिक थाले बदुलिनबन्यो मानू चौकी थकित सबको शान्ति-सदन ॥॥.1
झरी, वर्षा, वर्षोपल विकट शीता$५तप, हुरीखनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी ।लिई आडा मेरो पथिक पथको सङ्कट छलीसुबिस्ताई लाखौँ किसिमसित गर्थे खलबली ॥८३गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपतिविलासी वैरागी प्रभृति, बहुरङ्गगी पथिक ती ।त्यहाँ जो जो बस्थे विविध तिनको भाव-लहरीम देख्येँ, फन्कन्थे हृदय-दहमा तर्क-भुमरी ॥:
७६ : त्रयोदश विश्वाम
कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भनेकलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने ।कुनै काला, मैला, मलिन, फुहरी बाहिर भनेमुदू छामी हेर्दा हृदय सहसा गद्गद हुने ॥
७
हजारौँ के ! लाखौँ पथिकहरुमा भित्र सुकिलाथिये यौटा दोटा, अरु सकल काला र कुचिला ।कठै ! रुञ्चे दुःखी हृदय सबको लाखन थरीदुराशाले गर्दा गरम क्रातुको चातक सरी ॥
प्कसैलाई कोही न अनुभव विश्वान्ति-सुखकोकसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको ।जता हेरचो तृष्णामय विकट 'कालाज्वर' उठीडढेको छातीमा हरबखत कालो भुटभुटी ॥
तरुण तपसी : ७७
९बिसायौँ भन्दैछन् सकल, तर विश्वान्ति तनकोथियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको ।कठै ! त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरुउठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु ॥१०कनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनैकुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै ।उठी बाटो लागे, अरु पथिक आये फिर बसेनउठ्दै ती अर्कै झटपट पुगे आसन कसे ॥
११
रही एवंरीत्या अटल उस चौकीबिच खडासबै याता५५य्रात-क्रम-विषयको दीर्घ रगडा ।जती हेर्दै जान्थेँ प॒थिकजनको आखिर उतिमलाई झल्कन्थ्यो उस मनुजताको अवनति ॥
% 0:कसैको आँखाले उदरसित भन्थ्यो-जुनिभरी .झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी ?कसैको त्यै आँखासित उदर भन्थ्यो- अति भयोतँ लोभीले गर्दा हल न चल मेरो गति भयो ॥१२कसैको टोपीको मल-मलिन घेरो छ शिरमाठुटे, चिल्थो भोटो फगत पसिना-पूर्ण हरमा ।कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरीनिचोर्दै छु तेरो समझ अथवा ज्ञान-गठरी ॥१४कुनै कालो तृष्णा-जलधिबिच घाँटीतक डुबीलिछौँ यै चोलामा धनधवल कौवेर पदवी ।भनी कौडी कौडीउपर मुटुका रक्त-कणिकाझुकायेका देखे दिवस-विधु जस्तै अति फिका ॥१५अनौ वा कोदालो परशुहरु पक्री जुनिभरीउठेका ठेलाले कठिन बिचरा पत्थर सरी ।कसैका हत्केला मधुर मुहुनीदार मुहरछुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर ॥१६नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जतिकसैका हत्केला कमल-दल 'झैँ कोमल अति ।बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनीउनै भारीबोका गरिबकन ज्याला दिन पनि ॥१७कडा अड्बे-खड्बे बगर, कँटिलो जङ्गल-तटीउकालो, ओह्?्वालो हिँडिकन फुटेका पटपटी ।कसैका पैताला समझ नभयेको पशु जुनीभलो भन्थे, गर्थे कठिन खुरको खूब सहनी ॥
तरुण तपसी : ७९
१८जुता, मोजा यद्ढा कठिनतम दोचा जुनिभरीउनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी ।कसैका पैताला गरम पसिनाले लपलपीभिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥१९कसैका कन्थाको विकट बदबूले हरघडीझुकी बस्नूपर्ध्यो जिनतिन दुवै नाक पकडी ।कसैले पैह्रेका तरल खुसबूको महकमाहवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥२०डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनकोघना सुस्केरा नै अनवरत टङ्कार धनुको ।बडो भुत्ते बोधो श्रम शर गरी दीन भरियाशिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥२१कुनै छाता ओढी अकडसित ताम्दानबिचमाबसी पुर्नासाथै सरस उस चौकी-नगिचमा ।कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो'मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥ररभिकी बासी सत्तू जठर-हरिको पूजन गरूँभनी लागे कोही तर पवन आयो हुरुरुरु ।धुलो वैरचो उस्मा, निमिषभरमा त्यो पनि उड्योमलाई मायाले मुटुकन समातेर जकड्घयो ॥रडकुनै थुप्रो खानाउपर पनि खाना थपि थपीचुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी ।डकारी खै मेरो मधुर हजमी पाचक भनीशिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥
८० : त्रयोदश विश्वाम
२४कुनै फुस्रा धुस्रा चुदुचुटु जगल्टा र जुटिकाफुटाई पल्टाई चपलगति दुर्भाग्य-गुटिका ।टिपी राखी ढुङ्गाउपर सब फोर्चे पटपटीमलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी ॥रतलासेका चिल्ला महक उडने बालहरुमा .कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा ।खरानीले गर्दा शिव शिव !! कसैको शिरभरीसुना-भझाँक्रीको झैँ चमक चमकन्थ्यो सुनहरी ॥२६यताको यो चिल्लो छवि फिर उताको सुनहरीप्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी ।उनै फुसा धुसा कृषकहरुका मध्य शिरमामडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥२७धराको छातीमा तपतप चुहेका अति घनाटिपी मोती जस्ता श्रम-जलधिका दिव्य पसिना ।कुनै उन्थे माला जनमभर सौभाग्य-सुखकोकुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको ?रदझुटा साँचा लाखौँ विधिसित सबैमाथि सबकोखिचातानी चल्दा फगत पसिनाको विभवको ।अशान्ति-ज्वालाको घर घर थियो नित्य नचरीसबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी ॥
२९सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगरसबैको अर्कैमा गरम पसिनामाथि रहर ।कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेद्न शक्िनँनचाहोस् जो ताता मधुर पसिना चप्प पिउन ॥
तरुण तपसी : ८१
३०जती जस्ले जान्यो गरम पसिना टिप्न अरुकाउती उस्को देखेँ वजन अथवा मान गह्ठुका ।जती जस्ले पोख्यो गरम पसिना भूमितलमाउती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥३१मुठी, मान्, पाथी गरम पसिना जोसित जतिजुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परीसुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !३२क्रमसित उस चौकी-मध्य विश्वान्तिकारीथरि थरि बढुवाको चित्र थोरै उतारी ।मुनिवर फिर आफू भैगये सुस्त सुस्तअचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥ .
२ : त्रयोदश विश्लाम
चतुर्दश विश्वाम
१अलि बेर पछी तपोधनतपसीको मुख-पद््म पावन ।ढकमक्क भयो पुरा पुराचुहिहाले मकरन्द भौँ कुरा ॥रखिचातानी हेर्दै गरम पसिनाको छक परीभुकेको मौकामा प्रकृति-जननीले शिरभरी ।गुतायिन् त्यै फेरी फल र फुलको दीर्घ पगरीजुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन धरी ॥डेलुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरीजती जस्ले पायो भरशक लुछ्यो लालच धरी ।म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमाउदेकायँ खाली नलिइ पिर वा दर्द मनमा ॥र
गरी यै ढाँचाले परहित सदा भक्तिसहितबिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत ।भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिलेसबै लुर्का फुर्का मकन दिन छोडिन् प्रकृतिले ॥भूम भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुकालुछिन्थेँ, लाखिन्थेँ, उहि सब भयो कारण फुका ।छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकनम लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥
तरुण तपसी : द३
६ ।कुनै वेला आये युवक रसिला गोप लहडीझिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरकोबस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥
७
चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्योहिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो ।त्यहाँ त्यो सिन्दूराक्षत नगिच देख्यो जब अनिचढायो अर्काले किन किन मलाई फुल पनि ॥पजसै त्यो सिन्दूरा$क्षतसहित देख्यो फुल, अनि.. . रहेछन् द्ौता ई भनिकन भझुकायी शिर पनि ।थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरीम द्यौता भैहालँ अबुझ बढुवाको जुनिभरी ॥९कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियोकुनै आयो पञ्चा$मृतहरु चढायो खुशि भयो ।कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियोध्वजा टाँगी कोही “'जय जननि !' भन्दै घर गयो ॥१०कुनै राती बस्ता अबुझ बिचरा धूपसहितभझिनू बत्ती बाली विनयसित भन्थे गर हित' ।कुनै सत्तू, च्यूरा अलिकति भिकी अर्पण गरीस्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥, ११कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरीकुनै ढोग्थे पुष्पा,ञ्जलिसहित भेटी पनि धरी ।बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कलापुजारी भै लुट्थे पटु पुरुष नैवेद्, मसला ॥
दो : चतुर्दश बिश्वाम
१२मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनीकुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि ।पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गर्येँगरदयो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥१३कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनीकसैले टक्रयाये मकन खुक्राका फुल पनि ।कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमाम जो देख्दा डुब्धेँ अति कठिन भित्री विपदमा ॥१४कसैले भूमे हुन् भनि मकन माने, बलि दियेकसैले पूजामा विकट वबनदेवी पद दिये ।कसैले वाराही भनि हृदयले पूजित भयेँकसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥
तै ) रद 5 |/ “0३ ।
।।
१५कसैले द्यौराली भनिकन ठुलो आदर गरेकुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे ।कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियेँकसैको लेखामा भय भुटिदिने भैरव भयेँ ॥१६हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरीसदा पूजा गर्दै चरणतलमा लम्पट परीपुकारा यो गर्थे 'प्रभु ! सकल इच्छा सफल होस्'म भन्थेँ बिस्तारै अबुझ ! तिमिमा आत्मबल होस् ॥१७सदा यै चालाले अबुझहरु विश्वासवश भैत्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै ।म द्यौता, त्यो चौकी विधि-विहित देवस्थल भयोपछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥१८कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् ।कुनै भन्थ्यो मैले कति कति सुनेँ शब्द इनकोकुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥१९कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरेकुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे ।अहो ! यस्तैयस्ता उपकथन, हल्लाहरु गरीफसे सारा बोक्रे विधि-नियम-पट्टी हरि ! हरि !२०बनी ध्यानी पीता$म्बर कमरमा टम्म पहिरीलिई माला, छालाउपर दृढ पद्मा$सन धरी ।जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटीथियो मानू चौकी उस बखतको सिद्धि-ढुकुटी ॥
८६ : चतुर्दश विश्वाम
२१गयो बढ्दै चढ्दै किन किन ठुलो पूजन-कलामजैमा घन्कन्थे घननन गरी घण्ट, तबला ।अनौठाको आडम्बर उदित भो मर्त्य-मनमाकठै ! त्यस्सै भाग्यो श्रुति-विहित-अध्यात्म वनमा ॥र२महात्मा भै कोही फगत पर-निन्दाकन गरीम यस्तो हँ भन्दै श्रवणबिच हालाहल भरी ।बटुल्थे वा लुट्थे हरकिसिमले गुहध गठरीकुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥रडनिचोरी निर्धाका रगत-पसिना घूस बदुलीठुलो पूजासामासहित लिइ बोकाहरु बलि ।कुनै पूजा गर्थे 'जननि ! खुसि होक' भनिकनम रुन्थेँ त्यो देखी मनुज-मतिको उग्र पतन ॥२४क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियोहजारौँ के लाखौँ मनुजहरुको भीड उनियो ।अहा ! त्यो वेलाको अति मधुर मेला रमझमथियो यौटा भारी चटकमय भाग्योदय-सम ॥र५हजारौँ धर्मा$$त्मा जनहरु तहाँ रात-दिवसबसी गर्थे लाखौँ किसिमसँग सद्भर्म-बहस ।मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थियेनमान्ने जो जो हुन् तिनिहरु हठी नास्तिक भये ॥
