तरुण तपसी (नव्यकाव्य) कविशिरोमणि लेखनाथ पौड्याल पाए €€2ा॥791 1 फाक्ा) 01 196021 €9129102फ772- ।-?0ए017691701 12919 पौड्याल, लेखनाथ तरुण तपसी (नव्यकाव्य) / लेखनाथ पौड्याल. - तेस्रो _संस्क.- ललितपुर : साका प्रकाशन, २०६६ वि.: १२५ पृ. 15819 978-99933-2-755-4 १. नेपाली कविता 1. आख्या, 1प891.4951 २0389[- ०८ 22 20090613 प्रकाशक : साफ्रा प्रकाशन संस्करण : नवौँ, २०४५ दसौँ, २०५० एघारौँ, २०५८ बाह्रौँ, २०६२ तेह्रौँ, २०६६ (साफा प्रकाशनबाट नबौँ पटक, ५१०० प्रति) : रु. १०५।- प : साफ्रा प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर फोन : ५५२१०२३, फ्याक्स : ५५४ ४२२६ श्र भूमिका शैशवावस्थादेखि नै मलाई नित्य कविताको रसपान गर्ने अवसर मिलेको थियो; मलाई सह्यार्ने दुई जना धाईआमाहरूमा एउटी होमनाथको कृष्णचरित्र र अर्की भानुभक्तको रामायण गाएर पाठ गर्दथिन्‌ । रामायण गाउने चाहिँ सङ्गीतज्ञा थिइन्‌, त्यसैले म रामायणतिर विशेष आकर्षित हुन्थेँ, उसमा पनि जब रामचन्द्रको बिदा हुने बेला आउँथ्यो, त्यो पनि जब शिखरिणी छन्दमा आउँथ्यो- 'गयो खान्या बेला मकन त मिल्यो राज्य बनको'- मलाई कविता लाग्दथ्यो । प्रायः पहिलेका नेपाली कविता शार्दूलविक्रीडित छन्दमा लेखिएका छन्‌, सो छन्दलाई जातीय छन्द भन्न सकिन्छ तापनि हिमालयनिकट शैलशिखरमा बस्ने नेपाली हृदयको प्रतिध्वनि विशेष शिखरिणी छन्दमा भएको देखिन्छ, मुख्यतः जब कवितालाई रुवाउनुपच्यो अनि उनीहरू यही छन्दको प्रयोग. गर्दछन्‌- भानुभक्तले भक्तमाला यही छन्दमा लेखे- 'जगत्‌मा खुब्‌ धायाँ न त सुफल पायाँ कहिँ रति", सत्यहरिश्चन्द्रवर्णनमा जब राजारानीको वियोग भयो, बडाकाजी मरीचमानसिंहले यही छन्द प्रयोग गरे- 'जसै देख्ता देख्तै दुइ जनकनै ब्राह्मणजिले । लग्या ठोक्ते ठोक्तै.....' परन्तु यस छन्दमा अक्षरविन्यास अप्ठ्यारो भएकोले यो धेरै बेरसम्म जान सक्तैनथ्यो तापनि हाम्रा अद्वितीय सिद्धहस्त कविशिरोमणि लेखनाथले सम्पूर्ण काव्य यही छन्दमा रचिदिए । शैलीको विषयमा त मलाई यसो भन्नु छ कि “तरुण तपसी' मा यस्तो एक श्लोक छैन जुन नेपाली भाषाको औँठीमा छाँट पारेर नकुँदी जडिएको होस्‌ । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तम रोज्दा- अब यहाँनेर प्रथम भूमिकामा भूमिकम्प हुन्छ : मैले 'तरुण तपसी', देखेको त रहेछु, तर त्यसलाई अझ राम्ररी हेरेको रहेनछु हो पढेको रहेछु तर राम्ररी गुनेको रहेनछु । आजसम्मको नेपाली श्लोकमा एउटै सर्वोत्तर, सर्वोत्तम भनेर प्रथम भूमिकामा यस श्लोकलाई रोजेको रहेछु- 'म खाउँ मै लाउ................,,,,,,, चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी' अवश्य यो उत्तम छ तर यसलाई सर्वोत्तम भन्दा 'तरुण तपसी' का कैयौँ उत्तमोत्तम कविताप्रति अन्याय तथा अनुचित व्यवहार हुन जान्छ । दुष्टान्तमा- क्‌ खडेरीले पोल्दा तन सब शुक्यो................. ॥ 'विधाताको लीला-वश पयर विस्तार थिरियो' 10] 0, पा 'म जन्मेको मात्रै तन शिथिल.................... ! 'कहाँ मेरो त्यस्तो तप-नियमको सिद्ध-सपना' 'कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन' “गुणी ज्ञानी ध्यानी क्रषिमुनिहरूसम्म सकल' 'थिये खाली दोटा करङ बिचराका............. १ “म रुन्थेँ साथैमा दिन पनि अँध्यारो मुख गरी, सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै घरघरी ।' 'लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको ' “म द्यौता, त्यो चौकी विधिविहित देवालय सरी' 'पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको' 'व्ययाको जो ज्वाला विकल उस चीत्कार-रवमा' “चरीको त्यो “चीँ चीँ-मय' रुदन वा क्रन्दन कडा' 'निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा' पाकारीको जान्ठा,,22000:5::90न 244; 'कुनै वेला तिम्रो गृह र फुलबारी वरिपरि' 'न शक्छै यो आँशू टप टप टिपी चप्प पिउन न शक्छौ मासूले दिनभर अघायेर जिउन न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन चुँडयौ व्यर्थै मेरो मनुज ! तिमिले जीवन किन ?' 1.1 1. : उति तन काल तिला १ 'कदाचित्‌ त्यो मेरी प्रणय-पुतली............ ५ |... 1100... नन तका जनम ॥ “दया हो पृथ्वीको अति चहिकिलो पारसमणि' “म मर्ने हुँ मर्छु तर तिमि नराम्रोसित चुक्यौ" (९ 10... निला लाला हना 'कुनै चाहे नङ्गा भइ फगत ढङ्गा गरिरहुन्‌' 'चराको भझौँ तिम्रो गगनतलमा सर्र उडने' “चरीले छादेको फगत दुइ थोपा रगतमा डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा 'विधाता माताको स्तनयुगलमा स्तन्य रसको' 'सबैकी साजा छन्‌ धरणि जननी.......... ख 'अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला' 'जती शक्छस्‌ कालो गगनपथ आलोकित गरा' “कुनै चौता जस्ता सुघर सुकिला बाहिर भने' 'जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका' 'थियो जस्तो पैले चटकमय त्यो धर्म नकली जुट्यो उस्तै आई चटकमय विज्ञान नकली' “म सम्भयो मै मात्रै, गुरुचरण सम्भ्यो गुरु गुरु' 'जटा-मासू छाला सहित हितको जीवन पनि' यसरी उद्धुत गर्न थालेको पक्षमा प्रायः 'तरुण तपसी' का जम्मै श्लोक उद्दरणमा आउँछन्‌ किनभने लेखनाधीय कविताको प्रकृति नै यस्तो छ, विशेष गरेर 'तरुंण तपसी' मा लेखनाथको पूर्ण प्रकाश छ । (१) हामी जब प्रत्येक श्लोक छुन्छौँ अनि कुनै सुर लागेको तारमा हात परेजस्तो हुन्छ, त्यो बज्दछ । लेखनाथका पदपद सङ्गीतमय छन्‌ । उनीभन्दा अगाडिका नेपाली भाषामा लेख्ने कविहरूमा भानुभक्तको शैली सरल र मीठो छ, तर लेखनाथको स्पर्शले नेपाली कवितामा युगपरिवर्तन भयो, त्यो संस्कृतजत्तिकै उच्च संस्कृत बन्यो । लेखनाथलाई पाएर नेपाली भाषा गौरवान्वित भयो । उनीभन्दा पछाडिका कविहरू पनि अवश्य उनीबाट प्रभावित भएका छन्‌, परन्तु जुन विशिष्ट गुण छ त्यो उनैसित सुरक्षित छ जुन कसैले राम्ररी हात पार्न सकेका छैनन्‌ । ) अहिले अरू क्रालाई पन्छाएर केवल शैलीलाई लिँदा पनि जब हामी एक एक श्लोक एक एक पाउ पढ्दै जान्छौँ हामीलाई कुनै दिव्य सिँढी उक्लँदै गएको अनुभव हुन्छ- कत्रो गाम्भीर्य ! कत्रो गुरुता ! पदपदमा कस्तो चमत्कृति ! लेखनाध 'तरुण तपसी' मा स्पष्ट रूपले अद्वितीय छन्‌, कति धनी लेखनी ! (२) रूखलाई लिएर संसारमा धेरै कविले कविता लेखेका छन्‌, कसैकसैले अद्भुत कल्पना पनि गरेका छन्‌ परन्तु रूखलाई तपसी बनाएर आदिदेखि अन्त्यसम्म जुन किसिमले त्यसलाई कविले निर्वाह गरेका छन्‌ त्यो संसारको काव्यजगत्‌लाई नै एक सृष्टिप्रदान भएको छ । बालककालदेखिको ठूलो काव्यसाधना तथा दार्शनिक अनुभूति नभई वृक्षसित तदाकार भएर 'तरुण तपसी' जस्तो सर्वश्रेष्ठ काव्य लेख्नु असम्भव छ । त्यसमा हामी त्यतिसम्म एकाकार पाउँछौँ कि कैयौँ ठाउँमा लेखनाथ बोलेको र रूख बोलेको हामीलाई एकात्मक लाग्दछ । जस्तो - 'जमायेँ लाचारीसित जमिनमा आसन कडा बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा । जती जस्तो आओस्‌ नियतिवश शीता५$५तप-हुरी भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥' ग यो कसले बोलेको ? रूखले ? हो, तर के यो उही 'पिँजराको सुगा'“लेख्ने कविको असी वर्षको अनुभवी आत्मकहानी होइन ? हो, हो- 'सब सहन शक्ने ननिहरी' कविको कत्रो आत्मसम्मान, आत्मविश्वास ? यस्तै यो कहिल्यै ननिभ्ने ज्योतिले आफ्ना समकालीन अरू प्राय: सबै कविहरूको प्रतिष्ठानमाथि लेखनाथ तरुण भएर बलिरहेका छन्‌; नेपाली भाषाको दशा (दियोको बत्ती) सित सदैव बलिरहनेछन्‌, यसमा सन्देह छैन । अगिल्लो भूमिकामा मैले 'तरुण तपसी' लाई प्रसिद्ध “मेघदूत' र ग्रेको 'एलिजि' सित दाँज्न पुगेको छु । कुनै अवयवमा, आकारमा तथा शैलीमा यिनीहरूको दँजाइ उत्तिको अनुचित छैन; अवश्य आश्य कालिदासले मीठा वर्णन गरेका छन्‌, बादललाई गरेको सम्बोधनमा प्रतिभा झल्केको छ, उच्च कल्पनाहरू छन्‌, ग्रेको एलिजि पनि सुन्दर छ; परन्तु एकदेशीय छन्‌ । “तरुण तपसी'-ले एउटा वृक्षको रुदनलाई मात्र बुझेको छैन उसले समस्त मानवजातिका आस्था, अहङ्कार, भावना, प्रेम र दौर्बल्य, उच्चता र नीचतालाई समातेर दर्शन गराएको छ, यति मात्र होइन भविष्यलाई समेत औँल्याएर आधुनिक उच्छुङ्खलतालाई सावधान हुने सन्देश दिएको छ, त्यो पनि कति सुन्दर कलाले- 'मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा बन्यो, सोही पापी करुचि पछि सल्केर सबमा । कडा गोला गोली कठिन चिजका लाखन थरी खडा भै पार्नेछन्‌ सकल धरणीमा थरहरी ॥' नेपाली रुचि र परम्पराअनुसार “तरुण तपसी'-मा तरुको कल्पना प्रतीकवादी भएको छ, त्यसो हुँदाहुँदै पनि कविता दोबरिए पनि त्यो पातलो रेशम अथवा नाइलनले छापेजस्तो स्पष्ट देखिने भएको छ । (३ कविशिरोमणि लेखनाथको कलमले ढुङ्गा, मूढा, रूख, पात, डोको, नाम्लो जेलाई छोए पनि त्यो सुन्दर कवितामय हुन्छ, 'सत्यकलि संवाद' को- 'काढी तरक्क पसिना दिनरात डोको बोके पनी उदरगर्त रहन्छ भोको' यो जस्तै यसमा पनि- 'कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी निचोर्दै छु तेरौ समझ अथवा ज्ञान-गठरी' यस्ता अनेकौँ उदाहरण उत्रन सक्तछन्‌ । अझ जब लेखनाथ चरालाई छुन्छन्‌ तब उनी यथार्थमा द्विज बन्दछन्‌- लाग्दछ, उनी चराको भाषा बुभ्दछन्‌ । मन उठ्तछ 'षष्ठ विश्वाम' यहाँ फेरि जम्मै उतारँ, तर अहिले म चारैतिरबाट सोहोरी भूमिकालाई छोष्टयाउने प्रयत्न गरिरहेको छु । तैपनि यी दुई पङ्क्ति उद्धृत गर्दछु- यसमा ध्वनि अनन्तसम्म प्रतिध्वानि भएझैँ मलाई लाग्दछ- घ “चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा - सुनेथेँ त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ।' अनि 'करुणामैय त्यो कथा' प्रारम्भ हुन्छ : 'शिकारीको झम्टा' ले मानिसको हृदयको कठालो :- समातेर कवि हामीलाई आदर्श कवितामा हाम्रो अनुहार देखाइदिन्छन्‌, हामी लाज पचाउन सक्तछौँ तर चिन्तन नगरी सुख छैन, अनि हामी आफूलाई रुँदै मासु खान लागेको पाउँछौँ । 'शिकारीको झम्टा' ले भन्दा लेखनाथको एक एक कविताले हामीलाई भझम्टन्छ, झम्टा दिन्छ । महाकवि देवकोटोको 'हुरीको गीत' लाई म यहाँनेर सम्झन्छु त्यो आँधीबेहरी लेखनाथमा छैन, उनमा त मन्द मधुर सुगन्ध शीतल कस्त्रीको सुवास आउने हिमालयमारुतको गति छ, तर कति ओजस्वी गौरवपूर्ण पाउ, एक एक चरणले हृदयको द्वार घचघच्याउँछ । अनि सप्तम विश्राममा गएर करुणरसले यसरी विश्राम लिन्छ- “चरीले छादेको फगत दुइ थोपा रगतमा' हुन ता लेखनाथले कवितालाई सदैव सदुपयोग गरेका छन्‌, उसमाथि पनि उनका कविता सधैँ अनेक वाद र सङ्कचित साम्प्रदायिकताभन्दा माथि केवल मानवतामा आधारित छन्‌ तथापि यी सब गुणलाई एकातिर राखेर पनि कविता निरपेक्ष सुन्दर हुन सक्छ भन्ने उदाहरणको निमित्त त लेखनाथ सर्वश्रेष्ठ छन्‌, यो उनको प्रतिभालाई तपस्याले दिएको आशीर्वादको परिणाम हो । यसरी 'तरुण तपसी'-का उन्नाईस विश्वाम लगाएर उनले रूखलाई जिउँदो महात्मा बनाए, आफू पनि कवित्रषि बने । रूखमन्तिर बास; रूखको बाल्यकाल; पशुहरूको र रूखको सम्बन्ध; विभिन्न क्रतुमा रूख; रूखमा चरा; चरीको चीँ चीँ; रूखको शान्ति; धनी र गरीब; भोको अतिथि; घनसञ्चय; क्रयविक्रय; जूनकीरी; पसीनाको खिँचातानी; अन्धविश्वास; धर्म र विज्ञान, समाधि; निष्काम कर्म, हाँसो; अनि रूखको रूखै; यस किसिमले उन्नाईस दृष्टिकोणबाट रूखलाई हेर्दै र रूख चढेर मात्र होइन त्यसभित्र पसेर संसारलाई हेर्दै कविले यस काव्यलाई सगरमाथाको राष्ट्रसुहाउँदो बनाए । स्वास्थ्यकर प्रतिस्पर्धा साहित्यको उत्थान गर्ने प्रवृत्ति हो ! लेखनाथपछिका कविहरू र अत्याधुनिक कविहरूले कविताशैली अथवा कवितात्मक सौन्दर्यचेतनापष्टि लेखनाथसित्न हार खाए । क्रमश: त्यतापट्टिको साधनामा हास हुँदै गयो । सौन्दर्यचेतना होइन विशुद्ध चेतनापष्टि कविहरूले प्रगति गर्दै गए । लेखनाथपछि नै बाहिरी संसारका साहित्यको प्रभावले नेपाली साहित्यजगत्‌ प्रभावित भयो, १९९२ अझ १९९३ साल कार्तिकदेखि अमेरिकाका बाल्ट ह्बिटम्यानका स्वच्छन्दताले नेपाली साहित्यमा प्रवेश गत्यो । आधुनिकताको नाममा इज्जापाउण्ड, टि. एस. इल्यट र फ्रान्सका कविहरूबाट पनि हाम्रा कविहरू प्रभावित भए । अवश्य कविहरूमा आत्मानुभूति, आत्मसम्मान, आत्माभिमान, अस्तित्व-चैतन्य, असन्तोष, संवेदनशीलता, संशोधनीय भावनाहरू अन्य देशका प्रसिद्ध कविहरूमा जस्तै ङ अटाई-नअटाई उकुसमुकुस भएर बढिरहेका छन्‌, आधुनिक दृष्टिकोणले कविहरूमा त्यो शोभा पनि हो । तर चैतन्यसित लेखनाथीय सौन्दर्य-चेतना हुनु पनि साहित्यिक अभिव्यञ्जनालाई उकास्ने एक आवश्यक साधन हो । त्यस विनाको चेतनायुक्त कवितासमेत मीठो रोटीमा बालुवाको किरिकिरी लागेजस्तो हुन्छ। म फेरि दोहोस्याउँछु- पिकास्सो कविहरूलाई नवीन प्रयोग र नवीन कल्पनाको निम्ति हामीलाई प्रशंसा गर्नुपरोस्‌, तर त्याफल-कवि हाम्रा कविशिरोमणिको यश कहिल्यै धमिलिने छैन । २०१० सालमा “तरुण तपसी' प्रकाशित भयो । २०११ सालमा नेपालका समस्त कवि-लेखकहरूले लेखनाथलाई अभिनन्दन समर्पण गरे, कविशिरोमणिलाई रथमा राखेर सबले ताने । स्वर्गीय श्री ५ त्रिभुवनबाट पनि अभिनन्दन प्रकट भयो । उस वेलाका प्रधानमन्त्री मातृकाप्रसादले पनि सो रथ ताने । कदाचित्‌ जीवित कविको त्यत्रो सम्मान संसारैको निम्ति अद्वितीय थियो । त्यो सम्मानको निम्ति 'तरुण तपसी' निश्चय अधिकारी छ । हाम्रा कविराजा श्री ५ महेन्द्रबाट उनलाई रायल नेपाल एकेडेमीमा राखी शोभा बढाइबक्सेको छ । अन्त्यमा म यही भनेर यो भूमिका टुङ्ग्याउँछु- लेखनाथले नेपाली भाषाको क्रण तिरे तर यो कुरा कविको कानमा नपरोस्‌, कविलाई चाहिँ लागोस्‌- 'म अझै क्रणी छु ।' उनी त्यो वृक्ष जस्तो बनून्‌, जुन नढली फल दिन छोड्दैन । हामी रसास्वादन गर्न पाइरहौँ उनी चाहिँ सदैव हरियो, तरुण र चिरजीवी होउन्‌ । ज्ञानेश्वर काठमाडौँ बालकृष्ण सम २०२१ चैत्र ९ श्री गौरीशङकराभ्यां नमः तरुण तपसी प्रथम विश्वाम रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर । त्यसै बेला घुम्दै विजन पथको पादपमनि पुगे कोही यौटा कविवर बिसाउँँ अब भनी ॥ र्‌ मजाको चौतारी, वरपर सबै शून्य विजन निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन । बहन्थिन्‌ सामुन्ने कलकल नदी पुण्य-सलिला अनेकौँ देखिन्थे तट-निकटमा सुन्दर शिला ॥ तरुण तपसी : १ ३ शुम्यो बस्ता बस्तै सकल पसिना सर्र उनको फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको । झिकी सादा कापी, कलम अब लेखूँ म कविता भनी ती टोलाये, तल तल चले देव सविता ॥ रह थियो आलो कान्ताजनविरहको चोट मनमा फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा । तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर झकाये त्यो प्यारो कलम, दगुरचो दूर नजर ॥ ३ तपस्वी कस्तो हो ? कठिन तपको तत्त्व कुन हो ? भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो ? गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा परचो सारा पृथ्वीतल मलिनिमाको परिधिमा ॥ ६ कसी तेर्छो चिल्लो घनपटलको नील कबरी धरी उस्मा रातो चहक मसिनू चादर सरी । चली-हाली सन्ध्या-रमणि सबकै रङ्ग-रसमा डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा ॥ ७ फिँजी मैलो झाँक्रो मलिन तमको व्याकुल बनी बडो चर्को गर्दै हुँचिल-रवको क्रन्दन पनि । कुनै काली आली विकल विधवबातुल्य रजनी लडी छर्दै तारामय चहकिला भूषण पनि ॥ य. समेटी ताराको चहक सब एकै पटकमा लपेटी त्यो सारा अति निविड मालिन्य-पटमा । घुस्यो चालो चालो विकटतम कालो घनघटा जुटाई चौतर्फी भुवनभरमा तस्कर-छटा ॥ २ : प्रथम विश्वाम ९ न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर । जहाँ हेरयो सम्मै, भुवन सब भो गाजलमय खडा भैगो मानू विकट भय वा विश्व-विलय ॥ १० उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनि फुकाएको कापी, कलम, मसिदानीतक पनि । गरी-हाल्यो कालो तरुण तमले चट्ट चटनी कटारी 'झौँ लाग्यो कविकन कठै ! काल-चटनी ॥ ११ “मुटू धड्म्यो ज्यादा, पयर हुन थाले लुदुपुटु टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुदुमुटु । नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि लडे चौतारीमा कवि 'शरण ल्यौ शङ्कर !' भनी ॥ कल ९५,७72 कन, 7057 छ, “7 पो नट) “१ १ “३ ङ% एप 000 को » ॥ “2// १ ॥ रर हलटी रि)” ? 0 १ ) 1 वा नु &) पट ५ ॥ छ क ॥ पन कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको सिह्कानी, के पर्थ्यो झटपट कठै ! नीद सुखको । परेको पाखामा अति विकल माछोमय बनी बिताये वा काटे छटपट गरी कष्ट-रजनी ॥ १३ हवा चल्दै-आयो सिरिसिरि पछिल्लो पहरमा बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा । झकाई त्यै वेला अगम दहरा$५काश-बिचमा पुगेछन्‌ ती भित्री अमर-पदवीको नगिचमा ॥ १४ हरायो कान्ताको विरह, तपको कौतुक गयो अकस्मात्‌, त्यो बाधा विकल मुटुको दूर धपियो । बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा ॥ १५ न .प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा । न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी कुनै फेला पारे अगम उनले शान्ति-ढुकुटी ॥ १६ न यो द्यावा-पृथ्वीमय भुवनको भास उसमा न ता बोक्रे मैला विषय-सुखको प्यास उसमा । अहा ! त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥ १७ शरत्‌को बेला होस्‌, अमृतकर लाखौँ टहटह उदाकन्‌ बेदागी गगनभर गर्दै चहचह । प्रभा तिन्को उम्लोस्‌, तदपि उस आलोक-लवको अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥ 'ह : प्रथम विश्वाम १८ सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी । मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये अहां ! कस्तो कस्तो अग॒म छबिमा तन्मय भये ॥ ॥ ॥/१ यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा । उसो हेर्दा टाढा मन वचन भन्दा अति पर इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥ २० लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको । मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी तुरुन्तै उत्रै ती, हृदय-बिच लाग्यो किरिकिरी ॥ २१ म को हुँ? त्यो के हो? कुन चटकमा गद्गद थियैँ ? कसो भो ? के के भो? किन म सहसा बेगल भयेँ ? कता लाग्यो त्यत्रो परम सुखको सागर भनी घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥ रर बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी । त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥ रर अली मोटो अग्लो कद, जमिनमा छन्‌ पद खडा घुँडा, तिघ्रा, बाहृ, उदर, उर छन्‌ पुष्ट तगडा । कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥ तरुण तपसी : ५ २४ समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा सदा एकैँनासै विषय-रसको दु:ख-सुखमा । थिये ती खम्बा झैँ कठिन तपको, धैर्य-गुणको भरीलो ओजस्वी नयन-युगको ज्योति उनको ॥ म 27" ५) ५७11 1221 6 द्र प् / ॥ 0 1५, ७ , ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु उनी तिन्को हेर्थे नियति-गति-रेखा टुलुटुलु । ति लोहाको टुक्रा-सदृश, तपसी चुम्बक थिये त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥ र्‌द अघी जो झल्केथ्यो परम सुख बा शान्ति मनमा उसैको क्यै पाये झलक तपसीको वदनमा । इ्नी को ? कस्ता हुन्‌ ? भनि गम बढाये जति जति स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥ ६ : प्रथम विश्षाम २७ दया, मैत्री, श्रद्धा, प्रणय-रसले भित्र रसिलो तपस्याले बल्दो तर -हरघडी शान्त हँसिलो । प्रभा उन्को हेर्दा हृदय सब भो गदगद अति तुरुन्तै श्रद्धाले कविकन लगाये कुतकुती ॥ रे८ %झकी झट्टै जोडी करयुगल 'बाबा ! हजुर को ? कुटी यद्दा योगाश्रम कुन ? कहाँ हो हजुरको ?' भनी सोधे श्रद्धा-सहित कविजीले जब अनि उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥ २९ पुरी मैदै माटो दनुज दुइको सागर भरि हवादारी गारो चिनिकन दिशाको वरिपरि । सफा नीलो तारा-जडित गगनै छादन कसी बनायेको राम्रो भुवन-कृटियाको म तपसी ॥ ३० न तुम्बाको टण्टा, न त छ चिपिया, फझफोलि-झकडा न ता छाला, माला, न धुनि, न कुनै गेरु-कपडा । न ता चेला-चाटी, न गुरु परिपाटी छ शरण खडा छु एकाकी जमिन-बिच टेकेर चरण ॥ ३१ पिता माता को हुन्‌ ? कुन नियत वा कारण परी लियेँ यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ? मलाई यो केही स्मरण अघिको छैन मनमा म खाली हेर्दोछु प्रणयसित यो विश्व-महिमा ॥ डर सुती लेटी मिल्ने सुख-सयल जानेँ न त रति न ता कोही तीर्थ-भ्रमण सुख भोगँ अलिकति । जहाँ जन्मेको हुँ विधिवश उहीँ छू अझ खडा सही लाखौँ चर्का विपद अथवा सङ्कट कडा ॥ क्यहाँदेखिको प्रशन र संवाद झकायेका विरही कविसितको हो । तरुण तपसी : ७ ३३ ० चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी घुमेका छन्‌ मेरा उपर कुटिया उज्ज्वल गरी । तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक»ै गरी बित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥ ३४ -यति भनिकन लम्बा शास फेरेर फेरि कवितिर अति तीखो नेत्रले खूब हेरी । मुनिवर चुप लागे, लागिहाल्यो समाधि ' जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ? क्कनै वस्तुमा आँखा नाचम्ली टकटकी लगायेर हेरिरहने मुद्वाको नाम हो- त्राटक । ८ : प्रथम विश्वाम द्वितीय विश्वाम १ बिचमा भुमरी परी परी बहँदी सम्थरकी नदी सरी । फिर बग्न गयो उसै गरी मुनिको शीतल सूक्ति-माधुरी ॥ दर चपेटा पर्नाले नियति अगुवा कर्मगतिको लियेथेँ यो चोला जुन बखतमा लोकहितको । उसै बेलादेखी जुन जति सहेँ कष्ट कहर सबै त्यो सुन्दैमा पनि तिमि हुनेछौ थरहर ॥ न म जन्मेको मात्रै, तन शिथिल, मन्टो पनि लुलो कलीला रौँ जस्ता पयर; अडिने शक्ति फितलो । चुचे दाह्रे ढुङ्गा तलतिर कडा, माथि छ खडा कठै ! त्यो शून्यात्मा मलिन नभको शून्य मुखडा ॥ ४ सहारौँ, सम्भारौँ, अशरण छ यो बालक भनी मलाई को हेर्ने ? उस बखत माया-वश बनी । जती चल्थे फिर्थे, सब मतलबी नासमझ ती कठै ! अन्धा जस्ता; विषय-विषले व्याकुल अति ॥ । 4 कतै दायाँ बायाँ तिलभर पनी नेत्र नधरी जथाभावी चल्दा अबुझ बढुवा टम्टम गरी । म धर्कन्धेँ, भन्थेँ पनि गिडगिडाई तिनिकन दुवै आँखा हेरी हिँड जमिनमा, अन्ध नबन ॥ तरुण तपसी : ९ ६ ठुला साना प्राणी चतुर विधिका सन्तति सब सबैको साझा हो प्रकृति गुणको भोग्य-विभव । सबै हाँसून्‌ खेलून्‌ सरल रसिलो जीवन धरी धरालाई पारी प्रणय-रसले देव-नगरी ॥ ७ बढी, बाँचौँ, भोगौँ विषय-सुख राम्रोसित भनी तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि । ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि सबैलाई प्यारो विषय-सुखको यो जलनिधि ॥ प्‌ अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला जगद्व्यापी एकै भुवनपतिको जीवन-कला । भई भोगपेमी हरतरहले घुम्छ भवमा उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥ ह“ 'दया' भन्ने एकै मधुरतम पीयूष-रसको पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको । यता विश्वपेमी बन मतलबी भाव नधर उतालाई सोझै अमर-पदवी हासिल गर ॥ १० किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा अहो ! एकैनासे परम चितिको दिव्य चकमा । फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ? विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥ ११ ठुलाले सानाका उपर करुणा दृष्टि नगरी जथाभावी चल्दा धरणि सब हुन्छिन्‌ यमपुरी । कलीलो यो मेरो वय छ, बटुवा हो ! जनि गर चलाक बिस्तारैसित नजरकै साथ पयर ॥ १० : द्वितीय विश्वाम ॥ 6." कराई चिच्च्याई यसरि बिलना वबन्दन गरी म बोल्थेँ त्यो बेला विकल बिचरो न्याहुल सरी । कठै ! मेरो भाषा नबुझि सब चल्थे टमटम हुनाले क्यै छ्यौमा उस दलनमा तै परिनँ म ॥ कहाँ कस्ले कस्तो किसिमसित कुल्चन्छ शिरमा भनी डर्दै, तर्दै नयन बदटुवाका पयरमा । म गन्थेँ बाटोमा निशिदिन कठै । जीवन-घडी मजा मानी बुन्थेँ मलिन मुखमा जाल मकडी ॥ १४ जसै बल्झे माखा, मसक बिचरा जाल-बिचमा अनी कालो कालोपम शठ शिकारी नगिचमा । पुगी दाह्वा धस्थ्यो रगत सब चुस्थ्यो तननन म आँखा चिम्लन्थेँ सहन नशकी त्यो शठपन ॥ पु कठै ! यस्तै यस्ता धरणितल नै नर्क गह्दुका गरी फिर्ने पापी कुटिल कपटी जीबहरुका । तमासाले गर्दा मन विकलतासाथ चिरियो विधाँताको लीलावश पयर विस्तार थिरियो ॥ तरुण तपसी : ११ १६ हवाको, धर्तीको, गगनतंलको जो तिन :.थरी, बहन्थ्यो छातीमा रस-बल उसैको भर गरी । उठेँ सुस्तै सुस्तै, अलि अलि बढ्यो शक्ति मुटुको उदायो यस्तैमा प्रखर महिमा ग्रीष्म क्रतुको ॥ १७ विजेताको मानू विकट वबिजयोन्माद-जनित- प्रताप-ज्वालाले सदृश, किरण-श्रेणि-खचित । कडा ती दुर्दर्श ग्रहपति चढे मध्य नभमा फिँजारी चौतर्फी भुवनभर सन्ताप भवमा ॥ १५ हवा, पानी तात्यो, धरणितल तात्यो, नभ पनि अँगेनू भैहाल्यो रवि-किरण बल्दा दनदनी । ठुला साना प्राणी सकल उसमा पिल्सिन गये म त्यो वेला टिक्थेँ कसरि बलियो दैव नभये ? १६ न ता मेरो काया प्रबल, न त छाया छ घनको न ता स्पशैं मिल्थ्यो पलकभर चीसो पवनको । कठै ! त्यो बेलाको अति विकल सन्तप्त मनको अवस्था नै अर्को, सहजसित शक्ने कहन को ? न जुरुक खडेरीले पोल्दा तन सब शुक्यो, मस्तक झुक्यो, छुट्यो मानू नाडी-चलन, पदमा जीवन लुक्यो । नमिल्दी हो ता त्यो बखत जननीतुल्य रजनी म लिन्धेँ यो चोला बदलिकन अन्तैतिर जुनी ॥ २१ निशाले छर्थी जो अमृत-रस बा शीतलपन उसैद्वारा गर्दै दिवसभरको दाह-शमन । जती चढ्थ्यो राती विकल मुटुमा जीवन-बल उती घद्दै जान्थ्यो दिनभर सबै त्यौ तलतल ॥ १२ : द्वितीय विश्वाम रर सही चर्को ज्वाला नियति-गतिले बन्धन परी रही त्यस्तो चालासित अधमरा जीवन धरी । बितायेँ त्यो गर्मी क्रतु सकल, बर्षा शुरु भयो मलाई त्यो भाग्योदय-विधि-विधाता गुरु भयो ॥ २३ बजाई चौतर्फी विजय-नगरा त्यो घननन . उठी ठाडै गर्जी भुवनभर घुम्दै फननन खडा भो कृष्णा$५त्मा जलद जब तेही बखतमा चढ्यो मेरो शोका$५कुल मन खुशीको तखतमा ॥ २४ उज्यालो आशाको चहक चुहुँदो चारु बिजुली जती गर्थ्यो कालो घन-पटलमाथी झिलिमिली । उती हुन्थ्यो मेरो हृदय सहसा सर्रे सरस थियो मानू प्राणै उस घनघटाको परवश ॥ २२५ विधाता पग्ल्यो वा जलद-घटदेखी जल चुह्यो सुधा बर्स्यो यद्ढा प्रकृति-जननीको दुध बह्यो । अहो ! जस्ले गर्दा लहलह भयो जीवन सब निमेषैमा उर्ल्यो शत-शतगुणा वृद्धि-विभव ॥ २६ अकस्मात्‌ मिल्नाले मधुरतम त्यो जीवन-सुधा भयो मेरा लेखा अमर-नगरी तुल्य वसुधा । उदायेँ, मौलायेँ, जड पनि जमायेँ वरिपरि पस्यो त्यै वेलामा तर मकन अर्कै थरहरी ॥ २७ क्रमसित घटनाको चित्र सारा उतारी ., विकसित मुख-शोभा शान्त गम्भीर पारी । किन किन मुनि फेरी बेसरी चक्करायै मधुर अमृत बग्दो सूक्ति-धारा दबाये ॥ तरुण तपसी : १३ तृतीय विश्वाम १ म पनी मुनि-वाक्य-माधुरी- मुहुनीको वश बेसरी, परी-4. . चुपचाप थियँ शनै: शनै: फिर निस्के मुनिका कुरा उनै ॥ बित्यो वर्षा, प्यारो जलन जल-धारा छरिछरी हरी ग्रीष्म-ज्वाला, सकल पृथिवी शीतल गरी । पखेरामा लागी तुहिनगिरिको शङ्कर सरी बस्यो यद्वा लेट्यो सुखमय हँसीलोपन धरी ॥ ३ कुवा, खोला-नाला, सर, दह तथा ताल, तटिनी सबै सङ्ले, झल्के, अति विमल ऐनामय बनी । जहाँ हेर्दा नीलो गगनतंल चुर्लुम्म सकल डुबेको देखिन्थ्यो मुनि-मन सरी स्वच्छ विमल ॥ १४ : तृतीय विश्राम 1 खुले उद्योगीका शुभ दिवस जस्तै दश दिशा ' निशाभन्दा राम्रा दिवस, दिनभन्दा अझ निशा । शरत्‌को शोभाले सब मलिनता दोष दबियो अहा ! द्यावा-पृथ्वीमय भुवन यो कञ्चन भयो ॥ १ तपस्याको छाया भुवनभर पारेर सबमा बढूँ सुस्तै सुस्तै, पर पर चढूँ नील नभमा । म भन्थेँ त्यो वेला पलपल ठुलो साहस धरी बिचैमा चौतर्फी पशु धुरिन आये गरगरी ॥ ६ कहाँ मेरो त्यस्तो तप-नियमको सिद्धि-सपना कहाँ छोटा पेटू अधम पशुको त्यो पशुपना । शिँगौरी खेल्दै ती निहुँ-पिहुँ झिकी लाखन थरी तरुण तपसी : १५ ७ कुनै मुन्टै टोकुँ भनि नयन दिन्थे उपर ती कुनै खेल्दै चल्दै घुसुघुसु धकेल्थे मकन ती । कुनै दल्थे, मल्थे, हरकिसिमका युक्ति-बलले कठै ! यस्तै चालासित कठिन धेरै दिन चले ॥ पो यताको यो बाधा, तल पयरमा कीट कठिन तिखा दाह्वा धस्थे हरकिसिमले जीवन लिन । झुकी त्यो मौकामा जिनतिन कडा आत्मबलकी सहाराले सारा मरि मरि सहेँ घात खलको ॥ ९ कतै छाला लत्क्यो, बलसित कतै चर्र चिरियो कतै पल्टयो आलो उकुच, उसमा सूच भरियो । कतै तर्क्यो मर्क्यो, तन सब भयो घायल अति मलम्पट्टी गर्थी फगत बिचरी नर्स नियति ॥ १० कठै ! त्यो वेलामा कठिन जुन सङ्कष्ट सहन परेथ्यो, त्यो ऐले पनि बहुत गाह्रो छ कहन । परीक्षा हो वा त्यो पर-हित-महामन्त्र-जपको ? थियो यद्ढा दीक्षा-विधि नियम त्यो तीव्र तपको ॥ पृ. ममा त्यो वेलाको विकट खत वा दाग अझ छन्‌ कसैले जान्दैनन्‌, मनुज सब अन्धा अबुझ छन्‌ । कुनै जान्दो हो ता मनुज पर-पीडा अलिकति मलाई के पर्थ्यो उस बखत त्यो घोर फजिती ॥ १२ हजारौँ ती धक्का रगडहरु खाँदै हरघडी अडी काँपी काँपी कठिनसित; पुर्लुङ्ग नलडी । 'किशोरा$वस्था त्यो जिनतिन बित्यो व्याकुल बनी हटे सुस्तै सुस्तै नियति-गतिले ती पशु पनि ॥ १६ : तृतीय विश्वाम १३ नयाँ बढ्दो चढ्दो वय, मधुर पानी पबनको सुबिस्ताको साथै धृति र बल उत्साह मनको । उपाधि-ज्वालाको प्रशम, सब यो सिद्धि-तरिका जुट्यो, जस्ले गर्दा पिर सब भुलेँ जन्मभरिका ॥ १४ हवाको, पानीको, धरणि-जननीको रस-बल लिँदै, प्यूँदै, गर्दै पल पल सबै अङ्ग सबल । म त्यो चौबाटोमा अटल बलियो आसन कसी जमेँ, मेरो भित्री हृदय हुन थाल्यो अति खुशी ॥ १५ थियो मानू मेरो उस बखतको भाग्य हँसिलो बहन्थ्यो चौतर्फी चमचम सफा कान्ति रसिलो । चरा तेही मेरो मधुर मुहुनीको वश परी परी जस्तै भर्थे प्रणयसित गर्दै चिरिचिरी ॥ ७) १०१० €/“.1/ € ४ ८ 1273 20] ॥ छ? ७) १ 05 ५: ८ न ८४५5 तरुण तपसी : १७ १६ कुनै सुस्तै झुल्थे चहचह गरी चट्ट शिरमा कुनै खेल्थे, डुल्थे, कलरव गरी मस्त सुरमा । कुनै भन्थे राम्रो किसिमसित हामी सब चरा यसैमाथी पारौँ अब गुँड बनायेर बचरा ॥ १७ चुचो ठाडो पारी वरपर निहारी गम गरी कनै भन्थे भारी श्रुति-मधुर झारी रसझरी । खुला यो चौबाटो, बहुत घचिलो ठाम छ सब यहाँ चल्छन्‌ लाखौँ शठ पथिक गर्दै कटु-रव ॥ १८ गुणी, ज्ञानी, ध्यानी, क्रषि, मुनिहरूसम्म सकल चरामाथी गर्छन्‌ हरतरहको बन्धन-छल । यहाँ बस्ता हाम्रो उपर पछि पर्ला कि खतरा भनी गर्थे कोही बहस बहुतै नीति-चतुरा ॥ १९ कुनै भन्थे यस्को रुचिकर जटा-मण्डल जब हँदै जाला बढ्दै गगनतल-चुम्बी अनि सब । सबै भन्दा माथी बसिकन गरौँला चहचह झली गाना गाई रसिक-गुरु गन्धर्वसरह ॥ २० ॥ कुनै मेरो बढ्दो वय-मधुरिमाको वश परी परी जस्तै नाची पलपल ठुलो कौतुक गरी । गला फारी भारी प्रणयसित गर्थे कलरव म त्यो सुन्दा भन्थेँ, अब सफल भो जीवन सब ॥ २१ छरीता फुर्के ती बहुत रसिला सुन्दर चरी जती खेल्थे झिक्तै मधुर सुर-सङ्गीत-लहरी । उती मेरो अन्तःकरण उनको रङ्ङग-रसमा डुबी गोता लिन्थ्यो, पलपल थियो दिव्य-सुषमा ॥ १्द : तृतीय विश्वाम रर म तेही लीलाले विकसित भयेकै समयमा ठुलो शङ्का पारी चटुल चिडियाको हृदयमा । कुनै चङ्गा आयेँँ गगन-बिच खेल्दै लडिबुडी थियो जस्को डुब्दो बहुत धमिलो जीवन-घडी । रेड हवामा बिस्तारै ढुलु र मुलु गर्दै तल झरी जटामा त्यो अल्भ्यो अलिछिन बन्यो लर्कन सरी । उदेकाई थालँ सरल मनले गम्न म पनि बिधाताले टाँस्यो यसरि कुन विज्ञापन भनी ॥ २४ जटामा त्यो त्यस्तो किसिमसित उल्टो मुख गरी ढलेकै वेलामा विधिवश चल्यो आँधि र हुरी । त्यसैले त्यस्लाई हरकिसिमले जर्जर गच्यो भयो टुक्रा टुक्रा, फतफत सबै त्यो तल झत्यो ॥ २५ थिये खाली दौटा करङ बिचराका, तिनि पनि उडायो कौवाले लगिकन बनाउँ गुँड भनी । जटामा अल्झेको फगत रिलधागोौ अलिकति रहदयो बाँकी, त्यस्ले फनफन घुम्यो मस्तक अति ॥ र६ कहाँ त्यो चङ्गाको ललित-गति-शोभा गगनको कहाँ त्यस्तो चाँडो विकट दुरवस्था पतनको ! विधाताले मानू क्षणिकतम उत्थान-पतन क्रियाको झल्कायो झलक करुणासाथ मकन ॥ २७ अहो ! हेर्दा हेर्दै अबुझ दुनियाँ लाखन थरी मसीनू धागोमा कठिनसित गर्दै थिरिथिरी । उही चङ्गा जस्तै छिनभर उडी बन्धन चुँडी बिलायेको देखेँ गगनबिच खेल्दै लडिबुडी ॥ तरुण तपसी : १९ २८ लटाईको धागो तरलतम सङ्कल्प मनको कका मस्कायेको उभय-गति सुर्के पवनको । सदा उड्दो तृष्णामय गगनमा कौतुक गरी चमत्कारी चङ्गा सकल दुनियाँ नै हरि ! हरि !! र९ कनै ज्यादा माथी नयनयुगले भेट्न कठिन कनै ती लत्रेका तल तल धुलोमा जिनतिन । कनै थोरै माथी गननबिच भर्ने फुलजडी अनौठाको शोभा हृदय-बिच भास्यो उस घडी ॥ ३० उता हेरघो नौलो गगनतलमा लाखन थरी उनै: नङ्गा चङ्गा हरबखत गर्दै फिरिफिरी । उडेका देखिन्छन्‌ तर सब चुँडिन्छन्‌ निमिषमा थियो कस्तो कस्तो क्षणिक तिनको केलि-सुषमा ॥ ३१ यता कोही ठाडो किसिमसित निस्क्यो, फिर उता उठ्यो अर्कै चर्को लिइकन कडा घात-कदुता । बडो बाङ्गो टेढो गतिसित दुवै खूब भिडिये कठै ! भिड्दा भिड्दै गति शिथिल भो, चट्ट चुँडिये ॥ श्र उभिण्डो भै लर्के तलतिर, बिपत्तासित गये नयाँ निस्के, आये, अलिछिन उडे, त्यै प॒थ लिये । सदा यै ढाँचाले निमिषभर विश्वाम नगरी चलेको देखेँ त्यो चटकमय लीला हरि ! हरि !! : ३३ । अहो !! आफू भिन्नै बसिकन ठुलो खायस गरी ठुला साना चङ्गा त्यस किसिमले लाखन थरी । उडाई चौतर्फी चटचट चुँडालेर यसरी बिपत्ता गर्ने त्यो कुन सकस होला हरि ! हरि !! २० : तृतीय विश्वाम 2.1 त्यसै वेला यौटा विधि-नियमको दर्पण बनी चुँडेको चङ्गा झैँ शिथिल रविको मण्डल पनि । गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी गुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥ ३० झत्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको विवेका$$लोक-श्री रहित मनभझौँ मन्दमतिको । म ड्बेँ त्यै कालो तम-जलधिमा त्यो समयमा घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ) ३६ यसरि हृदय-हारी भाव-गम्भीर भारी सरस सरस सान्‌ सूक्ति-निस्यन्द झारी । मुनिवर बनिहाले मौनभावा५भिराम अलिछिन मन मेरो चक्करायो तमाम ॥ चतुर्थ विश्वाम १ अलिबेर ' पतङ्गका कुरा मनले खूब गमेँ पुरा पुरा । उनको जब मौन भङ्ग भो अनि अर्कैतिरको प्रसङ्ग भो ॥ र्‌ निशाले जो मेरो उपर तमको चादर धरी उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी । बित्यो एवंरीत्या रुचिकर शरत्‌काल सुखमा परी-हालेँ मानू पछि त म कठै ! मृत्यु-मुखमा ॥ डे स्वभाबैले हो वा अविदित कुनै कर्मवश हो ? दशाले हो यद्ढा कुटिल विधिको कोप-वश हो ? नजाने केले हो प्रकृति-जननीको मुख भरी जम्यो कालो पोतो मधुर मुख-शोभा सब हरी ॥ ॥.1 मदारी भझौँ छोप्तै नजर सबका गुम्म कुइरो घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीत-सुइरो । जगतमा चौतर्फी मलिन भझुसिलो भाव: भरियो दिनश्रचीको साथै तन सकल मेरो गँगरियो ॥ १ पिट्यो पाता कस्तै विकट रिपु भै शीत शठले तुषारोले मास्यो शिर सब थिची लात्ति हठले । चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो हरीले मुण्टयायो विकट गलहत्तीतक दियो ॥ २२ : चतुर्थ विश्वाम बसेको बाटोमा गुठिल गठरीसाथ धनको फसेको फन्दामा कुटिल कपटी दस्युजनको । कठै ! कोही निर्धो विकल बटुवा भौँ म बिचरा भयेँ त्यो पिट्टाले हल न चल यद्ढा अधमरा ॥ ७ चुहाई दिग्दारीसित मलिन आँशू तपतपी कठै ! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी । म रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी सघैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥ यु कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति चुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति । बिदा भैगो मानू उपचय-कला विश्वभरको म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ? तरुण तपसी : २३ ९ कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर । थियो सारा पृथ्वीभर अगिपछी केवल खडा धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा ॥ १० अहा ! त्यो वेलाको क्षणिक पनि आलोक रविको मिठो मर्मस्पर्शी सरस कविता भझौँ सुकविको । ठुला साना निर्धा धनिक सबलाई सम थियो ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥ ११ म आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरी गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी । बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी ॥ १२ उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता, प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता । उदायो खम्बा झैँ अटल रहने साहस ठुलो भयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥ १३ विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनको सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको । बिपद्‌, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो सही बस्ता केही समय अथवा जीवन बित्यो ॥ । १४ लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको । गरेँ जस्तो मैले जुन जति कुराका अनुभव म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ? २४ : चतुर्थ विश्वाम १५ यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी । त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी तपस्याका साक्षी सबतिर खडा छन्‌ अझ पनि ॥ १६ कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना सबैमाथी गर्दै जिउ जकडले शीतल दुना । बिते सुस्तै सुस्तै गठन तनको खूब दह्दियो विपद्‌ बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥ १७ म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो हुँदै आयेँ, पाय कठिन तपको स्वाद गुलियो । अघीको शीतोष्ण-प्रभृति सब बाधा पर सरो विधाताले मानू अभय पदमा दाखिल गप्यो ॥ १५ त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी । वसन्तश्री ठाडै सुरनगरदेखी तल भरिन्‌ धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन्‌ ॥ १९ नयाँ हावा लाग्यो, जल-थल भयो मञ्जुल नयाँ, नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ । नयाँ बोली-चाली, विषय-रुचि निस्क्यो सब नयाँ नयाँ भैगौ मानू समय-गतिले गैह्र दुनियाँ ॥ २० अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी फिँजारी चौतर्फी मधुर सुख-सौन्दर्य-लहरी । वसन्तश्री गर्थिन्‌ सब तरु-लतामा चहचह छचल्किन्थ्यो जस्ले प्रणय-रसको निर्मल दह ॥ नत ठिटी झैँ गर्थिन्‌ ती नटखट; छिटी झन्‌ पयरमा थियिन्‌; दल्दै चल्थिन्‌ अबिर अथवा फागु शिरमा । हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी करा गर्थ्यो मानू मधुर मुहुनीको बश परी ॥ रर त्यही फागु-द्वारा उस बखत मेरो शिरभरी चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी । म यो देखी आफैँ मनमन बडो गद्गद भयेँ बसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥ र्‌३ चढायेको मैले प्रणय-फुलको अञ्जलि लिई मलाई तत्कालै प्रथम वर वा नम्बर दिई । घुमिन्‌, नाचिन्‌, खेलिन्‌ हरकिसिमको कौतुक गरी बसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥ २४ म तेही वासन्ती मधुर छविको रङ्ग-रसमा डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा । डटौँ चौबाटोमा पथिक जनको आश्रय बनी सबै लागे मेरो प्रणय-वश भै गर्न सहनी ॥ र त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडी उती खुल्दै-आये क्रमसित विपत्‌का हतकडी । यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो उताको खातामा “तरुण तपसी' नाम दरियो ॥ २६ मसित सब बताई ई मिठा सत्य बात नयन-युगल चिम्ले सिद्धले शान्ति-साथ । हृदयबिच बिलायो श्वास-निश्वास सारा मुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥ २६ : चतुर्थ विश्राम पञ्चम विश्राम १ वचनामृत त्यो पियँ जति दिलमा प्यास बढ्यो अहो ! उति । अब त्यो कब पाउँला भनी अडियेँ निश्चल दीप झैँ बनी ॥ र्‌ चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा परचो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा । खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥ ३ निराशाको पर्दा मलिन मनको भेदन गरी मुटूमा झल्काई अति रुचिर आलोक-लहरी । उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !! र बिताई वा भोगी विकट हिमको सङ्कट सबै म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै ! ठुला साना सारा पथिक पथको मङ्गल सरी मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥ । ४ थियो बाल्यावबस्था जुन बखत मेरो, उस घडी दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी । उनैको देख्दै त्यो अति मतलबी भाव मनको दया साथै हाँस्थँ फगत मुख हेर्थे गगनको ॥ तरुण तपसी : २७ ६ तपस्याको अग्लो भवन-बिच चढ्ने असजिला कडा दैवी बाधामय अति नराम्रा खुडकिला । सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधि भयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि ॥ ७ त्यहाँदेखी झन्‌ झन्‌ डबल गतिले कत्ति नअडी ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी । मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो जगत्‌को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥ हि सबै आउन्‌, पाङन्‌ प्रणय-सुखद्वारा हृदयको कसैलाई मेरो नगिच नरहोस्‌ नाम भयको । म भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनी नबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥ ९ म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला चुलो-चम्को लाई खचित नगिचै लाखन शिला । उता मीठो पानी, सब तरहले बास सजिलो थियो, अग्लो होचो जमिन, तर.सुत्ता असजिलो ॥ १० त्यसैले हो यद्दा अविदित कुनै कार्यवश हो दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो । नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥ ११ खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी चिने चौकी चाक्लो उपर छपनीले सम गरी । म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुर कठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥ २८ : पञ्चम विश्राम सह्‌ सर्दी, गर्मी बहुत बलियो आसन कस, रह्‌ चौकीभित्रै,ै कठिन तपको भोग सकस । भनी मानू मेरो स्थितिनियमको बन्धन गरी विधाताले बारथो अति कठिन बारै वरिपरि ॥ १३ जमायेँ लाचारीसित जमिनमा आसन कडा बन्यो छायाशाली उपर भरिलो गोल मृुहुडा । जती जस्तो आओस्‌ नियतिवश शीता५$५तप हुरी भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥ १४ बिपत्ता चौकीमा हलनचल पाक तल तल निदाये, तन्काये तनतन निदैमा रस-बल । धरित्रीको भित्री अमृतगुण सर्वत्र फिँजियो अवस्थाले मेरो अझ मधुरिमाको पथ लियो ॥ तरुण तपसी : २९ १५ कुनै कालो चिल्लो घन-सम जटामण्डल घना पुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना । फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥ ७. ता भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी । जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू म भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु ॥ १७ म च्ौता, त्यो चौकी विधि-विहित देवालय सरी पुजारी भै बस्थे चपल चिडिया लाखन थरी । थियो तिन्को पूजाविधि ललित लीला-रसमय ग दिन्थेँ पूजाको फल अतुल विश्वान्ति, अभय ॥ १८ तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै । तिनैलाई ठान्थे परिजन तथा जीवन पनि तिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥ | 9“ पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको हलुङ्गो नङ्ग्राको पकड, टुँग त्यो चञ्चुपुटको । मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी म सम्भझन्थेँ सारा मधुर परमा$5नन्द-लहरी ॥ २० विधाताले मेरा उपर करुणाको वश परी स्वयं वर्षायेका अमर नगरीका फुल सरी । थिये सारा प्यारा विहग, तर ती भुर्र॒ सहसा उडी-जाँदा देख्थेँ किनः किन अँध्यारा दश दिशा ॥ ३० : पञ्चम विश्वाम २१ कुनै वेला भेला भइ विहग सारा कचहरी जमायेको देखी हतमति शिकारी अघि सरी । मट्याङ्ग्राले ठोक्यो अवसर बुभी टन्न बलले खस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥ रर कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमा अकालैमा त्यस्तो गतिसँग परी कालवशमा । लडेको देख्नाले हृदय सहसा चर्र चिरियो दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥ “कठै प्रकट न्ेहुटट 94 (९ हर 0 ३९४५'१,:३। ७7 7 हने र क ेकए १) 0 छ 00 है रड शिकारी संहारी अबुझ हतभागी मनुजको थियो कस्तो कस्तो विकट अनुहारै दनुजको । अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी छुनासाथै निस्क्यो कठिनसित “चीँ चीँ, चिरिरिरी' ॥ तरुणा तपसी : ३१ | 1 हि. र्‌ व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा । हुँदो हो ता, कालो धरणितल कैलास-सदन बनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥ र चरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडा थियो जान्नेलाई अमर-कृत विद्यालय खडा । नसम्झी यो केही अबुझ शठले भित्र मनमा चरीलाई पक्डयो शिव शिव !! तुरुन्तै जमिनमा ॥ र६ निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा गिस्यो कालो पर्दा भय-चकित मेरा नयनमा । चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा सुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥ २७ हुन त बहुत सानू किन्तु गम्भीर भारी विहग-वध-कहानी कष्टले त्यो उतारी । आलि छिन तपसीले अश्वुधारा बगाये नयन-युगल फेरी शून्यमा नै लगाये ॥ पञ्चम विश्वाम षष्ठ विश्वाम १ करुणामय त्यो कथा सुनी मुनि झैँ खिन्न भयेर ती पनि । चुपचाप थियँ नगीचमा फिर निस्क्यो मुनिवाक्य बीचमा ॥ र शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनि चरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी । म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥ , ३ कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी ! कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी । दया माया छोडी मनुज ! कुन तृष्णावश परी मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ? ६] न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन न शक्छौ मासूले दिनभर अघायेर जिउन । न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन चुँडयौ व्यधैं मेरो मनुज । तिमिले जीवन किन ? १ सिधा-सादा, निर्धा उपर पिर-बाधा जति जति ठुला, बाठा, टाठा मनुजहरु पार्छन्‌ उति उति । घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल उनै उल्टो भोग्छन्‌, विधि-नियम यो जान अटल ॥ तरुण तपसी : ३३ द्‌ तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको ..म लाटो अज्ञानी विहग बिचरो दूर वनको । स्वभावैले मेरा उपर हुनुपर्ने सदयता लियौ जानी जानी अहह ! किन उल्टो परुषता ? ७ जगत्‌-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी उसैद्वारा व्याघ्रप्रभुति पशु सारा वश गरी । रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा मट्चाङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥ यु तिमी घुम्थ्यौ फिर्थ्यौी धरणितलमा, हामि नभमा कुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा । दुबै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरी बृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥ ९ कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरि सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी । कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि “चरी ! आ: आः' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥ १० हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा म नाचेको देख्थे प्रणयपुरको मध्य धुरिमा । खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदन कठै ! यो हत्यारोपन त उस वेला समभिनँ ॥ ११ खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुरा जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा । तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरी रहेको यो निर्धो मकन किन मारचौ ? हरि हरि ! ३४ : षष्ठ विश्वाम १२ हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमा थियो, त्यस्ले तिम्रो श्रुति-विवर भर्थे म सुखमा । कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमा बिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ? १३ पिताको माताको प्रणय उहिल्यै कालगतिले ' बित्यो, भाई बैनीहरु सब चुँडचो दुर्नियतिले । थियँँ बाँकी यौटा फगत म कठै ! वंश-विरुवा सस्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥ ११४ कलीला ती साना विकल बिचरा बाल बचरा विना चारा भोकै सब भइशके हुन्‌ अधमरा । थियी साथै पोथी जुन, शिव हरे ! त्यो पनि अब कतै गर्दी होली रुदन अथवा क्रन्दन-रव ॥ १५ दुवै भाले-पोथी हरबखत पालो गरि गरी लगी दिन्थ्यौँ चारा विकल बचराको मुखभरी । अकेली सुत्केरी अब शिव हेरे ! दीन बिचरी ! गुजारा गर्ली त्यो कसरि दुहुरा पालन गरी ? १६ अवस्था यो मेरो सहन अथवा खप्न नशकी नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ? मरी पो हाली वा प्रिय-विरहले मार्गबिचमा ! पुगी वा औताई विकल बचराकै नगिचमा ॥ १७ कदाचित्‌ त्यो मेरी प्रणय-पुतली व्याकुल बनी रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी । नहाने है बाबा ! विकल बचरा हुर्कन दिये वृथा अर्को चर्को शिशु-मरणको पाप नलिये ॥ तरुण तपसी : ३५ १५ कहाँ त्यो सुत्केरी प्रणय-पुतली ! त्यो गुँड कहाँ ! कहाँ प्यारा साना शिशुहरु ! कठै ! त्यो सुख कहाँ । कहाँ प्रेमी साथी ! स्मरण पनि हा ! कष्टमय भो कठै ! मेरा लेखा अब सब कुराको प्रलय भो ॥ १९ न चाँडो जाने भो सहजसित यो प्राण-पवन न शक्छु यो बाधा सहन अथवा शान्त रहन । न थामिन्छन्‌ आँशू न त छ अरु क्यै जीवनगति कठै ! केस्तो पापी कति कपित यो क्रूर नियति ॥ २० सिला खोजी चर्ने सफर-सुख गर्ने गगनमा, ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा । सिधा-सादा, निर्धा विहगकन मार्ने नियतिले दियेकी हुन्‌ के त्यो करयुगल माता प्रकृतिले ? क नजानी आनन्दी मनुज-कुलको उन्नति-कला म जस्ता निर्धाको बलसित अँठयाईकन गला । बृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गरचौ धरित्रीमा कालो जहर अथवा पातक छरयौ ॥ कद दया राखी हाम्रा उपर विधिले कार्य-कुशल दिँदो हो ता तिम्रै सदृश बलियो बाहृयुगल । पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी भरी-दिन्थ्यौँ ल्याई प्रणयसित तिम्रा घरभरी ॥ र२ चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि कुनै देख्नासाथै थकित जन भोको रुखमनि । चुचैले पाकेको फलफुल चलाई बल गरी खसाल्थ्यौँ, त्यो खाओस्‌ भनिकन दयाको वश परी ॥ ३६ : षष्ठ विश्वाम २४ दया हो पृथ्वीको अति चहकिलो पारसमणि दया नै हो कालो भव-जलधिको मुख्य तरणी । दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर भुक्यौ ? म मर्ने हुँ, मर्छु तर तिमि नराम्रोसित चुम्यौ ॥ २५ म भन्छु हे अन्धो मनुज ! तिमि जस्ता मनुजको अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको । यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ? २६ मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा । कडा गोला गोली कठिन चिजका लाखन थरी खडा भै पार्नेछन्‌ सकल धरणीमा थरहरी ॥ २७ यही तिम्रो हिंसा, छल-कपट ज्यादा प्रबल भै सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै । अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥ २५ चराको भौँ तिम्रो गगनतलमा सर्र उड्ने कुनै वेला आयो नियति-गतिले तागत भने । यही हत्याकारी कुरुचिवश भै पागल सरी अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥ र९ बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा म भन्छु यो राम्रो किसिमसित सम्झे तिमि पुरा । अहिँसाको गङ्गाजल विन सबै उन्नति-कला खरानी भै तिम्रो मनुज ! नगरोस्‌ दीर्घ सुकला ॥ तरुण तपसी : ३७ ३० यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो शिकारी के सम्झोस्‌ कपट-पदु त्यो मूर्ख बिचरो । दियो उस्ले उल्टो झटपट पुरस्कार मरण बनिन्‌ माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥ ३१ व्यथित विहगको त्यो आर्त चीत्कारभित्र उस बखत फुरेका वाक्य साह्रै पवित्र । कठिनसित बताई बर्बरी आँशु झारी मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥ सप्तम विश्वाम १ मुनिका उस सूक्ति-सिन्धुको रस प्यूँदा हर-एक बिन्दुको । मनले गहिरो मनुष्यता पहिचान्यो, तर त्यो कता कता ॥ हुँदोहोला तोलाभर फगत फुर्के जुन चरी उही मारी, पापी कठिन करको लर्कन गरी । चल्यो व्याधा, साथै पवन पनि तातो हररर, बहचो मान्‌ सारा प्रकृति-पथमा भित्र जहर ॥ तरुण तपसी : ३९ ३ म ठिङ्गा, त्यो नङ्गा पथ, वधिकको त्रास मनमा परी भागीहाले विगह बिचरा दूर वनमा । बिभयो काँढो जस्तै कठिन घटना त्यो नयनमा घुणा ज्यादा लाग्यो मनुज-मतिको त्यो पतनमा ॥ रद चरीले छादेको फगत दुइ थोपा रगतमा डुबेकी नै देखेँ सकल पृथिवी त्यो बखतमा । दिशा देखेँ मैला, वरपरि सबै शैल धमिला नदी देखेँ काली शिव शिव ! उनै पुण्य-सलिला ॥ ५ यती चाँडै मेरो किन कसरि आँखा धमिलियो ? तमासा यो क्या हो ? भुवन किन मैलो सब भयो ? भनी हेर्दा हेर्दै वर पर कठै ! विश्वभरमा उही देखेँ कालो कुरुचि भरियेको इथरमा ॥ ६ अहो ! यस्तो कालो विकट परहिंसा-करुचिले बिगारेको वातावरण कुन दैवी सुरुचिले ? सफा होला भन्ने लिइकन ठुलो तर्क मनमा म एक्लै झोक्रायँ नयन युग चिम्ली विजनमा ॥ ७ उडेँछ्‌ त्यै बेला चपलगति सङ्कल्प-रथमा चढी ज्यादा माथी गगनबिच वा शून्य पथमा । त्यहाँ खेल्दा खेल्दै मयल अथवा दोष मनको गयो गल्दै गल्दै, स्थिति अगम झल्क्यो भुवनको ॥ ८ मजा मानी नीलो नभ-जलधिमा निर्भय बुडी घुमी पौडी खेलेँ, प्रणयसित यद्‌वा लडिबुडी सुनँ त्यै वेलामा अगम रसिला लाखन कुरा खुशीको बल्लीमा पटपट फुटे पट्ट मुजुरा ॥ ४७ : सप्तम विश्वाम ९ न चेला त्यो वेला, गगन गुरुजी, शान्त मुहुडा थियो शिक्षा-दीक्षा ध्वनिमय बडो अदभुत कडा । अहो ! पढ्दा पढ्दै गुरुमय भयो विश्व-विभव म कच्चा विद्यार्थी, शकिन सहसा सम्झन सन ॥ १० जबर्जस्ती मेरो अति जरकटे कान पकडी तपस्याका खोले सकल गुरुले दुर्गम कडी । भयो त्यस्ले गर्दा श्रवणपुट मेरो झमझम पछाडी यो झन्क्यो अमृतमय मीठोसरि ग म ॥ ११ कुनै चाहे नङ्गा भइ फगत दङ्गा गरिरह्‌न्‌ कुनै चाहे चङ्गा भइ गगन-गङ्गाबिच बहुन्‌ । अँध्यारो स्वप्नाका सुख दुख खुशी भै सब सह्‌ सबै भन्दा भिन्नै भइ फगत हाँसी खुश रह्‌ ॥ १२ डुब्यो त्यस्तो चालासित किन चराको रगतमा ? भुली त्यो, निःस्वार्थ प्रणय गर सारा जगतमा । त्यसैले त्यो काँढो नयनबिचको झर्छ सहसा तुरुन्तै देख्नेछौीँ अनि पछि उज्याला दश दिशा ॥ १३ लियेथेँ त्यो शिक्षा जब अनि घट्यो कष्ट कसला उदायो निःस्वार्थ-प्रणय-विधुको शीतल कला । घृणाको, निन्दाको सब शिथिल भो बाहच विषय भयो साह्रै हल्का सुखमय अनासक्त हृदय ॥ १ का जती आँखा चिम्ल्यो किन किन उती लाखन थरी रसीला उर्लन्थे हृदय-दहमा दृश्य-लहरी । घडी. देखा पर्थ्यो गगनबिच अर्धेन्दु विमल घडी अग्ला अग्ला हिमशिखर सेता झलमल ॥ तरुण तपसी : ४१ १५ ' घडी बग्थिन्‌ गङ्गा परम शुचिता संचन गरी घडी आई-पुग्थे हरकिसिमका देव-नगरी । घडी नीलो तारा-जडित गगनै भवास्स छिनमा स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥ १६ । घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली । घडी पानी पानी सबतिर छताछुल्ल धरणी घडी आगो बल्थ्यो धपधप, घडी बासरमणि ॥ १७ न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा । लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा रसीलो निस्कन्थ्यो पल पल चमत्कार-सुषमा ॥ १६ अहो ! यस्तै यस्ता अघट घटनारूप चटक मजा मानी भित्रै अनुभव गरी धेर पटक । पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली 'फुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली ॥ १९ उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी ममाधी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी । म झोक्रिन्थेँ, भन्थेँ किन सब टुटचो कौतुक, भनी कडा रातो देख्यँ गगन-गुरुजीको मुख पनि ॥ बित्यो रात्री सारा, तम पर सरघो, सर्र रविको प्रभा झुल्क्यो, टल्म्यो टलक कलना-तुल्य कविको । _ बनी अर्कै निस्किन्‌ प्रकृति-जननी, विश्वभरमा रमायिन्‌ चौतर्फी विकसितमुखी जागृति-रमा ॥ ४२ : सप्तम विश्वाम २१ निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमा उदासी भै हेर्दै हरकिसिमको बाहच सुषमा । जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलो निकै नै कम्ती भो, विहग-बध-बाधा जहरिलो ॥ र२ गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा । जटाशाली अग्लो शिर पबनको रङ्ग-रसमा रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥ २३ कसैले त्यै वेला पनि हृदय पारीकन कडा दिये भारी धक्का मकन अथवा उग्र रगडा । लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये कठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥ २४ जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती म सम्भझन्थेँ, हुन्थेँ प्रणयरसले गदगद अति । बित्यो एवंरीत्या समय, वयले उन्नति लियो रसीलो छायामा प्रणय-विधुको कान्ति फिँजियो ॥ र सँभाली वा खारी चपल मनका वृत्ति यसरी म रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी । बित्यो मेरो निक्कै समय उस चौकी उपरमा जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥ २६ यति भनी तपसीले मन्द निःश्वाससाथ मुख-कमल भझुकाये, बन्द भो सूक्ति-पात । म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र- मनन मन लगाई गर्न थालेँ पवित्र ॥ तरुण तपसी : ४३ अष्टम विश्राम १ यसरी बहँदो घरी घरी मुनिको शीतल सूक्ति-माधुरी । बिचमा जति रोकियो उति दिन थाल्यो नव भाव-जागृति ॥ र्‌ फराकीलो चौकी-उपर बलियो आसन कसी म रस्तामा बस्ता मनुज, पशु, पक्षी सब खुशी । थिये, ती भझुम्मिन्थे अतुल सुख लिन्थे, प्रणयले मलाई सुम्पन्धे पल पल शुभा५५शी हृदयले ॥ न मल्हामी आउन्‌ बा मलिन मुख लायेर मुड्ला बिसाञन्‌ वा जन्तीहरु वर-बधू-साथ सुकिला । समानै दिन्थेँ ती उभयकन छाया म तिनको स्वयं लिन्थे छाया प्रणयसित सम्पूर्ण मनको ॥ ४ छुती विद्वान्‌ होस्‌ वा मलिन कुलको मूर्ख अछुती कुनै त्यागी होस्‌ वा विषयरस रागी लखपति । समानै ठान्थेँ ती विधि-विहित चैतन्य-पुतली पछी हेर्दा हेर्दै तर हृदय हाँस्थ्यो अलिअलि ॥ १ समै भित्री श्रद्धा, सम अतिथि-सत्कार-विधि त्यो समै प्यारो चौकीमय चहकिलो शान्ति-निधि त्यो । थला मारी झुल्थैँ म पनि समताकै रहरमा थियो बढ्दो चढ्दो तर विषमता विश्वभरमा ॥ ४४ : अष्टम विश्वाम द्‌ जगद्धात्री देवी प्रकृति-जननीमा विषमता हुनाले झल्केको भुवनबिच के मिल्छ समता ? भनी मेरो भित्री श्रवणबिच भर्दै सनसनी हवा दौड्यो, हल्ल्यो फरफर जटामण्डल पनि ॥ ७ अलापे पन्छीले प्रणयसँग त्यै राग रसिलो त्यसैमा दर्शाये शिखरहरुले रङ्ग हँसिलो । बटोही जो कोही उभयतिर चल्थे तिनि पनि लपेटेकै देखेँ उस विषमताले फनफनी ॥ प्‌ घडी भझुम्रे-फाम्रे मल-मलिन ढाक्रे र भरिया घडी साह राम्रा सुघर सुर जस्ता शहरिया । घडी घाँसी ग्वाला, कृषकहरु झुत्रे नगिचमा थियेँ साक्षी जस्तो सकल बटुवाको म बिचमा ॥ क झिकी सुस्केराको बहुत खिरिलो सूत उसमा उनी माला मोतीसदृश पसिनाको दिवसमा । मलाई दिन्थे जो पथिकहरु ती बीच पथमा सबै शोची (षी) लिन्थेँ म पनि गहना त्यो सुपथमा ॥ १० जती प्युँध्यो चौकी गरम पसिना पान्थ-जनको उती बढ्थ्यो मेरो हरबखत उत्साह मनको । म भन्थेँ तत्कालै पर पर पुच्याईकन भुजा यता झर्ने चर्का रवि-किरण पार्छु सब कुजा ॥ ११ कडा राँको जस्ता रवि-किरिणको ताप फिँजिँदा कठै ! बाटोघाटो रिपु-मुलुक झैँ दुर्गम हुँदा । उत्तिन्धे छायामा मनुज, पशु, पक्षी जुन जति थियो बेग्लाबेग्लै सकल तिनको अद्भुत गति ॥ तरुण तपसी : ४५ १२ जटाका लट्टामा चपल चिडियाको चहचह उता त्यो चौकीमा विविध बढुवाको तह-बह । दगुर्थे लोखर्के-प्रभुति बिचरा बीच-बिचमा थियो मानू मेला मधुर उस वेला नगिचमा ॥ / ८७ (! १ र ७ 1 ! ६, 004 लगाई गालामा कर-कमल कर्के शिर गरी बगाई आनन्दी सरस रसियाको रस-झरी । कुनै वेला ग्वाला कृषकहरु बस्ता मिलिजुली मुटूमा चम्कन्थध्यो चमचम चमत्कार-बिजुली ॥ १४ कुनै वेला ढाक्रे कृषकहरुलाई हट भनी हटाई हप्काई तमकसित ताक्तै, छडि पनि । थला मारी बस्ता चतुर पुरबासी जनहरू चिरिन्थ्यो यो छाती, किन.किन म रुन्धेँ धुरुधुरु ॥ ४६ : अष्टम विश्याम १५ कुनै वेला ढाक्रे कृषकहरुकै आदर गरी लगी गाग्री-गाग्राहरुबिच मिठो सर्बत भरी । कहन्थे यो खाक, पथ-जनित गर्मी मधर होस्‌ म भन्थेँ त्यो सुन्दा मनुज-मति यस्तै स्थिर रहोस्‌ ॥ १६ बुढा, पाका, बाला, युवक, अधबैँसे सब जना बसी त्यो छायामा अलि छिन शुकायेर पसिना । उठी-जाँदा हेरी खुशिसित जटामण्डलतिर कहन्थे वा भन्थे जुग जुग जियोस्‌ भाग्य-शिखर ॥ १७ बित्यो एवंरीत्या सकल दिन, सन्ध्या-समय भो जटामा त्यो सारा रवि-किरण-धारा विलय भो ! धुलोले त्वाँलोले मलिन रवि ढाक्रेमय बनी गये आगो फुक्ने नियत लिइ अस्ता;चलमनि ॥ १८ उता यौटा ढाक्रे चरम गिरि भन्दा तल झरे यता त्यो चौकीको वरपरि हजारौँ अगि सरे । चुल्हा लाये, आगो सबतिर जगाये पिलिपिली जुट्यो दीवालीको घडिभर त मानू झिलिमिली ॥ १९ कठै ! चाँडो चाँडो जठर-हरिको पूजन गरी सिह्कानैमा भारी, हर-उपर बर्कोकन धरी । डुबे ती निद्राको अतुल परमा5नन्द सुखमा उठ्यो भारी हेर्छु म भनि घुरणा घुर्रे मुखमा ॥ २० नफेरी त्यो, फेरी निमिषभर कोल्टोतक पनि पला झैँ गैहाल्यो धकित तिनको दीर्घ रजनी । तिखो चुच्चो खाली चटुल कुखुराले चरचरी चिरचो त्यो सन्नाटा सकल 'क्खुरीकाँ' रव गरी ॥ तरुण तपसी : ४७ २१ टुट्यो त्यस्ले गर्दा भुवनभरको नीरव-पना गयो गल्दै गल्दै सकल दुनियाँको तम घना । सबेरैको हावा पनि बहन थाल्यो सिरिसिरी फुके साना ठाडा अरुण-रुचि-रेखा मिरिमिरी ॥ रर कुनामा ती रागी दिवसकरको चुम्बन परी खुशीले मस्केकी सरल धरणीको स्मित सरी । उज्यालो भै निस्क्यो क्षितिज उस वेला अलिअलि झिके यौटा दोटा चपल चिडियाले खलबली ॥ र३ उषाले बिस्तारै दिवसपतिको पूर्वतिरको गुलाफी खोपी वा अति चहकिलो केलि-घरको । खुला पारी ढोका, विहगकुल त्यो चञ्चु-चपल प्रभातीको ताना मधुर लिन थाल्यो पल-पल ॥ २४ हटाई पर्दा त्यो मलिन तमको मङ्गल गरी छरी रातो रोरीमय चहक राम्रो नट सरी । उदाये वा आये जब रवि खुला नाट्य-घरमा तमासा अर्कै भो अनि सकल संसारभरमा ॥ २५ ठुला अग्ला अग्ला गिरिशिखरका साथ म पनि त्यसै 'फल्केँ टल्कैँ रवि-किरणले कञ्चन बनी । चरा मानू नीराजन-विषयको कीर्तन गरी उडे सारा चारा लिन चपल चञ्चूपुट धरी ॥ र६ उता जोड्छन्‌ नाता उदयगिरिमा बासरमणि । यता छोड्छन्‌ ताता सुखशयनको वासरमणी । उनी बन्छन्‌ आफैँ गिरिशिखरका स्वर्णकलश इनी भन्छन्‌ पारौँ अब त जलले पूर्ण कलश ॥ ४८ : अष्टम विश्वाम २७ नदी बरगिथन्‌ निक्कै पर, तदपि गङ्गे ! हर हर म सुन्थेँ, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर । उतै फर्की हेर्थे, जलदसित गर्थे अनुनय अहो ! कैले द्यौला मकन तिमि त्यो स्नान-समय ? २८ अहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरी धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी । थियो मानू वर्षा अमृतरसको शान्ति-सुखको सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥ २९ सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो हुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो । थिये त्यो बेलाका सकल रसिला जीवन-घडी विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥ ३० यति भनि तपसीले माथ केही झुकाये मधुर वचन-धारा कण्ठभित्रै लुकाये । म पनि सकल गर्दै वाक्यको सार सार पुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥ तरुण तपसी : ४९ नवम विश्राम १ अलि बेर अडी चल्यो जब मुनिको मञ्जुल ओष्ठ-पल्लव । अनि वाक्य-सुधा बहद्यो उही अथवा जीवनको फुक्यो बही ॥ र्‌ ठुला साना लाखौँ पथिकहरुका -लाखन थरी चमत्कारी चाला हरबखत आलोकन गरी । बसेकै वेलामा शिशिर क्रतुको रात्रिबिचमा लड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥ डे न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रववहरू न केही बिच्छ्थायो, न त धुनि जगायो हरुहुरु । घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी बितायो वा काटयो कटकट किटी दन्त रजनी ॥ र निशाको त्यो कालो तम सकल पोको परि परी उही निर्धो भोको विकल बढुवामा घर गरी । मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता थियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥ ५ कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमा कलेटीको खस्रो अति मलिन रेखा अधरमा । गडेका खोपा झैँ नयनयुग, आँशू गहभरी बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी ॥ ५० : नवम विश्वाम 2 [1], ॥ क ५७ | सुखा जिभ्रो, घाँटी, हृदयबिच चर्को धडकन अँध्यारो आकाशै सदृश मुख मालिन्य सदन । खलाँतीको गर्थ्यो अनुकरण छाती हरघडी कठै ! मानू गन्थ्यो कठिनसँग त्यो जीवन-घडी ॥ ७ क््धाको ज्वालाले ज्वलित बिचरो त्यो अतिथिको अवस्थाले गर्दा लय-समय वा मृत्यु-तिथिको । दयाले पग्लन्थ्यो जड अति कडा पत्थर पनि म शक्थेँ त्यो सारा सहन कसरी निष्ठुर बनी ॥ 02 कठै ! त्यो दुःखीको उस बखत जो हालत थियो सबै त्यो यै मेरो विकल मुटुमा बिम्बित भयो । भयेँ केही वेलातक म पनि जीवन्मृत सरी पछी उर्ले मेरो हृदय-दहमा तर्क-लहरी ॥ तरुण तपसी : ५१ ९ विधाता माताको स्तनयुगलमा स्तन्य-रसको भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको । विना खाने दाना धरणितलमा जन्म कसरी कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि ! हरि ! १० किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब जती जो जन्मन्छन्‌ सकल तिनको योग्य-विभव । धरित्रीको छाती उपर पहिले नै छ खचित अहो ! भोकै मर्छन्‌ तदपि किन त्यो दुर्गतिसित ? सू धरित्रीमा भक्त प्रणय अथवा जाँगर धरी खनी, खोस्री, जोती, कर-चरण माटोमय गरी । निकाली खाये त्यो अमृतमय खाना मिलिजुली जगत्‌ सारा बन्थ्यो अमर नगरी झैँ झिलिमिली ॥ १२ धरित्रीको माया-प्रणय नरदेखी कृमितक सबै जीवा$५त्मामा सम छ, उसमा छैन फरक । उनी खाना दिन्छन्‌ रतिभर कुनै भेद नगरी सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥ १३ सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन नशक्ने नै होलिन्‌ धरणि जहिले वा जुन दिन । तुरुन्तै फुट्नेछन्‌ उस बखत कच्चा घट सरी हजारौँ के लाखौँ किसिमसित धाँजा परि परी ॥ १४ सबैकी साजा छन्‌ धरणि जननी, जीव सकल उनैका छोरा हुन्‌ हृदय-रसमा लुब्ध चपल । भुली माता-नाता अझ सब उनै मालिक बनी बृथा गर्छन्‌ कोलाहल कलह मेरी भनि भनी ॥ ५२ : नवम विश्वाम । १५ भयेकी हुन्‌ कैल्यै जुग जुग कसैकी न धरणी कसैकी छन्‌ ऐले न त, फिर कसैकी पछि पनि । वृथा मेरी भन्दै डुबिकन कडा मोह-विषमा उनैको छातीमा सब लय हुँदैछन्‌ निमिषमा ॥ १६ गुणी हो, ज्ञानी हो, बहुत चतुरो जाति नरको सिपालू, उद्योगी, गुरु-सदुश यो विश्वभरको । बुझोस्‌ ता यस्ले त्यो परहित-महामन्त्र-महिमा दरिन्थ्यो पृथ्वीको ':अमर नगरी' नाम बहिमा ॥ १७ कडा, पीरो, मैलो लिइ मतलबी ग्याँस उरमा बनी अन्धो जस्तो इतर जनको कष्ट पिरमा । खियेको देख्दा यो चतुर नरजाति प्रतिदिन कठै ! मेरा आँशू तरतर बहन्छन्‌ किन किन ? १८ हजारौँ यै जस्ता मनुज मनमौजीपन धरी हिँडे वा हिँड्दैछन्‌ सब सरसरी यै पथ गरी । खुला नै छन्‌ आँखा तर विकट अन्धोपनसित मित्यारी लायेका अति कठिन कारुण्य-रहित ॥ १९ बडा बाठा, टाठा, सकल तर बाटोबिच परी लडेको त्यो भोको पथिकतिर लाटोपन धरी । हिँडेका छन्‌ त्यस्तो तुजुकसित ठाडो शिर गरी अहो ! कस्तो कालो समझ तिनको त्यो हरि ! हरि ! २० गुहे, काला, कौवा, अपढ वनका बन्दर पनि परचो यौटामाथी विधिवश जसै सङ्कट अनि । धुरिन्छन्‌ दर्शाई प्रबल नमुना बन्धुपनको अहो ! त्यस्तो नीचो पतन किन यो मर्त्य-मनको ? तरुण तपसी : ५३ २१ यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ धरित्रीको छातीउपर यसको उत्ति हक छ। हरचो होला कस्ले कसरि बिचमा भाग यसको ? कठै ! जस्ले गर्दा नर-जुनि डुब्यो रङ्ग-रसको ॥ रर न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल । अहो ! यस्तो सादा कृषक मिहिनेती कृश-बल लडी भोग्दो होला कुन अधमको कुत्सित छल ? रे३ न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन घरूँ । धरित्रीको भित्री विधि-नियमले प्राप्य यसको गुम्यो होला खाना कुन छल परी हाय ! कसको ? २४ कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी कनै खाना देख्दा अरुचिवश बस्छन्‌ पर सरी । तमासा यो हो वा विधि-नियमको घोर भुल हो ? दुवैको यद्ढा त्यो इतर जुनिको कर्म-फल हो ? र» गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी शुकेका जो जो छन्‌ मनुज तिनले त्यो सब झिकी । इनै भोका शोका$५कुल गरिबका दीन मुखमा चढाये बढ्थ्यो कि अभिरुचि कठै ! खाद्य-सुखमा ? २६ नहेरी अर्काको मलिन मुख, लोभीपन धरी समेटी सोहोरी सब खचित पारी घर भरी । भनी मेरो मेरो कति कति बिते व्याकुल बनी अहो ! उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥ ५१४ : नवम विश्राम २७ थियिन्‌ पैले पैले जुन वसुमती जङ्गलमयी उनैलाई पारघो मनुजगणले मङ्गलमयी । कठै ! जान्दो हो ता नियम परपीडा-हरणको छुटी-जान्थ्यो यस्को कठिनतम पीडा मरणको ॥ रद ममा चल्दा चल्दै पल पल इनै तर्क-लहरी उठी काँपी काँपी विकल बदुवा त्यो थरथरी । कठै ! पानी ताकी जिनतिन पनेरातिर गयो मलाई त्यो देख्दा मनुज-जुनिमा नै घिन भयो ॥ २९ यति भनी तपसीले आँशु फेरी खसाले विकल मन समेटी केन्द्रमा नै बसाले । म पनि अति हलुङ्गो हातले अश्वु-धारा पुछिकन चुप लागेँ, सन्न भो देह सारा ॥ तरुण तपसी : ५५ दशम विश्वाम १ क्षणमात्र रह्यो र त्यो घना मुनिको मौन समाधि-भावना । अमृत-द्रव झैँ बनीकन बहँदै गो फिर कर्ण-पावन ॥ जगतमा सल्केको निलिकन सबै मानवपना असन्तोषी दोषी अति विकट त्यो दानवपना । तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा रुँदै बाधा पोर्खेँ प्रकृति-जननीका पयरमा ॥ ५६ : दशम विश्वाम ३ हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित म दिन्थेँ त्यो सारा अतिथिजनलाई खुशिसित । दिने त्यस्तो केही मसित नहुँदा आज सकल भयो चौबाटाको जनम तप वा वास विफल ॥ र कि ता माता ! मेरो सदय मन यो मन्द गरिद्यौ कि ता याता५६५यातै पथिकजनको बन्द गरिद्यौ । विपद्‌ बाधा भोका अतिथिजनको हेर्न-सहन नशक्नाले सल्क्यो जननि ! मनमा शोक-दहन ॥ ५ नपाई खाना क्यै उदर-गत रुद्राधनल बली जलेको देख्दा त्यो गरिबजनको जीवन-कलि । जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय त्यसैले यो गर्छु जननि ! पदमा विन्ति-विनय ॥ ६ उठोस्‌ आँधी-ब्यारी लिइ विकट विध्वंस विभव फुटोस्‌ बज्जद्वारा पटपट गरी मस्तक सब । जुटोस्‌ चर्को कोलाहल-रव, छुटोस्‌ प्राण-पवन म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥ ७ नशक्नाले भोको अतिथिजनको गर्न कदर वृथा भैगो, गैगो जननि ! जुनि मेरो, जनि गर । खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा कमी केको होला ? किन मकन पाय्यौ सकसमा ? प्‌ पुकारा यो सारा विकल बढदुवा-खातिर गरी झकायेँ चिन्तामा, अलि दिन भयेँ मूर्छित सरी । बिलौना माताले पनि सदयतासाथ सुनिछन्‌ ममाधी चौतर्फी फल र फुलका हार उनिछन्‌ ॥ तरुण तपसी : ५७ ९ १ म ब्यूँझँ, भेट्टायैँ चटकमय त्यो खाद्य खचित भयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित । स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि ! १० अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी गुतायिन्‌ त्यो लम्बा'फल र फुलको मञ्जु पगरी ? भनी छामेँ, थामँ लचक ललिता$५कार उसको बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥ ११ मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो त्यसैले नै मान्‌ जनमभरको सङ्कट निल्यो । थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी मजैमा लर्कायँ शिरभर सबै लर्कन सरी ॥ ॥ 0" बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा । ठुला-साना नाना थकित बदुवाका नजरको भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥ १३ थियो पैले मेरो तरुण वय तेसै चहकिलो जटामा उस्माथी फल र फुलको रौनक ठुलो । त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥ १४ खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक । भुके लुर्का फुर्का सकल पगरीका तल तल जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥ ५ : दशम विश्वाम ५ पकन कि न ८ १ 2/890012577 र, : १७,१22. २04 ७ र ५ ११:१४ 0400 400 ) हदन”, वि 0107 ॥ ७७ १." %०' ८८:८४: ५ १ ७” ठा ११. सबै आकन्‌ पाकन्‌ कठिन तपको उज्ज्वल फल नहोस्‌ तेरो मेरो भनि कलह यद्वा खलबल । म भन्थेँ, त्यो सारा पटु पवन म्यानेजर बनी सबैलाई दिन्थ्यो महकमय विज्ञापन पनि ॥ तरुण तपसी : ५९ १६ चरा, मौरी, कीट, भ्रमर, पुतली-पूर्ण पगरी भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि । खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्ग-रसमा ॥ १७ बिचारी बिस्तारै अशनरुचि वा भोक सबको हवा गर्थ्यो सारा उचित बँटवारा विभवको । म झल्थेँ त्यो देखी मनमन बडो गदगद बनी तपस्याको राम्रै अब सफल भो साहस भनी ॥ १६ सबै आये, खाये, प्रणयसित गाये गुण पनि रमाये, फैलायै सुयश तपसी धन्य छ ! भनी । तपस्याको मेरो अमृतमय चिल्लो घन-घटा फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥ ७ ०८ :. ९,212) । « | ६० : दशम विश्वाम १९ हवाको नाघी त्यो खटन बँटवारा हठ गरी जथाभावी डोकाहरुसहित जाबीतक भरी । बटुल्थे लोभीले जब अधिक खाना अनि पछि म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछि: ॥ २० जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति ! त्यसैले गर्दामा कति गरिबको भाग हरियो विधाताको खाताउपर सब त्यो पाप द.रेयो ॥ २१ कठै ! रित्तो पारीकन सब सदावर्त-भवन हरी सारा साजा पथिकजनको जीवन-धन । लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि ! २२, सबै खाये पक्का पिर अपचको पर्दछ कडा नखाये अर्कैले हरण अथवा गर्छ झगडा । कठै ! बाध्चैबाधा उभयतिर देखिन्छ त पनि भुलेकै छन्‌ अन्धा मनुजहरु मौरीमय बनी ॥ २२ वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी धनी बन्छौँ भन्दै कपण-विधिंमा लम्पट परी । कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी अशान्ति-ज्वालामा मुफत किन जल्छन्‌ ? हरि ! हरि ! २४ जमाई देखाई महजडित चाका र चकला अभागी मौरीले मनुजहरुमा सञ्चय-कला । शिकायो होला वा मनुज-पशुको नक्कल गरी बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥ तरुण तपसी : ६१ २५ न जाने मौरी वा मनुज कुन हो सञ्चय-गुरु ? गरचो होला दुःखी मुफत किन यो झन्झट शुरु ? यही सत्यानाशी कठिन सरुवा रोग-वश भै सडेका छन्‌ लाखौँ विकल बिचरा मानिस सबै ॥ २६ अहो ! कस्तो प्यारो अधम सरुवा व्याधि इनको छुट्यो जस्ले गर्दा स्मरण मनमा रात-दिनको । जती जम्बा गर्छन्‌ उति उति इनैको अवनति कठै ! छुट्दा चोला नियतिवश होला कुन गति ? २७ यही अन्धो लोभी मनुज-पशुबाटै बढि बढी बृथा जम्बा गर्ने नरकमय विद्याकन पढी । अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा गरी ची चीँ मर्छन्‌ मनुजहरुकै खेत-घरमा ॥ र्‌द ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा, कुटामारी, गाली, कपट, कदुता, वैर, झगडा । घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन्‌ दुर्गुण कडा सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥ र९ विधाताले लाखौँ अमृतमय दैवी गुण सब भरेका छन्‌ जस्को मगजबिच, त्यै मानव अब । फसी तृष्णारूपी विकट सुरसाको वदनमा गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥ ३० यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट सरोस्‌ वा सल्कोस्‌ ता जलदबिच वा सूर्य-निकट । धरित्रीको सारा मध्घुर रसधारा खिँचिकन पलामा पार्नेछन्‌ भुवन उनले भस्म-भवन ॥ ६२ : दशम विश्वाम ३१ कठै ! मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी बृथा पाकेका छन्‌ अनलमय चिन्ताबिच परी । चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा घुमी नाची गर्छन्‌ अमरपुरको कौतुक सदा ॥ डर चराले झैँ चारा फगत उदरै माफिक चरी म भोली खाँला यो भनि बदुलने लोभ नगरी । बढोस्‌ ता यो बाठो मनुज पर-कल्याण-सुखमा सदा यस्को पर्थ्यो अमृत-रसको स्रोत मुखमा ॥ 0 जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल चुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल । अहो ! त्यस्तो राम्रो विहग-कुलको चाल-चलन शिकोस्‌ ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ? ३४ अबुझ मनुजको यो मर्म वा दर्द खोली मुनिवर चुप लागे वाक्य अर्को नबोली । श्रुति-युगबिच बग्दो दिव्य पीयूष-धारा फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥ तरुण तपसी : ६३ एकादश विश्राम १ भरिलो मुख-चन्द्र-माधुरी धमिल्याई उस तर्कले गरी । अलि बेर चुपै रहे मुनि पछि निस्क्यो अनि शीतल ध्वनि ॥ रे कठै ! यस्तै यस्ता हृदय-दहमा तर्क-लहरी चलेकै वेलामा मनुजहरु आई थरिथरी । लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति नराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥ ३ झटारो वा साटो, लगुड, भिँगटी, पत्थर, छडी ममा जो बर्षाये अबुझ बदुवाले उस घडी । त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि बनी-हाल्यो मेरो सकल चकनाचूर छुकुनी ॥ रै कनै ती हल्लन्थे शिर सब थिची भ्याँकुसि गरी कुनै हान्थे, तान्थे, कर-किशलय-च्छेदन गरी । कसैले मर्काये भरसक निमोठी परपरी बिपत्ता भैहाल्यो प्रकृति-करुणा-प्राप्त पगरी ॥ है: म त्यो चौरस्तामा जुन थकित लाखौँ पथिकको सदा माला फेर्थेँ परम हित वा शान्ति-सुखको । उनैको देख्दा मैउपर सब त्यो बन्दरपना अली क्यै मैलो भो कठिन तपको सिद्धि-सपना ॥ ६४ : एकादश विश्वाम ६ लुछेको, लाछेको शिर, सकल काया थिलथिलो थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो । उदेकायेँ,. हाँसँ मनुज-जुनिको त्यो पतनमा पस्यो कालो रेखा अलिकति उदासीन मनमा ॥ ७ स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति संहने - तपस्वी-चोलाको विधि-नियम हो शान्त रहने । यही सम्झी मैले अति कठिन त्यो पीडन सहेँ ' बुझी दैवी लीला सब, बिलखमन्नै परिरहेँ ॥ द्‌ कठै ! भोलीपल्टै झटपट उनै मानिस सब भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव । त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि बसे बाटो हेरी फगत रखवारीकन गरी ॥ ॥" स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी । गला फारी फारी सब कहन थाले 'किन, किन' कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥ मगन्ते भोका वा अबुझ बिचरा बालकहरू मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु । अनी हा हा भैगो, सब कहन थाले 'पर पर' विना पैसा दिन्नौँ मुफत किन गर्छौ करकर ? ११ सफा सेता-राता कमरबिच ताता गरि गरी दबायेका चक्की जतनसित भिक्तै अघि सरी । दिनेले त्यो पाये, दिन-लिन नशक्ने जनहरू चले पैसा छैनन्‌, भनि मन बुझाई लुरुलुरु ॥ तरुण तपसी : ६५ १२ लिई चक्की त्यस्तो किसिमसित मुद्ठी भर भर दिई खाना जम्बै जब जब गयेथे घर घर । अनी सम्भँ मैले डबल 'किन'को अर्थ गहिरो चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो ॥ १३ अहो ! पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो कहाँ कैले निस्क्यो ? कसरि दुनियाँको मन जित्यो ? कठै ! जस्को लागी अमृतमय त्यस्ता फल पनि शुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी ॥ १४ न टोक्ता टोकिन्छन्‌, न त छ रस वा स्वाद तिनमा न ता दिन्छन्‌ प्रज्ञा-बल, न त कुनै शान्ति मनमा । न जाडो हर्छन्‌ ती, न त उदर भर्छन्‌ अलिकति कठै ! त्यस्तो श्रद्धासित किन बटुल्छन्‌ बिनसिति ॥ ६६ : एकादश विश्राम १५ बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी अहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी । खिचातानी गर्दै फगत पसिनाको पल पल हरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥ १६ चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरी कसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी । कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ? कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ? १७ क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता सबै स्वाहा पारी पल पल बढाई विषमता । पियारो यै पैसा अति कठिन हालाहलमय बनी संसारैको पछि सहज गर्ला कि विलय ? १८ जगत्‌मा पैसाले विनिमय-कला खूब सजिलो भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो । त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा खडा हुन्छन्‌ यद्ढा जुग जुग ठुला झेल-बखडा ॥ » ७ नशा जस्तै गाँजा, चरस, अहिफेना६$५दि चिजको विवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको । विषालू पैसाले सकल दुनियाँ पागल सरी बनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !! २० “जसै यो पैसाको नयन-युगमा जम्दछ फुलो अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो । नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको पछारिन्छन्‌ सारा मनुज पिर भोग्दै मुफतको ॥ तरुण तपसी : ६७ २१ अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला जगत्‌मा निर्धाको उति उति कठै ! शुक्दछ गला । बिकून्‌ छोराछोरी, स्वयमपि बनोस्‌ दास बिचरो कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ? रर विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ? विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा । भरच्यो होला कोलाहल कलहको जागृति गरी बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥ र्‌३ बिरामी लोभिन्छन्‌ कुमतिवश जस्तो कुपथमा दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा । भुलेको देख्नाले हरबखत पैसाकन जपी कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥ २४ मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको । न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति कठै ! त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ? र कुनै भोका शोका६५कुल विकल काकाकुल सरी कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी । अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ? यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ? र६ बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा जमाई अर्काका गरम पसिना भित्रि तहमा । डुबी गोता लिन्छन्‌ अनुझहरु गोताकन खपी क्ष्धाको ज्वालामा जनमभर जल्छन्‌ धपधपी ॥ ६द : एकादश विश्राम २७ अँध्यारा पैसाको अति जटिल जालोबिच परी भिँगा झैँ संसारी मनुज बिचरा भुन्‌भुन गरी । मडारिन्छन्‌, रुन्छन्‌ हरसमय गर्छन्‌ छटपटी कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ? २८ विषालू पैसाको विकट बढदो व्याधि सरुवा छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा । बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ? २९ कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कदुता । सबै हो यै पैसामय जहरको ग्याँस ननिको हरद्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥ ३० सदा यै पैसाले कठिन हिमले पङ्कज सरी थिची दैवी सम्पद्‌ गुण-मधुरिमा सोत्तर गरी । लतारेको देख्दा अब भुवन भो सङ्कटमय भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥ ३१ भनून्‌ अन्धा लोभी मनुजहरु पैसाकन धन म सम्झन्छु शा(सा)पै कुटिल विधिको त्यो सनिधन । कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी विपद्‌ भोगी झुक्छन्‌ हल न चल भै जीवनभरी ॥ डर इनै पैसा उम्ली तमकसित शस्त्रा;स्त्रहरुको झिकी तीखो जिश्रो जुग जुग कठै ! जीवहरुको । गला काटी तातौ रगतकन चाटी लपलपी अकालैमा काला;$नल विकट फुक्छन्‌ धपधपी ॥ तरुण तपसी : ६९ डेड कडा गोला गोली हरकिसिमको बाफ, बिजुली बनी मैला पैसा मनुजभर पारी खलबली । उडेका छन्‌, बाठा मनुजहरु देख्छन्‌ झिलिमिली सडेका छन्‌ लाटा जन सब शुकी जीवन-कलि ॥ ३४ कठै ! बाठो-टाठो अमर प्रतिभाको निधि सरी चमत्कारी प्रज्ञा-प्रबल नरको जाति यसरी । नड्बे पैसाको मलिन ममता-रूप विषमा चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥ ३५ क्षमा, लज्जा, मैत्री प्रभुति गुणको आसन कसी उसैमाथी आफू अति भडकिलो भैकन बसी । जगत्‌मा पैसाले हरतरहका दुर्गुण जति नचायेको देख्दा हृदय सब भो घायल अति ॥ ३६ क्रमसित सब यस्तो तुच्छ पैसा-प्रधान मनुज-चरितलाई दु:खको नै निधान । कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥ ७० : एकादश विश्वाम द्वादश विश्वाम १ कविजी प्रिय शिष्य झौँ बनी कर जोडेर सबै कुरा सुनी । अलमल्ल थिये अली छिन फिर बोले तपसी तपोवन ॥ र धमीलो त्यै पैसा-विषयक कडा तर्क मनमा घुमेकै मौकामा क्रतु पनि घुमे क्यै भुवनमा । खडा भो वर्षाको समय, फिर त्यो कृ्‌ष्ण-रजनी अँध्यारो औँसीको, घन-पटलले गुम्फित पनि ॥ ३ न वा आकाशैमा निविड तम उम्रीकन बस्यो न वा त्यो आकाशै तम-जलधिमा गैकन पस्यो । मसीमा चोबिन्‌ वा प्रकृति-जननीले गगन यो. । बिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥ ॥ 