र्६
अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियोक्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो ।उज्यालो, देखौवा तिलक अति सानू अबिरकानिशाना भैहाल्यो विधिवश कठै ! धर्मतिरको ॥
तरुण तपसी : ८७
उदेकाई खाली नलिइ मनमा ग्लानि कदुतासबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पदुता ।बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयोनगीचैमा आई गहनगति विज्ञान उभियो ॥रदथियो जस्तो पैले चटकमय त्यो धर्म नकलीजुट्यो उस्तै आई चटकमय विज्ञान नकली ।दुबै लागे ठाडै भिडिन सबको शान्ति-विधिमाम ड्बेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥२९कहिकन सब त्यस्तो अन्धविश्वास-शालीअनुझ मनुजको त्यो भावनाको प्रणाली ।मन सब तपसीले श्वासका साथ बाँधीअलि छिन लिन लागे शान्तिशाली समाधि ॥
पञ्चदश विश्राम
जुपिउँदा पिउँदै प्रतिक्षणमुनिको वाक्य-सुधा विलक्षण ।कविको मन त्यो पुग्यो वहाँगहिरो नीरवता थियो जहाँ ॥ .र्अहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिभिमीअकस्मात् टोल्हायौ कविवर ! बिच्चैमा किन तिमी ?तिमी सुन्दै जाक विविध घटना-चक्र सब त्योजहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥डेथियो त्यो मौकामा उभय जुगको सन्धि-समयसबैलाई लाग्थ्यो मनमन ठलो संशय भय ।न जाने के होला ! भनि सब थिये शङ्कित अति' सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥र
दुवै लड्दालडदै नियतिवश विज्ञान बलियोबिजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो ।
थिये मैले हेर्दा तिनि उभय निस्सार नकलीविजेताले पायो तर पनि ठुलो नाम सकली ॥
५
कठै ! त्यस्ले गर्दा कठिन जडवादीपन बढ्दोकुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो ।
घुम्यो मेरो माथा, गम. अगमतामा बदलियोबग्यो आँशू, आँखा किन किन बिभझायो, धमिलियो ॥
तरुण तपसी : ८९
कडा बेच्चैनीले सकल मुटुको चाल जकड्यो
उही आकाशैको पथ नयनले टप्प पकड्यो ।निमेबैमा मानू कठिन पिँजराबाट सहसा
चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥
७
उता हेर्नासाथै अगम नभको नील परिधियताको यो बिर्से उभय जुगको सङ्क्रम-विधि ।
हवामा बोहोरी विहग सरि ठाडै बहकिँदैचल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥
प्
पलाको आधामा गगनमय त्यो शून्य नगरीघुमी फन्का मारी हरकिसिमको कौतुक गरी ।खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गरदयोहवाको 'झझोक्कामा जलद उसको सम्मुख परदो ॥
९० : पञ्चदश बिश्वाम
॥“सफा चिल्लो काठी घनपटल, घोडा पवन भोलगामैको शोभा चपल बिजुलीमा उदित भो ।चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडालिँदै दौडयो, देख्यो क्षणिक सुखका धेर अखडा ॥१०
कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरीबतासिन्धे, गर्थे पवनसित हाँस्तै मसखरी ।जहाँ पर्नासाथै रवि-किरण-माला सुनहरीहजारौँ निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥११सुगन्धी कस्त्री-प्रभृति चिजको लेप उरमा ,धरी भर्दै मीठो महक उसका यक्षपुरमा ।कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवतिथियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥॥ 5“ छकतै नामी विद्याधर-युवक विद्या सब शिकी .रसीलो सङ्गीत-स्वर-मधुरिमा लाखन झिकी ।अगम् ताना लिन्थे गगनतल पारी घुनुनुनु ।सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥१३कतै नानारङ्गी कुसुमित लता-कञ्जहरुमाबसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा ।अहो ! जस्ले गर्दा मधुर मुहुनीको वरिपरिमिठो भर्ना भर्थ्यो श्रबण सबको शीतल गरी ॥क छ )चढी धागो जस्ता अमृतमय शीता शु-करमासुरेलीको साथै ललित झुलनाको रहरमा ।कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चहछचल्किन्थ्यो जस्ले प्रणय-सुखको शीतल दह ॥
तरुण तपसी : ९१
१५कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसीबसी आकाशैमा नियमसित सिद्धा,;,सन कसी ।डुबेका देखिन्थे अगम परमा55नन्द-रसमाथियो जस्को साह्ढै मधुर मुखको शान्ति-सुषमा ॥१६कतै विद्युल्लेखा-ललित छरिता उन्मद परीबिखेर्दै चौतर्फी महकमय माधुर्य-लहरी ।हवामा पौडन्थे जुन पवनको स्पर्श-सुखमातपस्वीको पुग्थ्यो जप-तप सबै मृत्यु-मुखमा ॥१७विमान-श्रेणीमा भ्रमणपदु वैमानिकहरूकतै उड्थे लम्बा सफर-सुख भोगी हुरुरुरु ।अहा ! जस्को छाया ध्वनि-मधुरिमाले छक परीतमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥पछकतै शोभा छर्दै कठिन तपको सिद्ध-रमणीलटामा लर्काई सुर-कुसुम वा शङ्कर-मणि ।बहन्थे वा उड्थे सररर निरालम्ब पथमाचढी ज्यादा तेजी हृदय-कृत सङ्कल्प-रथमा ॥१९कतै उस्तैउस्ता कुसुम-भरले मत्थर-गतिवसन्तश्री जस्ता मगन-मदिरा-मस्त युवति ।हठी सिद्धि-प्रेमी कठिन तपमा मस्त जनकोतपस्यामा गर्थे नयन-शरले घात ननिको ॥२०कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनिउनी बन्य-श्रीले खचित बनदेवीमय बनी ।मजा मानी गर्थे उपवनविषे किन्नर -सुतालुकामारी साथै हरकिसिमको रङ्ग-रमिता ॥
९२ : पञ्चदश बिश्वाम
२१कतै राम्रा रत्न-द्युतिमय दिशापाल-सदनकतै घुम्थे साक्षात् कुसुमधनुका साथ मदन ।कतै चन्द्र-ज्योत्स्ना-धवल सुरगङ्गा-निकटमातपस्वी देखिन्थे तप-शिखर झैँ टम्म तटमा ॥: र२कतै रक्षो-भूत प्रभृति गणका बाल बनितागला फारी पढ्दै हरचरितका गीत कविता ।निशामा उफ्रन्थे हरतरहको ताण्डव गरीथियो जस्को केही पर उपर कैलास-नगरी ॥2तमासा ती खासा उपसुर-पुरीका सब थरीनिहारी त्यो भन्दा पनि उपर जाने सुर धरी ।चढथो फेरी मेरो नजर नभमा साहस गरीसबै त्यागी साना कुसुम-कलिका षट्पद सरी ॥२४तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्प-रथमाचढी उड्दाउड्दै अति वितत आलोक-पथमा ।परचो सामुन्नेमा अति चहकिलो दिव्य नगरीथियो जो शोभाको निरुपम महासागर सरी ॥२५त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनकोखुशीको हावाले विकसित भयो भाव मनको ।जता फर्की हेर्यो सुखमय उतै राम-रमिताथियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥२६विधाताको यद्ढा नियति-गतिको लाखन थरीचमत्कारी लीला सबतिर सदा सूचित गरी ।बनेका बेगिन्ती उस नगरमा रङ्गमहलमिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥
तरुण तपसी : ९३
२७फुलेका इन्द्रेनी सब भवनमा तोरण बनीध्वजामा नाचेको चपल बिजुलीको सनसनी ।अटाली वा बुर्जा सब गगनचुम्बी चहकिलानगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥। कहकतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहराकतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिलाकतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥म २९हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको- प्रभा मात्रै हाली कसुमरसमा कल्पतरुको ।जमायेको जस्तो उस नगरको अदभुत छविकलमद्वारा सारा लिन कसरि शक्ला कुन कवि ?पनेजरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जराजवानीको मात्रै लहलह जहाँ गर्छ लहरा ।जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरणवहाँको को जान्ने अतुल सुखको त्यो विवरण ?३१बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिताहँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।रसीलो आनन्दी हृदय सब ती पौरहरुकोफुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥डेरदया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सबसबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।सबै मर्यादा वा विधि-नियमको पालन गरीरमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥
९ : पञ्चदश विश्राम
३३न ता शङ्का, सुर्ता, भय, विरह-बाधा छ उनमान निन्दा, विद्देष प्रभृति अरु दुर्दोष मनमा ।न देखिन्थ्यो काहीँ कटु वचनले दूषित गलाअहा ! कस्तो राम्रो अमृतमय त्यो जीवन-कला ॥३४त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमाफसेको यो मेरो नयन मनमोजी बहकमा ।भयो घुम्दाघुम्दै उस बखत आश्चर्य-चकितजसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥३५“दरित्रीमा सत्य, श्रम र पसिनाको भर परीतपस्या जो गर्छन् सरल मनले जीवनभरी ।तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपकोचिरस्थायी चै हो परिणति उज्यालो गजबको ॥३६गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहनापियेका छन् जस्ले मुफत, अरुका उष्ण पसिना ।यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपतिकुनै छैनन्, ज्यादै तल छ तिनको गर्हित गति ॥”३७पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगलउदेकाई केही समयतक फेरी तल तल ।म फर्के, फर्कायँ नयन, तर त्यो दिव्य नगरीरह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥३८निरुपम पसिनाका स्वर्गको सार सारमसँग सब बताई भित्र अर्कै विचार ।लिइ मुनि बनिहाले मौन भावैक धाम- म पनि मनन त्यस्को गर्न लागेँ तमाम ॥
तरुण तपसी : ९५
षोडश विश्वाम
८मुनिबाट सुनेर त्यो सबपसिनाको परिपाक-गौरव ।कवि जाँगरिलो हुँदै गयेअमिरी जीवनमा घणा लिये ॥र्यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरीगुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।पुग्यो माथी माथी, विधि-नियम हेरचो, तल फझरयोपरचो अर्कै छाया, सकल धमिलो संशय मरदयो ॥३चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमलेजगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।रहद्यो केही वेला तुहिनगिरिका उच्च शिरमाउपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥रचरा, गाई, ग्वाला, कृषकहरु सा५5नन्द सुरमासबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।निशाले तत्कालै तल तल तमोरूप कबरीलतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥2 १नवीना त्यो श्यामा सरस ललिता६५कार रजनीसबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी ।तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलिफुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥
९६ : षोडश विश्वाम
६समेटी बिस्तारै मृदुल करले चारु कबरीनिशालाई मानू प्रणयवश आलिङ्गन गरी ।उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमलबन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल ॥७
पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनीभयेँ राम्री गोरी अब त म भनी गदगद बनी ।सफा ऐना जस्ता विमल सरमा कान्ति मुखकोझुकी हेर्थी मानू अनुभव लिँदै स्वर्ग-सुखको ॥प्बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनकोशशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको ।उदायेका देखी मुदित मुख पारी कुमुदिनीसबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी ॥९प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अतिअँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति ।सरेको हो यद्ढा प्रणय-सुखको सम्मिलनमापरेको हो छाया निविड कबरीको वदनमा ॥१०प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवशचढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्य-कलश ।तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलुम थालेँ वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥११पगालेको चाँदीमय किरणमाला टलललजटामा बग्नाले अमृत-रस छर्दै सललल ।हुँदै जान्थ्यो मेरो स्तुति-वचनमा गदगद गलाम भन्थेँ साठी होस् अमृत-करको शीतल कला ॥
तरुण तपसी : ९७
१२त्रियामा त्यो श्यामा अमृत-करका दिव्य करमाबनी धन्या मान्या प्रमद-जननी विश्वभरमा ।नरामी होस् कन्या तर वर गुणी लायक भयेहुनासाथै पाणि-ग्रहण, उसका दुर्दिन गये ॥१३थिये साना साना किरण-कणिका जो गगनमाबिपत्ता भो सत्ता सकल तिनको एक छिनमा ।रहे यौटा दोटा पर पर उज्याला अलि अलिगराये संसारै अमृतकरले नै झिलिमिली ॥१४चमत्कारी शोभा चमचम सबैतर्फ छरियोधराको छातीमा अमृतमय माधुर्य भरियो ।विना यस्तै नेता धरणितलमा वा मुलुकमाप्रजा अन्धो दुःखी कसरि रहला शान्ति-सुखमा ?१५ठुलाको सानाको रतिभर कुनै भेद नगरीस्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी ।उदायेको देख्दा अमृतकर नीलो गगनमाघुम्यो अर्कै छाया उस बखत मेरा नयनमा ॥१६बिच्चैमा लर्केको रजत-घट देखी तरतरीचुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी ।खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपलचकोर-श्रेणीले जुन सब गप्यो पूर्ण सफल ॥१७जुनेली त्यै शोभामय सुरधुनीमा खलखलीनुहाई वा थापी शिर, अटल भै कत्ति नचली ।भिजर्यँ बिस्तारै मगज, बहुतै शीतल भयेँपछी सुस्तै फेरी नयनयुग माथीतिर दियेँ ॥
९८ : षोडश विश्राम
१५विवेकी नेताको नगिच दुनियाँको मन सरीपुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।बहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरीउठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥१९बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली। सफा तेही डल्लो अमृत-करका साबुन दली ।चुहाई चौतर्फी अमृत-रसधारा तरतरीनजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?२०जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमाफराकीलो नीलो गगनमय चट्टानबिचमा ।फुकाली राखेका सब चहकिला भूषण सरीथिये झिल्के तारा उस बखत सारा वरिपरि ॥२१स्वयं गोता मारी अमर-तटिनीमा दिनभरीकिनारामा उत्री किरण-फुहरामा जल भरी ।पखाल्थे वा मैलो गगन विधुले नत्र कसरीबहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?
ररबनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमाभरदयो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥२३ ।अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमाथिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशीचलेका छन ऐले भवनभर गोरोचन घसी ॥
तरुण तपसी : ९९
२४चिसो तातो सोमा६$$नलमय महादीपक दुईदुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।घुमाई को, कस्को हरबखत नीराजन-विधिअहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?२५अहो ! पालैपालोसँग रवि शशी नित्य यसरीघुमी जाँची सारा निमिषभर विश्वाम नगरी ।नफोर्दा होउन् ता मलिन तमको उग्र पहरोकठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥२६यती गम्दागम्दै बहुत छिपियो नीरव निशाबनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।हवा मानू सुस्तै अमृत-रसका मन्थन गरीघुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥२७म त्यो प्युँदाप्युँदै सुखमय जुनेली रसझरीडुबँछ् चुर्लुम्मै हृदय-दहमा गदू्गद परी ।वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलिमुट्ले भेट्टायो गगन-गुरुको रूप सकली ॥रेदबिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँगुरुब्वहमा भन्दै गुरुचरणमा पस्रन गर्येँ।म सम्भयो मै मात्रै, गुरुचरण सम्भ्यो गुरु गुरुनरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?२९खुशी भै सामुन्ने वर अभय मुद्राकन धरीखडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।घुमायँ चौतर्फी नयन तर त्योतर्फ नमिलीभयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥
३०न ता देखेँ पर्दा दिवस-रजनीको नगिचमान ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा ।न भास्यो आकाशै, न फिर अवकाशै अलिकतिअहा ! कस्तो कस्तो अति अगम त्यो व्यापक चिति ॥३१म त्यो बेला फेरी गुरुचरण सम्झीकन भझुकेँझुकेँ माने सृष्टि-स्थिति-नियम भन्दा पर लुके ।कसो भो ? के के भो? फगत म थियेँ गदगद अतिअहो ! मैले मेरै उस बखतको सम्भिनँ गति ॥३२खुशिसँग सब यस्तो शान्ति-पीयूष-वृष्टिश्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि ।मुनिवर चुप लागे पूर्ण आनन्दसाथभुलन शकिनँ मैले भाग्यको त्यो प्रभात ॥
तरुण तपसी : १०१
सप्तदश विश्राम
तपरिपूर्ण पवित्र सुन्दरमुनिको शान्ति-सुधा-सरोवर ।अलिबेर पछी छचल्कियोश्रुतिमा शीतलता भरी-दियो ॥र्डुबी एकाम्मे भै अगम परमा$५नन्द चितिमाम उत्रैं बिस्तारै अविदित कुनै दीर्घ मितिमा ।खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरीहिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥डेउदेकायँ केही, मगज तह लायेँ, पवनकोथमौतीमा ल्यायँँ गति, कल चलायेँ वचनको ।घुमायँँ चौतर्फी नयन, मुसुकायेँ, अलिकतिसबै देख्दै आयेँ क्षणिक दुनियाँको परिणति ॥॥ 3म फेरी टोह्लायँ, स्मृतिपथ सबै उज्ज्वल भयोअँध्यारोमा मानू नियतिबश सूर्योदय भयो ।उताको त्यो भास्यो घन चिति-चमत्कार बिपनायताको यो सारा तप र तपसी-जन्म सपना ॥७बिलायो निद्रा वा जटिल ममताको घनघटामुट्ले भेट्टायो बहुत रसिलो जागृति-छटा ।जता लायो आँखा झलमल उतै राम-रमिताअनौठाको भास्यो प्रथम कविको विश्व-कविता ॥
१०२ : सप्तदश बिश्राम
ददतिनैपत्रै कापी, कलम तिनचुच्चे, तिन थरीमसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।मिलाई लेखेको क्षरमय सफा अक्षर सबसबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥
७
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरतीसबै छोटा लामा लय-मिलित छन् छन्द अझ ती ।मिलेको शैली त्यो, मिलित पदविन्यास रचनाअमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ?_नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमापदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा ।चिरस्थायी भावोदय छ भरिलो, छैन कदुताकठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पदुता ?९भझझरीलो यो लामो तप तप चुहेको मह सरीचमत्कारी, भारी मधुर, भरिएको रस-झरी ।सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमानजान्नेका लागी तर अति विषाल्ू मधुरिमा ॥१०हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरीसबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी ।मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसकोबिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥११झुकेैँ केही तेही सकल कविता हेर्न म पनिचढ्यो हेर्दाहेदै मगजबिच उल्टो सनसनी ।फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदयउडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय ॥
तरुण तपसी : १०३
१रउडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनिरुवा झौंँ हल्का भो निमिषभरमा जीवन पनि ।बिलायो बिस्तारै विशद बिपनाभित्र सपनाजुटीहाले मानू प्रणयसित गङ्गा र .यमुना ॥१२ ।तिनै ढोका भत्के उस नगरका जीव जसमाकरोडौँ सङ्ख्यामा हरबखत रुन्छन् सकसमा ।म छु त्यै चौकीमा, तदपि उस भन्दा पर भयेँथला मारी मारी नउठिकन अर्कै घर गरयेँ ॥१४त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियोसदा पीछा गर्दो विकट भयको भूत छलियो ।म सुस्तायँँ सुस्तै तनविषयको मान, ममतागयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता ॥१५मरद्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सरोनिराशाले आशाउपर अति खासा घर गप्यो ।तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडीगये डुब्दै डुब्दै कठिन सपनाका सब घडी ॥१६बनी वाञ्छा दासी, मतलब उदासी हुन गयोदया भै अंखासी, शठ हठ हट्यो वा लय भयो ।चितामा गै चिन्ता, सकल शकियो शोक बिचरोबिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो ॥१७हवामा हल्लेको शिमल-फुल झैँ कर्मगतिमारह्यो यद्ढा लड्क्यो तन, नयन भो मुग्ध चितिमा ।शुक्यो देख्दादेख्दै अगम गहिरो मोह-जलधिसबै बिर्सीहालँ विषयतिरको रोदनविधि ॥
१०४ : सप्तदश विश्वाम
१८म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयोछ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो ।जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरीअलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥॥ 01यसो भो, यो होला अनि म गरुँला कार्य यसरीयहाँको यो भन्ने अति गहन सङ्कल्प-लहरी ।हराये, बाँकी भो हृदयबिच खाली परहितफुरचो पन्था अर्कै बहुँत सजिलो पापरहित ॥२०नसा, मासू, हड्डी, रगतहरुको देह-गठरीसदा, फेर्दै बोक्तै थकित भइ चल्दो जुगभरी ।कठै ! निर्धो दुब्लो गतरुचि अहङ्कार-भरियाढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥.२१भिटो झाम्टो फाली सकल अघिको रङ्ग बदलीछरीतो भै फुम्तै मधुर परमा५५नन्द-मुरली ।खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमाममा मिल्दै आयो विमल जल भौँ दूधबिचमा ॥२२म हाँसेँ, त्यो हाँस्यो, पर पर सरदयो भेद फरक - डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्ग-नरक ।त्यहाँ देखी दोस्रो जड-भरतको छाडन गरीम हाँसेको हाँस्यै अझतक छँदैछ हरि ! हरि !!२३यहाँ यो पृथ्वीमा अबुझहरुका दृष्टि-पुटमाम रुन्चे जस्तो छु, तर उस पिताको निकटमा ।सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखकोपितालाई मात्रै अनुभव छ यो हास्य-सुखको ॥
तरुण तपसी : १०५
२४यसरि अगम भित्री भाव वा सच्चरित्रभनि मुनि अलमस्ती मस्त भै भित्र भित्र ।फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्दकमलबिच निदायो मुग्ध, मानू मिलिन्द ॥
१०६ : सप्तदश बिश्वाम
अष्टादश विश्वाम
१
हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सृक्ति-हारको ।छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति ॥
ममात्रै हाँसँ वा अरु पनि कनै हास्यरसमाडुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरीसबै हाँसे हाँसोमय भुवन भास्यो हरि ! हरि !!
तरुण तपसी : १०७
३विधाता हाँसेको, नियम अझ उस्को हिलिलिलीमजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितितिमिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?
छै
कठै ! तेही रित्तो गगनतल सिंहासन गरीनभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।उता सुस्तै नीलो गगनपथमा निर्भय पसीसबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥२तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरीहँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरीपनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥) ६ मनिशा हाँसी कालो वसन तमको चट्ट पहिरीलुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिलीनिहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥७
लबपाँडे कालो तरुण रसिलो बादल पनितमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनीजथाभावी हाँस्यो सबतिर गस्यो आँखमिचनी ॥८अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परीपरी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।उसैको छातीमा लुदुपुदु परी निर्भर ढलीमजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥
१०८ : अष्टादश बिश्वाम
९नगीचै त्यै मीठो ध्वनि जलदको सा६५दर सुनीलता-बृक्ष-द्वारा प्रणयवश रोमा$५ञ्चित बनी ।धरा फेरी हाँसिन्, कुसुम-रस वा सौरभ घनाथियो मानू सानू मधुर उनको हास्य-रचना ॥१०हवा चाहीँ बाठो चटकपदटु जादूगर बनीलुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि ।छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशाकुना लागी मस्के अलिकति लजायेर विदिशा ॥११मिहीँ सेतो दन्तद्युति तुहिनको दर्शित गरीसबै हाँसे खोली मुखमय दरी उन्नत गरी ।नदी, नाला, भझर्ना सब मधुर खित्कामय थियेतिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये ॥हु 0:जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब तीनदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति ।घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिनचले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन ॥१२३ ॥फिँजारी फैलाई प्रबल रसिला बाहु-लहरीअँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी ।लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिलीखिँची उस्को पानी रवि-किरण हाँसे अझ बली ॥न १ ।ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितकसबै हाँसे, हाँस्यो समयगति खोलेर पलक।धमीलो भोगा५५शा सकलतिर हाँस्यो र सबकोहँसायो चौतर्फी क्षणिक सुख-सौन्दर्य भवको ॥
तरुण तपसी : १०९
पह.चिची, पापा, नाना, बुबु र पुतलीका रहरमाखुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा ।पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनीजवानी झन् हाँस्यो मुसुमुसु 'म को हुँ चिन' भनी ॥१६जवानीका साथै प्रिय वर-बधूका हृदयकोखिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको ।हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्य-सुखकोकठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ?१७हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरुसबै हाँस्तै आये सुख-सयलका साधनहरू ।तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-मसबै हाँस्यो लाखौँ थरि विषमताको 'स रि ग म" ॥१८ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमलीगरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली ।तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरीघुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी ॥१९क्र्धा तृष्णा दोटी शरम नभयेका सहचरीबसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी ।तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमाभुली हाँस्तै दौडयो हरकिसिमको खाद्य मुखमा ॥२०कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठोकतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो ।मिठो देख्दा हाँस्यो रुचि रहर वा .लालच अतिघृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥
११० : अष्टादश विश्वाम
२१उता द्यौता हाँसे सब मनुजका पालक बनीयता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।बिच्रैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरोधकेल्दै उस्लाई हिलिलिलि गन्यो स्वार्थ छिचरो ॥ररअँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि' सुखी हुँला भन्ने कटु समभझले दूषित गिदी ।जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र नियाँकुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥र३महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलकोप्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको ।बडो झर्को लाग्दो रगडमय चर्को खलबलीझिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥२४बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुकोचलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको ।खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा' सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥७ र५ ।बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गलापुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला ।मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमाजबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥र६जती भोगा$५शाको विकट मुख हाँस्यो खितिखितीउती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटीउता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥
तरुण तपसी : १११
२७हटाई पैसाले ग्रह, दिनदशा, वब्याधि सकल
म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल ।भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥
2 21
म खाउँ मै लाञँ, सुख, सयल वा मोज म गरूँम बाचुँ, मै नाचुँ, अरु सब मरून् दुर्बलहरू ।भनी दाह्वा धस्ने अबुझ शठदेखी छक परीचिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा ।पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥
११२ : अष्टादश विश्वाम
३०चिताको त्यो ज्वाला धपधप बली अन्तिम गतिसबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति ।धुवाँ हाँस्तै दौडयो, वितत पथ हाँस्यो गगनकोखरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥३१चिताको चौतर्फी करुण बिलनाको वश परीछिनेको मोतीको लहर सरि आँशू बरबरी ।झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनकोरुवाबासी साथै हिलिहिलि गत्यो मोह मनको ॥बेरचितामा चित् खाई चटचट गरी देह-ममताडढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।लिई खाली सानू स्मरणमय बत्ती पिलिपिलीविधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥३३दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभयसुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।दुवैको एकै हो विलय, तर हाँसो फरक भोकसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥३४म हाँसेको, हाँसोमय छ सबको जन्म-निधननहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधिजगद्व्यापी हाँस्यो मुसुमुसु चिदा६५नन्द-जलघि ॥३५कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँपछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ ।म फर्के यै चौकीउपर गुरु त्यै पूर्ण पदमारहे रित्तै हाँसी अतुल परमा$5नन्द-मदमा ॥
तरुण तपसी : ११३
३६सकल तय गरेका दु:खको दीर्घ रस्तामुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था ।मसित सब बताई रोकियो टक्क फेरिक्षणभर मुख मेरो स्नेहका साथ हेरी ॥
११४ : अष्टादश विश्वाम
एकोनविंशति विश्वाम
पृ ८कवितुल्य बनी गरे खुलातपसीले जुन काव्यको कला ।मनले सब त्यो गमेँ पनिफिर बोले मुसुकाउँदै मुनि ॥
र
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर ! बतायँँ तिमिसित ॥३
रहँछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेँछु, भोगँछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥
1
म मात्रै के ? मेरा अगणित सबै बान्धब जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता बिविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥२
भयैथ्यो यो पैले जुन बखत भूगोल-रचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना !
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
'बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ४तरुण तपसी : ११५
2पछी हामी प्यारा विविध उनका सन्तति भयौँधरामा बिस्तारै क्रमसित सबै फैलिन गयौँ ।बढ्चौँ डाँडा-काँडातक सकल छोपी अलि दिनपछी घदतै आयौँ नियतिबश लाग्यो र कृदिन ॥
७
विधाताको हाम्रा उपर करुणा-गौरव छँदैधरित्रीमा अन्धो मनुज-कुलको जन्म नहुँदै !बितेका हाम्रा ती शुभ दिवस यद्ढा शुभ घडीथिये मानू भाग्योदय-जनित बुट्टा फुलजडी ॥सःपछी उस्ले अन्धो मनुज जहिले सिर्जन गरयोबहाँदेखी हाम्रो सकल कुलमा संशय परयो ।घटचो आयुर्दाको अवधि, भयको सङ्क्रम भयोकठै ! हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥९खुला यद्ढा नाङ्गा विकट पट मैदान छ जहाँधरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ ।वहाँका बासिन्दा अघि सब उनै बान्धव थियेजथाभावी जस्को. मनुजहरुले जीवन लिये ॥१०धरा प्यारी छोरी, प्रकृति जननी खास, उनलेदियेका, छोरीका उपर खुशि भै शुद्ध मनले ।- थिये नानारङ्गी विविध तपसी-रूप गहनाउतार्दा ती सारा मनुज गनियो मूर्ख क्मिना ॥॥ ७सहन्छन् जो बाधा मनुज, उस भन्दा शतगुणासही चर्को बाधा जलदसित मागी जलकणा ।धराको बर्षेनी ज्वर मथर गर्ने सब इनैतपस्वी हुन्, यंस्ता सुर-असुर छैनन् अरु कुनै ॥
११६ : एकोनबिंशति विश्वाम
१२हुरी, आँधी-ब्यारी, विकट हिम-वर्षा र असिनाकडा लूको धक्का, तरतर लगातार पसिना ।सहन्छन् सम्झन्छन् उस कठिनताको परिणतितपस्वीको एकै व्रत छ दुनियाँको उपकृति ॥१३सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भैरही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै ।सहन्छन् जो चर्को तप-विषयको कष्ट कसलाकठै ! उस्को दिन्छन् प्रतिफल करौँती र बसिला ॥१४गरी : कब्जा लोहाउपर उसका शस्त्र ननिकानिकाली त्यैद्वारा तप-कुसुमका मञ्जु कलिका ।जथाभावी तोडदै मनुज-कुल . सर्वत्र छरियोअबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥१५त्यही बढ्दो चढ्दो मनुजहरुको रङ्ग-रसमागयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि-सुषमा ।रहे बाँकी थोरै, हरकिसिमको छेदन-विधिखडा भो, साथै त्यो नगिच नगिचै मृत्यु-परिधि ॥१६ठूला सोझा सोझा जरठ तपसी बान्धवहरूकटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु ।रुँदैछन्, ढल्दैछन् उपकरण लाखौँ थरि बनीजगत्को गर्दैछन् हरकिसिमले मङ्गल पनि ॥१७कसैका देखिन्छन् शिर विकट नङ्गा र मुड्लाकसैका काटिन्छन् कटकट कठै ! हात डुँडुला ।कसैका ताछिन्छन् कमर, बिचरा रक्तमय छन्तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन् ॥
तरुण तपसी : ११७
१्द
जटा, मास्-छाला सहित हितको जीवन पनिजथाभावी तोडी, अति कठिन हडडीतक पिनी ।कसैलाई गर्छन् मनुज खलमा खूब खलललिनालाई भित्री कठिन तपको अद्भुत बल ॥॥ 9यहाँ जो जो बस्छन् घर, महल वा गोठ, झुपडीकुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी ।सबैमा यै हाम्रो कठिन तपको अन्तिम कलाम देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥२०कडा ग्रीष्म-ज्वाला जुन बखतमा खप्न नशकीतपस्वी कल्पन्छन् जलदतिर हेरी जल ढुकी ।कठै ! त्यै वेलामा अझ विकट हालाहल सरीडढेलाको ज्वाला मनुजहरु दिन्छन् हरि ! हरि !!
११८ : एकोनबिंशति विश्राम
२१कडा ती कालैका अति कठिन जिभ्वामय तिखादगुर्दा बस्तीमा उस बखत दावानल-शिखा ।हुँदो होला त्यस्ता अटल तपसीको कुन गतिकठै ! त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ?रे२हवाले दन्केको उस दहनको त्यो लपलपीसहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी ।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरीमहत्ता को सम्झोस् तप र तपसीको ? हरि ! हरि !
क 0० ४७0१
ररयती भन्दाभन्दै तरुण तपसीका वदनमाप्रभा अर्कै दौडयो, सकल बदले रङ्ग छिनमा ।म हेर्दैछु, सारा तन किरण-रेखामय भयोठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥
तरुण तपसी : ११९
२४बिहानैको चीसो पवन बहनाले सिरिसिरीखुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी ।उही चौकीमाथी विजन पथको त्यै रुखमनिरहँछु त्यै कापी,, कलमहरुकै साथ म पनि ॥रेशउदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलुअहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु ।बिलायो त्यो कालो सकल अघिको संशय-निशारँगायेको देखेँ तप र तपसीले दश दिशा ॥२६बिजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य,उस तरुबरको त्यो फेदको वास धन्य ।अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्यसतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥
समाप्त
-१२० : एकोनविंशति विश्वाम
सामा प्रकाशनका केही कविता /काव्य
अतिरिक्त अभिलेखअराजक अक्षरहरूअसमर्थ श्लोकअस्वीकृत
एउटा अर्को बुइँगलएक फूल अनेक पत्रएक्लो विजेताकठघरामा उभिएरकाँडाका फ्लहरूकेही गीत केही गजल
घाउमा हरिभक्त कटुवालचिसो
छुटेका यादहरू
दाजै ! कविता गाउँमै छनफुलेका फूलहरूनरमेध
निर्माणाधीन सडकपञ्चदशिका
पलकभित्र पलकबाहिरपृथिवीमाथि आलेखभ्रष्ट संवेदना
मन र मोडहरूमृत्यु-कविता
लक्ष्मी कवितासङ्ग्रहवीरकालीन कविताशाकन्तल (महाकाव्य)समसामयिक साफा कवितासाम्गा कविता
सूर्यस्नान
सृष्टिकर्ताहरि अधिकारीका कविता
हाडमासुको पहाडहिमालचुली ।सङ्कलन)
दिनेश अधिकारीबिजय सुब्बाराजव
उपेन्द्र श्रेष्ठ
सं. कशघकृष्णहरि बरालपुरुषोत्तम सुवेदीविष्णृविभ् घिमिरेमन् ब्राजाकीकालीप्रसाद रिजालकणाद महर्षिबालकृष्ण समवियोगी बृढाथोकीभुपाल राईक्षेत्रप्रताप अधिकारीखुमनारायण पौडेलशङ्कर थपलियाअनु, भरतराज पन्तमञ्जु काँचुलीगोपाल पराज्लीराजेन्द्र पराजुलीदिनेश अधिकारीमञ्जुल
सं. चुडामणि बन्धुसं. दयाराम श्रेष्ठलक्ष्मीप्रसाद देवकोटा
सं. डा. तारानाथ शर्मा
सं. चुडामणि बन्धुकृष्ण प्रधानमित्रलाल पंज्ञानीहरि अधिकारीशिव अधिकारीसं. ईश्वर बराल
म्ल्य रु. १०५.००
5375
मुद्वक : साका प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४ २२३६
डाउनलोड: PDF EPUB मूल पाठ (TXT)
स्रोत: — · सार्वजनिक डोमेन (असत्यापित)