3 दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा रहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा । खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि कुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥ यै “ तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा परचो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ? भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी उडेको भेट्टायेँ चटुलगति सानू जुनकिरी ॥ तरुण तपसी : ७१ ६ भिँगा जस्तो सानू तर अति कडा साहस धरी फुकाई आशाको झलकमय आलोक-गठरी । बढेको देख्दा त्यो निविड तममा निर्भयसित भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥ ७ प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ? सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ? कहाँ त्यो विद्युतको चहक ? फिर तारा ग्रह कहाँ ? कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ? पप पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली । घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी हजारौँ देखायो चटकमय लीला हरि ! हरि !! ९ घडी ठाडै जान्थ्यो तमकसित केही पर पर घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर । घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥ १० दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा निदायेको साह्रै कठिन डरलाग्दो समयमा । न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥ ११ थियो त्यो वेलाको जलधिमय कालो तम घना सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना । स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि ! हरि ! ७२ : ढादश बिश्वाम १२ जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा उती जुदथ्यो रेखा नपरिकन सारा निमिषमा । तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥ १३ तँ सानै छस्‌ बाबू ! तर तँसित आलोक-कणिका हुनाले क्यै भित्री दिल सकल पारीकन फुका । दिँदैछस्‌ धक्का त्यो अभयसित दुर्भेद्च तममा म सम्झन्छ तेरो सफल जुनिको त्यो मधुरिमा ॥ १४ हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली गरी बंढ्दाबढ्दै भुवन सब पारी झिलिमिली । गये वा जाँदैछन्‌ तँ पनि तिनि झौँ कत्ति नडरी अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥ १५ तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि कठै ! त्यो झन्‌ सानू, निविड तम-विच्छेदन-विधि । सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा जती शक्छस्‌ कालो गगनपथध आलोकित गरा ॥ १६ न देखिन्छन्‌ ऐले दिनमणि, न तारा, ग्रह, शशी न आँखाले भेट्छन्‌ चपल-बिजुली दर्शन-खुशी । अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस्‌ जतिजति तँमाथी वर्षन्छन्‌ प्रणय-फुल मेरा उतिउति ॥ १७ न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा न त्यस्मा क्यै देख्छु तुहिनकरको शीत-बखडा । अनौठाको, सानू तर मधुर आलोक-गठरी म हेर्दैछ तेरो पलक नलगाई छक परी ॥ तरुण तपसी : ७३ १८ फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुका फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका । धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर्‌ सब धुजा । हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥ १९ कनै गर्जोस्‌ कालो घन घन-घटा, कत्ति नडरेस्‌ क्नै धक्का मारोस्‌ पवन, तल लन्रेर नझरेस्‌ । स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगा अली चर्को पारी मधुर छविको दीपक जगा ॥ २० खुलायिस्‌ यो मेरो नयन जुन आलोक-लवले म भन्छु त्यै पाओस्‌ झलक दुनियाँमात्र सबले । सबै आँखा खोलून्‌ समय नगुमाकन्‌ मुफतमा तँ झैँ बढ्दै जाकन्‌ अनवरत कर्तव्य-पथमा ॥ २१ उदाञन्‌ अस्ताकन्‌ हरबखत तारा, रवि, शशी दगुर्छन्‌ बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी । प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥ २२ प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली तँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली । सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्‌ म भन्छु यस्लाई अमृत पिउने औसर मिलोस्‌ ॥ र३ अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी । परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥ ७४ : द्वादश विश्वाम २४ बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको । उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी तमासा यो कस्तो ? अझ नभनरिने त्यो हरि ! हरि ! र५ कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला नजान्नाले भित्री गहन तमको भेदन-कला । जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥ रे६ म त्यो सारा सम्झी फगत करुणाको वश परी तँलाई क्यै भन्छु, मसित नरिसा है जुनकिरी । घुमिस्‌, खेलिस्‌ नाचिस्‌, गगनबिच झिल्किस्‌, झिलिभझिली तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ? २७ म यस्तो भन्दैछ निमिषभरमा दर्दर गरी हवा साथै वबर्ष्यो जल मुशलधारेपन धरी । खतम्‌ भैगो उस्को पिलिपिलिसँगै जीवन-कला गत्यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥ रे यति भनि तपसीले सूक्ति-निस्यन्द थामे कर-कमल उठाई आफनै माथ छामे । मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥ तरुण तपसी : ७५ त्रयोदश विश्राम १ पिउँदै रसिलो सुधा सरी मुनिको भाबुक भाव-माधुरी । कवि दङ्ग थिये पला पला फिर सुस्तै मुनिको खुल्यो गला ॥ र परदो मैलो छाया किन किन उदासीन मनमा म टोलायँ ज्यादा उस जुनकिरीको निधनमा । बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही फुक्यो याता६५यात-क्रम विषय वा जीवन-बही ॥ ० परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा फराकीलो छाया-जडित उस चौकी-उपरमा । ठुला साना लाखौँथरि पथिक थाले बदुलिन बन्यो मानू चौकी थकित सबको शान्ति-सदन ॥ ॥.1 झरी, वर्षा, वर्षोपल विकट शीता$५तप, हुरी खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी । लिई आडा मेरो पथिक पथको सङ्कट छली सुबिस्ताई लाखौँ किसिमसित गर्थे खलबली ॥ ८३ गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति विलासी वैरागी प्रभृति, बहुरङ्गगी पथिक ती । त्यहाँ जो जो बस्थे विविध तिनको भाव-लहरी म देख्येँ, फन्कन्थे हृदय-दहमा तर्क-भुमरी ॥: ७६ : त्रयोदश विश्वाम कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने । कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने मुदू छामी हेर्दा हृदय सहसा गद्गद हुने ॥ ७ हजारौँ के ! लाखौँ पथिकहरुमा भित्र सुकिला थिये यौटा दोटा, अरु सकल काला र कुचिला । कठै ! रुञ्चे दुःखी हृदय सबको लाखन थरी दुराशाले गर्दा गरम क्रातुको चातक सरी ॥ प्‌ कसैलाई कोही न अनुभव विश्वान्ति-सुखको कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको । जता हेरचो तृष्णामय विकट 'कालाज्वर' उठी डढेको छातीमा हरबखत कालो भुटभुटी ॥ तरुण तपसी : ७७ ९ बिसायौँ भन्दैछन्‌ सकल, तर विश्वान्ति तनको थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको । कठै ! त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु ॥ १० कनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै । उठी बाटो लागे, अरु पथिक आये फिर बसे नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे ॥ ११ रही एवंरीत्या अटल उस चौकीबिच खडा सबै याता५५य्रात-क्रम-विषयको दीर्घ रगडा । जती हेर्दै जान्थेँ प॒थिकजनको आखिर उति मलाई झल्कन्थ्यो उस मनुजताको अवनति ॥ % 0: कसैको आँखाले उदरसित भन्थ्यो-जुनिभरी . झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी ? कसैको त्यै आँखासित उदर भन्थ्यो- अति भयो तँ लोभीले गर्दा हल न चल मेरो गति भयो ॥ १२ कसैको टोपीको मल-मलिन घेरो छ शिरमा ठुटे, चिल्थो भोटो फगत पसिना-पूर्ण हरमा । कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी निचोर्दै छु तेरो समझ अथवा ज्ञान-गठरी ॥ १४ कुनै कालो तृष्णा-जलधिबिच घाँटीतक डुबी लिछौँ यै चोलामा धनधवल कौवेर पदवी । भनी कौडी कौडीउपर मुटुका रक्त-कणिका झुकायेका देखे दिवस-विधु जस्तै अति फिका ॥ १५ अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी उठेका ठेलाले कठिन बिचरा पत्थर सरी । कसैका हत्केला मधुर मुहुनीदार मुहर छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर ॥ १६ नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति कसैका हत्केला कमल-दल 'झैँ कोमल अति । बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी उनै भारीबोका गरिबकन ज्याला दिन पनि ॥ १७ कडा अड्बे-खड्बे बगर, कँटिलो जङ्गल-तटी उकालो, ओह्?्वालो हिँडिकन फुटेका पटपटी । कसैका पैताला समझ नभयेको पशु जुनी भलो भन्थे, गर्थे कठिन खुरको खूब सहनी ॥ तरुण तपसी : ७९ १८ जुता, मोजा यद्ढा कठिनतम दोचा जुनिभरी उनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी । कसैका पैताला गरम पसिनाले लपलपी भिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥ १९ कसैका कन्थाको विकट बदबूले हरघडी झुकी बस्नूपर्ध्यो जिनतिन दुवै नाक पकडी । कसैले पैह्रेका तरल खुसबूको महकमा हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥ २० डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको घना सुस्केरा नै अनवरत टङ्कार धनुको । बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया शिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥ २१ कुनै छाता ओढी अकडसित ताम्दानबिचमा बसी पुर्नासाथै सरस उस चौकी-नगिचमा । कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो' मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥ रर भिकी बासी सत्तू जठर-हरिको पूजन गरूँ भनी लागे कोही तर पवन आयो हुरुरुरु । धुलो वैरचो उस्मा, निमिषभरमा त्यो पनि उड्यो मलाई मायाले मुटुकन समातेर जकड्घयो ॥ रड कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी चुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी । डकारी खै मेरो मधुर हजमी पाचक भनी शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥ ८० : त्रयोदश विश्वाम २४ कुनै फुस्रा धुस्रा चुदुचुटु जगल्टा र जुटिका फुटाई पल्टाई चपलगति दुर्भाग्य-गुटिका । टिपी राखी ढुङ्गाउपर सब फोर्चे पटपटी मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी ॥ र तलासेका चिल्ला महक उडने बालहरुमा . कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा । खरानीले गर्दा शिव शिव !! कसैको शिरभरी सुना-भझाँक्रीको झैँ चमक चमकन्थ्यो सुनहरी ॥ २६ यताको यो चिल्लो छवि फिर उताको सुनहरी प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी । उनै फुसा धुसा कृषकहरुका मध्य शिरमा मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥ २७ धराको छातीमा तपतप चुहेका अति घना टिपी मोती जस्ता श्रम-जलधिका दिव्य पसिना । कुनै उन्थे माला जनमभर सौभाग्य-सुखको कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको ? रद झुटा साँचा लाखौँ विधिसित सबैमाथि सबको खिचातानी चल्दा फगत पसिनाको विभवको । अशान्ति-ज्वालाको घर घर थियो नित्य नचरी सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी ॥ २९ सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर सबैको अर्कैमा गरम पसिनामाथि रहर । कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेद्न शक्िनँ नचाहोस्‌ जो ताता मधुर पसिना चप्प पिउन ॥ तरुण तपसी : ८१ ३० जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका उती उस्को देखेँ वजन अथवा मान गह्ठुका । जती जस्ले पोख्यो गरम पसिना भूमितलमा उती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥ ३१ मुठी, मान्‌, पाथी गरम पसिना जोसित जति जुट्यो उस्को झन्‌ झन्‌ डबल दिलको लालच अति । कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परी सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि ! ३२ क्रमसित उस चौकी-मध्य विश्वान्तिकारी थरि थरि बढुवाको चित्र थोरै उतारी । मुनिवर फिर आफू भैगये सुस्त सुस्त अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥ . २ : त्रयोदश विश्लाम चतुर्दश विश्वाम १ अलि बेर पछी तपोधन तपसीको मुख-पद्‌्म पावन । ढकमक्क भयो पुरा पुरा चुहिहाले मकरन्द भौँ कुरा ॥ र खिचातानी हेर्दै गरम पसिनाको छक परी भुकेको मौकामा प्रकृति-जननीले शिरभरी । गुतायिन्‌ त्यै फेरी फल र फुलको दीर्घ पगरी जुटे जस्ले गर्दा अतिथि अघि झैँ लाखन धरी ॥ डे लुछे, लाछे उस्तै किसिमसित त्यो दीर्घ पगरी जती जस्ले पायो भरशक लुछ्यो लालच धरी । म उस्तै नङ्गा भै अबुझ दुनियाँको चलनमा उदेकायँ खाली नलिइ पिर वा दर्द मनमा ॥ र गरी यै ढाँचाले परहित सदा भक्तिसहित बिते मेरा सुस्तै विजन-पथमा वर्ष बहुत । भयो फुस्रो धुस्रो तन पनि कडा काल-गतिले सबै लुर्का फुर्का मकन दिन छोडिन्‌ प्रकृतिले ॥ भू म भोग्थेँ वर्षेनी जुन विभवले चोट अरुका लुछिन्थेँ, लाखिन्थेँ, उहि सब भयो कारण फुका । छुट्यो लण्ठा, टण्टा, अटल गजधम्मे बनिकन म लागेँ एकाकी फगत उहि छाया-सुख दिन ॥ तरुण तपसी : द३ ६ । कुनै वेला आये युवक रसिला गोप लहडी झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी । पुछे औँला मेरो विपुल कटिमा त्यो सिँदुरको बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥ ७ चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो । त्यहाँ त्यो सिन्दूराक्षत नगिच देख्यो जब अनि चढायो अर्काले किन किन मलाई फुल पनि ॥ प जसै त्यो सिन्दूरा$क्षतसहित देख्यो फुल, अनि .. . रहेछन्‌ द्ौता ई भनिकन भझुकायी शिर पनि । थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी म द्यौता भैहालँ अबुझ बढुवाको जुनिभरी ॥ ९ कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो कुनै आयो पञ्चा$मृतहरु चढायो खुशि भयो । कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो ध्वजा टाँगी कोही “'जय जननि !' भन्दै घर गयो ॥ १० कुनै राती बस्ता अबुझ बिचरा धूपसहित भझिनू बत्ती बाली विनयसित भन्थे गर हित' । कुनै सत्तू, च्यूरा अलिकति भिकी अर्पण गरी स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥ , ११ कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी कुनै ढोग्थे पुष्पा,ञ्जलिसहित भेटी पनि धरी । बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला पुजारी भै लुट्थे पटु पुरुष नैवेद्, मसला ॥ दो : चतुर्दश बिश्वाम १२ मलाई यस्तो होस्‌, पछि म गरुँला पूजन भनी कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि । पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गर्येँ गरदयो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥ १३ कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी कसैले टक्रयाये मकन खुक्राका फुल पनि । कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा म जो देख्दा डुब्धेँ अति कठिन भित्री विपदमा ॥ १४ कसैले भूमे हुन्‌ भनि मकन माने, बलि दिये कसैले पूजामा विकट वबनदेवी पद दिये । कसैले वाराही भनि हृदयले पूजित भयेँ कसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥ तै ) रद 5 |/ “0३ । ।। १५ कसैले द्यौराली भनिकन ठुलो आदर गरे कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे । कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियेँ कसैको लेखामा भय भुटिदिने भैरव भयेँ ॥ १६ हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी सदा पूजा गर्दै चरणतलमा लम्पट परी पुकारा यो गर्थे 'प्रभु ! सकल इच्छा सफल होस्‌' म भन्थेँ बिस्तारै अबुझ ! तिमिमा आत्मबल होस्‌ ॥ १७ सदा यै चालाले अबुझहरु विश्वासवश भै त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै । म द्यौता, त्यो चौकी विधि-विहित देवस्थल भयो पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥ १८ कुनै भन्थ्यो साक्षात्‌ मकन इनले दर्शन दियिन्‌ कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन्‌ र दबियिन्‌ । कुनै भन्थ्यो मैले कति कति सुनेँ शब्द इनको कुनै भन्थ्यो मेरो सब हरिदियिन्‌ कष्ट मनको ॥ १९ कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे । अहो ! यस्तैयस्ता उपकथन, हल्लाहरु गरी फसे सारा बोक्रे विधि-नियम-पट्टी हरि ! हरि ! २० बनी ध्यानी पीता$म्बर कमरमा टम्म पहिरी लिई माला, छालाउपर दृढ पद्मा$सन धरी । जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी थियो मानू चौकी उस बखतको सिद्धि-ढुकुटी ॥ ८६ : चतुर्दश विश्वाम २१ गयो बढ्दै चढ्दै किन किन ठुलो पूजन-कला मजैमा घन्कन्थे घननन गरी घण्ट, तबला । अनौठाको आडम्बर उदित भो मर्त्य-मनमा कठै ! त्यस्सै भाग्यो श्रुति-विहित-अध्यात्म वनमा ॥ र२ महात्मा भै कोही फगत पर-निन्दाकन गरी म यस्तो हँ भन्दै श्रवणबिच हालाहल भरी । बटुल्थे वा लुट्थे हरकिसिमले गुहध गठरी कुनै चाबी बस्थे गरम हलुवा, घेवर, पुरी ॥ रड निचोरी निर्धाका रगत-पसिना घूस बदुली ठुलो पूजासामासहित लिइ बोकाहरु बलि । कुनै पूजा गर्थे 'जननि ! खुसि होक' भनिकन म रुन्थेँ त्यो देखी मनुज-मतिको उग्र पतन ॥ २४ क्रमैले त्यो चौकी अतिशय ठुलो तीर्थ गनियो हजारौँ के लाखौँ मनुजहरुको भीड उनियो । अहा ! त्यो वेलाको अति मधुर मेला रमझम थियो यौटा भारी चटकमय भाग्योदय-सम ॥ र५ हजारौँ धर्मा$$त्मा जनहरु तहाँ रात-दिवस बसी गर्थे लाखौँ किसिमसँग सद्भर्म-बहस । मलाई जो मान्थे तिनिहरु ठुला आस्तिक थिये नमान्ने जो जो हुन्‌ तिनिहरु हठी नास्तिक भये ॥ र्‌६ अहिंसा अस्तायो, यम, दम, दया, सत्य दलियो क्षमा, मैत्री भाग्यो, प्रणय, शम, सन्तोष छलियो । उज्यालो, देखौवा तिलक अति सानू अबिरका निशाना भैहाल्यो विधिवश कठै ! धर्मतिरको ॥ तरुण तपसी : ८७ उदेकाई खाली नलिइ मनमा ग्लानि कदुता सबै हेर्दाहेर्दै चटकमय त्यो धर्म-पदुता । बितीहाल्यो धेरै समय, जुग अस्तोन्मुख भयो नगीचैमा आई गहनगति विज्ञान उभियो ॥ रद थियो जस्तो पैले चटकमय त्यो धर्म नकली जुट्यो उस्तै आई चटकमय विज्ञान नकली । दुबै लागे ठाडै भिडिन सबको शान्ति-विधिमा म ड्बेँ त्यो देखी अति गहन चिन्ता-जलधिमा ॥ २९ कहिकन सब त्यस्तो अन्धविश्वास-शाली अनुझ मनुजको त्यो भावनाको प्रणाली । मन सब तपसीले श्वासका साथ बाँधी अलि छिन लिन लागे शान्तिशाली समाधि ॥ पञ्चदश विश्राम जु पिउँदा पिउँदै प्रतिक्षण मुनिको वाक्य-सुधा विलक्षण । कविको मन त्यो पुग्यो वहाँ गहिरो नीरवता थियो जहाँ ॥ . र्‌ अहो ! सुन्दासुन्दै अबुझ दुनियाँको रिमिभिमी अकस्मात्‌ टोल्हायौ कविवर ! बिच्चैमा किन तिमी ? तिमी सुन्दै जाक विविध घटना-चक्र सब त्यो जहाँ मेरो धेरै तरुण वय वा जीवन बित्यो ॥ डे थियो त्यो मौकामा उभय जुगको सन्धि-समय सबैलाई लाग्थ्यो मनमन ठलो संशय भय । न जाने के होला ! भनि सब थिये शङ्कित अति ' सबै त्यो कुस्तीको हरबखत हेर्थे परिणति ॥ र दुवै लड्दालडदै नियतिवश विज्ञान बलियो बिजेता भै निस्क्यो, स्थविर बिचरो धर्म थलियो । थिये मैले हेर्दा तिनि उभय निस्सार नकली विजेताले पायो तर पनि ठुलो नाम सकली ॥ ५ कठै ! त्यस्ले गर्दा कठिन जडवादीपन बढ्दो कुनाकानी दैवी गुण जति थियो त्यो सब उड्यो । घुम्यो मेरो माथा, गम. अगमतामा बदलियो बग्यो आँशू, आँखा किन किन बिभझायो, धमिलियो ॥ तरुण तपसी : ८९ कडा बेच्चैनीले सकल मुटुको चाल जकड्यो उही आकाशैको पथ नयनले टप्प पकड्यो । निमेबैमा मानू कठिन पिँजराबाट सहसा चरो उम्क्यो भोगी जिनतिन अँध्यारो दिनदशा ॥ ७ उता हेर्नासाथै अगम नभको नील परिधि यताको यो बिर्से उभय जुगको सङ्क्रम-विधि । हवामा बोहोरी विहग सरि ठाडै बहकिँदै चल्यो माथी मेरो नयन नभमा चक्कर लिँदै ॥ प्‌ पलाको आधामा गगनमय त्यो शून्य नगरी घुमी फन्का मारी हरकिसिमको कौतुक गरी । खुसी भै त्यो पन्था विहगकुलको लङ्घन गरदयो हवाको 'झझोक्कामा जलद उसको सम्मुख परदो ॥ ९० : पञ्चदश बिश्वाम ॥“ सफा चिल्लो काठी घनपटल, घोडा पवन भो लगामैको शोभा चपल बिजुलीमा उदित भो । चढ्यो त्यो काठीमा, हरतरहका चक्कर कडा लिँदै दौडयो, देख्यो क्षणिक सुखका धेर अखडा ॥ १० कतै स्वर्गङ्गाका चपल मसिना सीकर झरी बतासिन्धे, गर्थे पवनसित हाँस्तै मसखरी । जहाँ पर्नासाथै रवि-किरण-माला सुनहरी हजारौँ निस्कन्थ्यो विशद नभमा रङ्ग चुनरी ॥ ११ सुगन्धी कस्त्री-प्रभृति चिजको लेप उरमा , धरी भर्दै मीठो महक उसका यक्षपुरमा । कतै घुम्थे फिर्थे चपलनयना यक्षयुवति थियो जस्को लीलामय लचकिलो मञ्जुल गति ॥ ॥ 5“ छ कतै नामी विद्याधर-युवक विद्या सब शिकी . रसीलो सङ्गीत-स्वर-मधुरिमा लाखन झिकी । अगम्‌ ताना लिन्थे गगनतल पारी घुनुनुनु । सुरस्त्रीको गर्थ्यो मुदित मन जस्मा छुनुमुनु ॥ १३ कतै नानारङ्गी कुसुमित लता-कञ्जहरुमा बसी गाना गर्थे अमर कुँवरी मस्त सुरमा । अहो ! जस्ले गर्दा मधुर मुहुनीको वरिपरि मिठो भर्ना भर्थ्यो श्रबण सबको शीतल गरी ॥ क छ ) चढी धागो जस्ता अमृतमय शीता शु-करमा सुरेलीको साथै ललित झुलनाको रहरमा । कतै हाँस्तै खेल्दै सुरयुवति भन्थे चह चह छचल्किन्थ्यो जस्ले प्रणय-सुखको शीतल दह ॥ तरुण तपसी : ९१ १५ कतै खम्बा जस्ता अटल हठिला सिद्ध तपसी बसी आकाशैमा नियमसित सिद्धा,;,सन कसी । डुबेका देखिन्थे अगम परमा55नन्द-रसमा थियो जस्को साह्ढै मधुर मुखको शान्ति-सुषमा ॥ १६ कतै विद्युल्लेखा-ललित छरिता उन्मद परी बिखेर्दै चौतर्फी महकमय माधुर्य-लहरी । हवामा पौडन्थे जुन पवनको स्पर्श-सुखमा तपस्वीको पुग्थ्यो जप-तप सबै मृत्यु-मुखमा ॥ १७ विमान-श्रेणीमा भ्रमणपदु वैमानिकहरू कतै उड्थे लम्बा सफर-सुख भोगी हुरुरुरु । अहा ! जस्को छाया ध्वनि-मधुरिमाले छक परी तमासा त्यो हेर्थे तल सकल ठाडो शिर गरी ॥ पछ कतै शोभा छर्दै कठिन तपको सिद्ध-रमणी लटामा लर्काई सुर-कुसुम वा शङ्कर-मणि । बहन्थे वा उड्थे सररर निरालम्ब पथमा चढी ज्यादा तेजी हृदय-कृत सङ्कल्प-रथमा ॥ १९ कतै उस्तैउस्ता कुसुम-भरले मत्थर-गति वसन्तश्री जस्ता मगन-मदिरा-मस्त युवति । हठी सिद्धि-प्रेमी कठिन तपमा मस्त जनको तपस्यामा गर्थे नयन-शरले घात ननिको ॥ २० कतै लुर्के फुर्के फुल र मुजुरा पल्लव पनि उनी बन्य-श्रीले खचित बनदेवीमय बनी । मजा मानी गर्थे उपवनविषे किन्नर -सुता लुकामारी साथै हरकिसिमको रङ्ग-रमिता ॥ ९२ : पञ्चदश बिश्वाम २१ कतै राम्रा रत्न-द्युतिमय दिशापाल-सदन कतै घुम्थे साक्षात्‌ कुसुमधनुका साथ मदन । कतै चन्द्र-ज्योत्स्ना-धवल सुरगङ्गा-निकटमा तपस्वी देखिन्थे तप-शिखर झैँ टम्म तटमा ॥ : र२ कतै रक्षो-भूत प्रभृति गणका बाल बनिता गला फारी पढ्दै हरचरितका गीत कविता । निशामा उफ्रन्थे हरतरहको ताण्डव गरी थियो जस्को केही पर उपर कैलास-नगरी ॥ 2 तमासा ती खासा उपसुर-पुरीका सब थरी निहारी त्यो भन्दा पनि उपर जाने सुर धरी । चढथो फेरी मेरो नजर नभमा साहस गरी सबै त्यागी साना कुसुम-कलिका षट्पद सरी ॥ २४ तडिल्लेखा भन्दा त्वरितगति सङ्कल्प-रथमा चढी उड्दाउड्दै अति वितत आलोक-पथमा । परचो सामुन्नेमा अति चहकिलो दिव्य नगरी थियो जो शोभाको निरुपम महासागर सरी ॥ २५ त्यहाँ पुग्नासाथै गति शिथिल भैगो नयनको खुशीको हावाले विकसित भयो भाव मनको । जता फर्की हेर्यो सुखमय उतै राम-रमिता थियो कस्तो कस्तो प्रथम कविको उच्च कविता ॥ २६ विधाताको यद्ढा नियति-गतिको लाखन थरी चमत्कारी लीला सबतिर सदा सूचित गरी । बनेका बेगिन्ती उस नगरमा रङ्गमहल मिही ज्योतिर्धारा पलपल उकेल्थे झललल ॥ तरुण तपसी : ९३ २७ फुलेका इन्द्रेनी सब भवनमा तोरण बनी ध्वजामा नाचेको चपल बिजुलीको सनसनी । अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला नगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥ । कह कतै छन्‌ स्वर्गङ्गाजल-रचित छाँगा र छहरा कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा । कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥ म २९ हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको - प्रभा मात्रै हाली कसुमरसमा कल्पतरुको । जमायेको जस्तो उस नगरको अदभुत छवि कलमद्वारा सारा लिन कसरि शक्ला कुन कवि ? पने जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा । जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण वहाँको को जान्ने अतुल सुखको त्यो विवरण ? ३१ बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिता हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता । रसीलो आनन्दी हृदय सब ती पौरहरुको फुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥ डेर दया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सब सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव । सबै मर्यादा वा विधि-नियमको पालन गरी रमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥ ९ : पञ्चदश विश्राम ३३ न ता शङ्का, सुर्ता, भय, विरह-बाधा छ उनमा न निन्दा, विद्देष प्रभृति अरु दुर्दोष मनमा । न देखिन्थ्यो काहीँ कटु वचनले दूषित गला अहा ! कस्तो राम्रो अमृतमय त्यो जीवन-कला ॥ ३४ त्यहाँको त्यो दैवी गुणमधुरिमाको चहकमा फसेको यो मेरो नयन मनमोजी बहकमा । भयो घुम्दाघुम्दै उस बखत आश्चर्य-चकित जसै देख्यो ढोकाउपर कविता निम्नलिखित ॥ ३५ “दरित्रीमा सत्य, श्रम र पसिनाको भर परी तपस्या जो गर्छन्‌ सरल मनले जीवनभरी । तिनैको त्यै सत्य, श्रम र पसिना-रूप तपको चिरस्थायी चै हो परिणति उज्यालो गजबको ॥ ३६ गरी झुट्टा, बाङ्गा, छल, कपट वा जाल बहना पियेका छन्‌ जस्ले मुफत, अरुका उष्ण पसिना । यहाँ त्यस्ता दम्भी पुरुष धरणीका धनपति कुनै छैनन्‌, ज्यादै तल छ तिनको गर्हित गति ॥” ३७ पढी त्यो ढोकाको सरल खँदिलो श्लोकयुगल उदेकाई केही समयतक फेरी तल तल । म फर्के, फर्कायँ नयन, तर त्यो दिव्य नगरी रह्यो मेरो भित्री हृदयपटमा चित्रित सरी ॥ ३८ निरुपम पसिनाका स्वर्गको सार सार मसँग सब बताई भित्र अर्कै विचार । लिइ मुनि बनिहाले मौन भावैक धाम - म पनि मनन त्यस्को गर्न लागेँ तमाम ॥ तरुण तपसी : ९५ षोडश विश्वाम ८ मुनिबाट सुनेर त्यो सब पसिनाको परिपाक-गौरव । कवि जाँगरिलो हुँदै गये अमिरी जीवनमा घणा लिये ॥ र्‌ यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी । पुग्यो माथी माथी, विधि-नियम हेरचो, तल फझरयो परचो अर्कै छाया, सकल धमिलो संशय मरदयो ॥ ३ चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले जगत्‌ सारा हेर्दै चरम गिरि-पारी रवि चले । रहद्यो केही वेला तुहिनगिरिका उच्च शिरमा उपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥ र चरा, गाई, ग्वाला, कृषकहरु सा५5नन्द सुरमा सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा । निशाले तत्कालै तल तल तमोरूप कबरी लतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥ 2 १ नवीना त्यो श्यामा सरस ललिता६५कार रजनी सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी । तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि फुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥ ९६ : षोडश विश्वाम ६ समेटी बिस्तारै मृदुल करले चारु कबरी निशालाई मानू प्रणयवश आलिङ्गन गरी । उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल ॥ ७ पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी भयेँ राम्री गोरी अब त म भनी गदगद बनी । सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्ग-सुखको ॥ प्‌ बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको । उदायेका देखी मुदित मुख पारी कुमुदिनी सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी ॥ ९ प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति । सरेको हो यद्ढा प्रणय-सुखको सम्मिलनमा परेको हो छाया निविड कबरीको वदनमा ॥ १० प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्य-कलश । तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु म थालेँ वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥ ११ पगालेको चाँदीमय किरणमाला टललल जटामा बग्नाले अमृत-रस छर्दै सललल । हुँदै जान्थ्यो मेरो स्तुति-वचनमा गदगद गला म भन्थेँ साठी होस्‌ अमृत-करको शीतल कला ॥ तरुण तपसी : ९७ १२ त्रियामा त्यो श्यामा अमृत-करका दिव्य करमा बनी धन्या मान्या प्रमद-जननी विश्वभरमा । नरामी होस्‌ कन्या तर वर गुणी लायक भये हुनासाथै पाणि-ग्रहण, उसका दुर्दिन गये ॥ १३ थिये साना साना किरण-कणिका जो गगनमा बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा । रहे यौटा दोटा पर पर उज्याला अलि अलि गराये संसारै अमृतकरले नै झिलिमिली ॥ १४ चमत्कारी शोभा चमचम सबैतर्फ छरियो धराको छातीमा अमृतमय माधुर्य भरियो । विना यस्तै नेता धरणितलमा वा मुलुकमा प्रजा अन्धो दुःखी कसरि रहला शान्ति-सुखमा ? १५ ठुलाको सानाको रतिभर कुनै भेद नगरी स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी । उदायेको देख्दा अमृतकर नीलो गगनमा घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा ॥ १६ बिच्चैमा लर्केको रजत-घट देखी तरतरी चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी । खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल चकोर-श्रेणीले जुन सब गप्यो पूर्ण सफल ॥ १७ जुनेली त्यै शोभामय सुरधुनीमा खलखली नुहाई वा थापी शिर, अटल भै कत्ति नचली । भिजर्यँ बिस्तारै मगज, बहुतै शीतल भयेँ पछी सुस्तै फेरी नयनयुग माथीतिर दियेँ ॥ ९८ : षोडश विश्राम १५ विवेकी नेताको नगिच दुनियाँको मन सरी पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी । बहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥ १९ बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली । सफा तेही डल्लो अमृत-करका साबुन दली । चुहाई चौतर्फी अमृत-रसधारा तरतरी नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ? २० जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा फराकीलो नीलो गगनमय चट्टानबिचमा । फुकाली राखेका सब चहकिला भूषण सरी थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥ २१ स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी किनारामा उत्री किरण-फुहरामा जल भरी । पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ? रर बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा भरदयो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ? कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ? कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥ २३ । अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा । अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी चलेका छन ऐले भवनभर गोरोचन घसी ॥ तरुण तपसी : ९९ २४ चिसो तातो सोमा६$$नलमय महादीपक दुई दुवै हत्केलामा लिइकन कतै डग्न नदिई । घुमाई को, कस्को हरबखत नीराजन-विधि अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ? २५ अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी घुमी जाँची सारा निमिषभर विश्वाम नगरी । नफोर्दा होउन्‌ ता मलिन तमको उग्र पहरो कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥ २६ यती गम्दागम्दै बहुत छिपियो नीरव निशा बनी एकैनासे मुदितमुख हाँसे दश दिशा । हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥ २७ म त्यो प्युँदाप्युँदै सुखमय जुनेली रसझरी डुबँछ्‌ चुर्लुम्मै हृदय-दहमा गदू्गद परी । वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि मुट्ले भेट्टायो गगन-गुरुको रूप सकली ॥ रेद बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ गुरुब्वहमा भन्दै गुरुचरणमा पस्रन गर्येँ। म सम्भयो मै मात्रै, गुरुचरण सम्भ्यो गुरु गुरु नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ? २९ खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी खडा सर्वव्यापी परम गुरुको दर्शन गरी । घुमायँ चौतर्फी नयन तर त्योतर्फ नमिली भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥ ३० न ता देखेँ पर्दा दिवस-रजनीको नगिचमा न ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा । न भास्यो आकाशै, न फिर अवकाशै अलिकति अहा ! कस्तो कस्तो अति अगम त्यो व्यापक चिति ॥ ३१ म त्यो बेला फेरी गुरुचरण सम्झीकन भझुकेँ झुकेँ माने सृष्टि-स्थिति-नियम भन्दा पर लुके । कसो भो ? के के भो? फगत म थियेँ गदगद अति अहो ! मैले मेरै उस बखतको सम्भिनँ गति ॥ ३२ खुशिसँग सब यस्तो शान्ति-पीयूष-वृष्टि श्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि । मुनिवर चुप लागे पूर्ण आनन्दसाथ भुलन शकिनँ मैले भाग्यको त्यो प्रभात ॥ तरुण तपसी : १०१ सप्तदश विश्राम त परिपूर्ण पवित्र सुन्दर मुनिको शान्ति-सुधा-सरोवर । अलिबेर पछी छचल्कियो श्रुतिमा शीतलता भरी-दियो ॥ र्‌ डुबी एकाम्मे भै अगम परमा$५नन्द चितिमा म उत्रैं बिस्तारै अविदित कुनै दीर्घ मितिमा । खुल्यो थोरै आँखा, हृदय कलनाले फिरिफिरी हिलायो तत्कालै मृदु पवनले पल्लव सरी ॥ डे उदेकायँ केही, मगज तह लायेँ, पवनको थमौतीमा ल्यायँँ गति, कल चलायेँ वचनको । घुमायँँ चौतर्फी नयन, मुसुकायेँ, अलिकति सबै देख्दै आयेँ क्षणिक दुनियाँको परिणति ॥ ॥ 3 म फेरी टोह्लायँ, स्मृतिपथ सबै उज्ज्वल भयो अँध्यारोमा मानू नियतिबश सूर्योदय भयो । उताको त्यो भास्यो घन चिति-चमत्कार बिपना यताको यो सारा तप र तपसी-जन्म सपना ॥ ७ बिलायो निद्रा वा जटिल ममताको घनघटा मुट्ले भेट्टायो बहुत रसिलो जागृति-छटा । जता लायो आँखा झलमल उतै राम-रमिता अनौठाको भास्यो प्रथम कविको विश्व-कविता ॥ १०२ : सप्तदश बिश्राम दद तिनैपत्रै कापी, कलम तिनचुच्चे, तिन थरी मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी । मिलाई लेखेको क्षरमय सफा अक्षर सब सबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥ ७ मिलेका छन्‌ मात्रा लघु गुरु, मिलेको छ विरती सबै छोटा लामा लय-मिलित छन्‌ छन्द अझ ती । मिलेको शैली त्यो, मिलित पदविन्यास रचना अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ? _ नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा । चिरस्थायी भावोदय छ भरिलो, छैन कदुता कठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पदुता ? ९ भझझरीलो यो लामो तप तप चुहेको मह सरी चमत्कारी, भारी मधुर, भरिएको रस-झरी । सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा नजान्नेका लागी तर अति विषाल्‌ू मधुरिमा ॥ १० हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरी सबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी । मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसको बिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥ ११ झुकेैँ केही तेही सकल कविता हेर्न म पनि चढ्यो हेर्दाहेदै मगजबिच उल्टो सनसनी । फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदय उडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय ॥ तरुण तपसी : १०३ १र उडेथ्यो त्यो कालो भ्रमर उरदेखी जब अनि रुवा झौंँ हल्का भो निमिषभरमा जीवन पनि । बिलायो बिस्तारै विशद बिपनाभित्र सपना जुटीहाले मानू प्रणयसित गङ्गा र .यमुना ॥ १२ । तिनै ढोका भत्के उस नगरका जीव जसमा करोडौँ सङ्ख्यामा हरबखत रुन्छन्‌ सकसमा । म छु त्यै चौकीमा, तदपि उस भन्दा पर भयेँ थला मारी मारी नउठिकन अर्कै घर गरयेँ ॥ १४ त्यहाँ पुग्दासाथै मन मगज राम्रै बदलियो सदा पीछा गर्दो विकट भयको भूत छलियो । म सुस्तायँँ सुस्तै तनविषयको मान, ममता गयो गल्दै गल्दै, विलय हुन थाल्यो विषमता ॥ १५ मरद्यो ताल्चा ताल्चाउपर, परनिन्दा पर सरो निराशाले आशाउपर अति खासा घर गप्यो । तितीक्षाको शिक्षा हृदय लिन लाग्यो हरघडी गये डुब्दै डुब्दै कठिन सपनाका सब घडी ॥ १६ बनी वाञ्छा दासी, मतलब उदासी हुन गयो दया भै अंखासी, शठ हठ हट्यो वा लय भयो । चितामा गै चिन्ता, सकल शकियो शोक बिचरो बिदा माग्यो, भाग्यो द्रुतगति असन्तोष छिचरो ॥ १७ हवामा हल्लेको शिमल-फुल झैँ कर्मगतिमा रह्यो यद्ढा लड्क्यो तन, नयन भो मुग्ध चितिमा । शुक्यो देख्दादेख्दै अगम गहिरो मोह-जलधि सबै बिर्सीहालँ विषयतिरको रोदनविधि ॥ १०४ : सप्तदश विश्वाम १८ म यस्तो, त्यो त्यस्तो, किन ? कसरि ? भन्ने सब गयो छ जो जस्तो, उस्तो उस बखत भास्यो, पर भयो । जहाँ जो देख्यो त्यो कमलदलमाथी जल सरी अलग्गै बस्ने भो हृदयबिच संसर्ग नगरी ॥ ॥ 01 यसो भो, यो होला अनि म गरुँला कार्य यसरी यहाँको यो भन्ने अति गहन सङ्कल्प-लहरी । हराये, बाँकी भो हृदयबिच खाली परहित फुरचो पन्था अर्कै बहुँत सजिलो पापरहित ॥ २० नसा, मासू, हड्डी, रगतहरुको देह-गठरी सदा, फेर्दै बोक्तै थकित भइ चल्दो जुगभरी । कठै ! निर्धो दुब्लो गतरुचि अहङ्कार-भरिया ढल्यो तर्नासाथै रज र तमको दीर्घ दरिया ॥. २१ भिटो झाम्टो फाली सकल अघिको रङ्ग बदली छरीतो भै फुम्तै मधुर परमा५५नन्द-मुरली । खडा भो त्यो मेरै अति नगिच भन्दा नगिचमा ममा मिल्दै आयो विमल जल भौँ दूधबिचमा ॥ २२ म हाँसेँ, त्यो हाँस्यो, पर पर सरदयो भेद फरक - डुब्यो त्यै हाँसोमा बहुत जुनिको स्वर्ग-नरक । त्यहाँ देखी दोस्रो जड-भरतको छाडन गरी म हाँसेको हाँस्यै अझतक छँदैछ हरि ! हरि !! २३ यहाँ यो पृथ्वीमा अबुझहरुका दृष्टि-पुटमा म रुन्चे जस्तो छु, तर उस पिताको निकटमा । सबै मेरो हाँसो हरबखत पुग्दोछ मुखको पितालाई मात्रै अनुभव छ यो हास्य-सुखको ॥ तरुण तपसी : १०५ २४ यसरि अगम भित्री भाव वा सच्चरित्र भनि मुनि अलमस्ती मस्त भै भित्र भित्र । फिर मुसुमुसु हाँसे, किन्तु भो वाक्य बन्द कमलबिच निदायो मुग्ध, मानू मिलिन्द ॥ १०६ : सप्तदश बिश्वाम अष्टादश विश्वाम १ हँसिलो मुनिका मुहारको फिर त्यो सुन्दर सृक्ति-हारको । छविमा मन रङ्गियो अति पर भाग्यो अरु सम्झने गति ॥ ममात्रै हाँसँ वा अरु पनि कनै हास्यरसमा डुबेका छन्‌ ? भन्ने सरल हँसिलो तर्कवशमा । परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरी सबै हाँसे हाँसोमय भुवन भास्यो हरि ! हरि !! तरुण तपसी : १०७ ३ विधाता हाँसेको, नियम अझ उस्को हिलिलिली मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली । उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ? छै कठै ! तेही रित्तो गगनतल सिंहासन गरी नभोगङ्गा हाँसिन्‌ हरतरहका साधन भरी । उता सुस्तै नीलो गगनपथमा निर्भय पसी सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥ २ तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी । यता पृथ्वी हाँसिन्‌ जलधि-घट काखीबिच धरी पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥ ) ६ म निशा हाँसी कालो वसन तमको चट्ट पहिरी लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी । दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥ ७ लबपाँडे कालो तरुण रसिलो बादल पनि तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी । ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी जथाभावी हाँस्यो सबतिर गस्यो आँखमिचनी ॥ ८ अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी । उसैको छातीमा लुदुपुदु परी निर्भर ढली मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥ १०८ : अष्टादश बिश्वाम ९ नगीचै त्यै मीठो ध्वनि जलदको सा६५दर सुनी लता-बृक्ष-द्वारा प्रणयवश रोमा$५ञ्चित बनी । धरा फेरी हाँसिन्‌, कुसुम-रस वा सौरभ घना थियो मानू सानू मधुर उनको हास्य-रचना ॥ १० हवा चाहीँ बाठो चटकपदटु जादूगर बनी लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि । छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा कुना लागी मस्के अलिकति लजायेर विदिशा ॥ ११ मिहीँ सेतो दन्तद्युति तुहिनको दर्शित गरी सबै हाँसे खोली मुखमय दरी उन्नत गरी । नदी, नाला, भझर्ना सब मधुर खित्कामय थिये तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये ॥ हु 0: जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति । घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन ॥ १२३ ॥ फिँजारी फैलाई प्रबल रसिला बाहु-लहरी अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी । लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली खिँची उस्को पानी रवि-किरण हाँसे अझ बली ॥ न १ । ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक। धमीलो भोगा५५शा सकलतिर हाँस्यो र सबको हँसायो चौतर्फी क्षणिक सुख-सौन्दर्य भवको ॥ तरुण तपसी : १०९ पह. चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा । पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी जवानी झन्‌ हाँस्यो मुसुमुसु 'म को हुँ चिन' भनी ॥ १६ जवानीका साथै प्रिय वर-बधूका हृदयको खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको । हँसायो त्यस्ले झन्‌ मधुर मुख दाम्पत्य-सुखको कठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ? १७ हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु सबै हाँस्तै आये सुख-सयलका साधनहरू । तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-म सबै हाँस्यो लाखौँ थरि विषमताको 'स रि ग म" ॥ १८ ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमली गरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली । तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी घुमी झन्‌ झन्‌ हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी ॥ १९ क्र्धा तृष्णा दोटी शरम नभयेका सहचरी बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी । तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमा भुली हाँस्तै दौडयो हरकिसिमको खाद्य मुखमा ॥ २० कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो कतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो । मिठो देख्दा हाँस्यो रुचि रहर वा .लालच अति घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥ ११० : अष्टादश विश्वाम २१ उता द्यौता हाँसे सब मनुजका पालक बनी यता हाँसे दुःखी मनुज बिचरा बालक बनी । बिच्रैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरो धकेल्दै उस्लाई हिलिलिलि गन्यो स्वार्थ छिचरो ॥ रर अँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि ' सुखी हुँला भन्ने कटु समभझले दूषित गिदी । जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र नियाँ कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥ र३ महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको । बडो झर्को लाग्दो रगडमय चर्को खलबली झिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥ २४ बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको । खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा ' सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥ ७ र५ । बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गला पुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला । मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमा जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥ र६ जती भोगा$५शाको विकट मुख हाँस्यो खितिखिती उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती । यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी उता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥ तरुण तपसी : १११ २७ हटाई पैसाले ग्रह, दिनदशा, वब्याधि सकल म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल । भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥ 2 21 म खाउँ मै लाञँ, सुख, सयल वा मोज म गरूँ म बाचुँ, मै नाचुँ, अरु सब मरून्‌ दुर्बलहरू । भनी दाह्वा धस्ने अबुझ शठदेखी छक परी चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥ सबै मेरो मेरो भनिकन अघी जीवित छँदा स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा । पछी उस्को देखी क्षणिक मनको अन्तिम गति उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥ ११२ : अष्टादश विश्वाम ३० चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति । धुवाँ हाँस्तै दौडयो, वितत पथ हाँस्यो गगनको खरानी झन्‌ हाँस्यो, मुख मलिन पारी पवनको ॥ ३१ चिताको चौतर्फी करुण बिलनाको वश परी छिनेको मोतीको लहर सरि आँशू बरबरी । झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको रुवाबासी साथै हिलिहिलि गत्यो मोह मनको ॥ बेर चितामा चित्‌ खाई चटचट गरी देह-ममता डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता । लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥ ३३ दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय । दुवैको एकै हो विलय, तर हाँसो फरक भो कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥ ३४ म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ । गयो झन्‌ झन्‌ बढ्दै भुवनभर हाँसो निरवधि जगद्व्यापी हाँस्यो मुसुमुसु चिदा६५नन्द-जलघि ॥ ३५ कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ । म फर्के यै चौकीउपर गुरु त्यै पूर्ण पदमा रहे रित्तै हाँसी अतुल परमा$5नन्द-मदमा ॥ तरुण तपसी : ११३ ३६ सकल तय गरेका दु:खको दीर्घ रस्ता मुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था । मसित सब बताई रोकियो टक्क फेरि क्षणभर मुख मेरो स्नेहका साथ हेरी ॥ ११४ : अष्टादश विश्वाम एकोनविंशति विश्वाम पृ ८ कवितुल्य बनी गरे खुला तपसीले जुन काव्यको कला । मनले सब त्यो गमेँ पनि फिर बोले मुसुकाउँदै मुनि ॥ र अघी देख्नासाथै मकन, सहसा भक्तिरसले भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले । मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित सबै छाती खोली कविवर ! बतायँँ तिमिसित ॥ ३ रहँछू कस्तो वा कुन किसिमको यो म तपसी सहेँछु, भोगँछु कति कति कुरा आसन कसी । बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥ 1 म मात्रै के ? मेरा अगणित सबै बान्धब जति तपस्या यै गर्छन्‌ सहिकन इनै कष्ट फजिती । धरित्रीमा यस्ता बिविध नभये धीर तपसी खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥ २ भयैथ्यो यो पैले जुन बखत भूगोल-रचना बसेका हुन्‌ बस्ती उस बखत हाम्रा सब घना ! भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि 'बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ४ तरुण तपसी : ११५ 2 पछी हामी प्यारा विविध उनका सन्तति भयौँ धरामा बिस्तारै क्रमसित सबै फैलिन गयौँ । बढ्चौँ डाँडा-काँडातक सकल छोपी अलि दिन पछी घदतै आयौँ नियतिबश लाग्यो र कृदिन ॥ ७ विधाताको हाम्रा उपर करुणा-गौरव छँदै धरित्रीमा अन्धो मनुज-कुलको जन्म नहुँदै ! बितेका हाम्रा ती शुभ दिवस यद्ढा शुभ घडी थिये मानू भाग्योदय-जनित बुट्टा फुलजडी ॥ सः पछी उस्ले अन्धो मनुज जहिले सिर्जन गरयो बहाँदेखी हाम्रो सकल कुलमा संशय परयो । घटचो आयुर्दाको अवधि, भयको सङ्क्रम भयो कठै ! हाम्रो हत्या उस मनुजबाटै शुरु भयो ॥ ९ खुला यद्ढा नाङ्गा विकट पट मैदान छ जहाँ धरित्रीको छाती अपढ दुनियाँ चिर्दछ जहाँ । वहाँका बासिन्दा अघि सब उनै बान्धव थिये जथाभावी जस्को. मनुजहरुले जीवन लिये ॥ १० धरा प्यारी छोरी, प्रकृति जननी खास, उनले दियेका, छोरीका उपर खुशि भै शुद्ध मनले । - थिये नानारङ्गी विविध तपसी-रूप गहना उतार्दा ती सारा मनुज गनियो मूर्ख क्मिना ॥ ॥ ७ सहन्छन्‌ जो बाधा मनुज, उस भन्दा शतगुणा सही चर्को बाधा जलदसित मागी जलकणा । धराको बर्षेनी ज्वर मथर गर्ने सब इनै तपस्वी हुन्‌, यंस्ता सुर-असुर छैनन्‌ अरु कुनै ॥ ११६ : एकोनबिंशति विश्वाम १२ हुरी, आँधी-ब्यारी, विकट हिम-वर्षा र असिना कडा लूको धक्का, तरतर लगातार पसिना । सहन्छन्‌ सम्झन्छन्‌ उस कठिनताको परिणति तपस्वीको एकै व्रत छ दुनियाँको उपकृति ॥ १३ सदा त्यो निस्स्वार्थी व्रत नियम थामी अटल भै रही ठाडै नङ्गा किसिमसँग ती बान्धव सबै । सहन्छन्‌ जो चर्को तप-विषयको कष्ट कसला कठै ! उस्को दिन्छन्‌ प्रतिफल करौँती र बसिला ॥ १४ गरी : कब्जा लोहाउपर उसका शस्त्र ननिका निकाली त्यैद्वारा तप-कुसुमका मञ्जु कलिका । जथाभावी तोडदै मनुज-कुल . सर्वत्र छरियो अबादीको चारैतिर चहकिलो रङ्ग भरियो ॥ १५ त्यही बढ्दो चढ्दो मनुजहरुको रङ्ग-रसमा गयो डुब्दै डुब्दै विपुल कुलको वृद्धि-सुषमा । रहे बाँकी थोरै, हरकिसिमको छेदन-विधि खडा भो, साथै त्यो नगिच नगिचै मृत्यु-परिधि ॥ १६ ठूला सोझा सोझा जरठ तपसी बान्धवहरू कटानीको टाँचा हृदयबिच हेर्दै धुरुधुरु । रुँदैछन्‌, ढल्दैछन्‌ उपकरण लाखौँ थरि बनी जगत्‌को गर्दैछन्‌ हरकिसिमले मङ्गल पनि ॥ १७ कसैका देखिन्छन्‌ शिर विकट नङ्गा र मुड्ला कसैका काटिन्छन्‌ कटकट कठै ! हात डुँडुला । कसैका ताछिन्छन्‌ कमर, बिचरा रक्तमय छन्‌ तपस्या त्यो कत्रो ? तदपि सब आनन्दमय छन्‌ ॥ तरुण तपसी : ११७ १्‌द जटा, मास्‌-छाला सहित हितको जीवन पनि जथाभावी तोडी, अति कठिन हडडीतक पिनी । कसैलाई गर्छन्‌ मनुज खलमा खूब खलल लिनालाई भित्री कठिन तपको अद्भुत बल ॥ ॥ 9 यहाँ जो जो बस्छन्‌ घर, महल वा गोठ, झुपडी कुटी, पाटी, पौवा, मठ, विविध शाला, कचहडी । सबैमा यै हाम्रो कठिन तपको अन्तिम कला म देख्दैछू धेरै किसिमसँग त्यो गर्छ सुकला ॥ २० कडा ग्रीष्म-ज्वाला जुन बखतमा खप्न नशकी तपस्वी कल्पन्छन्‌ जलदतिर हेरी जल ढुकी । कठै ! त्यै वेलामा अझ विकट हालाहल सरी डढेलाको ज्वाला मनुजहरु दिन्छन्‌ हरि ! हरि !! ११८ : एकोनबिंशति विश्राम २१ कडा ती कालैका अति कठिन जिभ्वामय तिखा दगुर्दा बस्तीमा उस बखत दावानल-शिखा । हुँदो होला त्यस्ता अटल तपसीको कुन गति कठै ! त्यो हत्याको मनुज कुन सम्झोस्‌ परिणति ? रे२ हवाले दन्केको उस दहनको त्यो लपलपी सहन्छन्‌ वर्षेनी तिनिहरु तिनैको हित जपी । तमासा त्यो देख्छन्‌ मनुज, तर छन्‌ पत्थर सरी महत्ता को सम्झोस्‌ तप र तपसीको ? हरि ! हरि ! क 0० ४७0१ रर यती भन्दाभन्दै तरुण तपसीका वदनमा प्रभा अर्कै दौडयो, सकल बदले रङ्ग छिनमा । म हेर्दैछु, सारा तन किरण-रेखामय भयो ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥ तरुण तपसी : ११९ २४ बिहानैको चीसो पवन बहनाले सिरिसिरी खुल्यो आँखा, देखेँ सबतिर उज्यालो मिरिमिरी । उही चौकीमाथी विजन पथको त्यै रुखमनि रहँछु त्यै कापी,, कलमहरुकै साथ म पनि ॥ रेश उदेकायेँ, फेरी उपरतिर हेरेँ टुलुटुलु अहो ! हेर्दाहेर्दै मन मननमा भो ढुलुमुलु । बिलायो त्यो कालो सकल अघिको संशय-निशा रँगायेको देखेँ तप र तपसीले दश दिशा ॥ २६ बिजन वितत पन्था धन्य, त्यो वृक्ष धन्य, उस तरुबरको त्यो फेदको वास धन्य । अविचल तपसी ती धन्य, त्यो सूक्ति धन्य सतत मनन उस्को गर्छ जो, त्यो छ धन्य ॥ समाप्त -१२० : एकोनविंशति विश्वाम सामा प्रकाशनका केही कविता /काव्य अतिरिक्त अभिलेख अराजक अक्षरहरू असमर्थ श्लोक अस्वीकृत एउटा अर्को बुइँगल एक फूल अनेक पत्र एक्लो विजेता कठघरामा उभिएर काँडाका फ्‌लहरू केही गीत केही गजल घाउमा हरिभक्त कटुवाल चिसो छुटेका यादहरू दाजै ! कविता गाउँमै छ नफुलेका फूलहरू नरमेध निर्माणाधीन सडक पञ्चदशिका पलकभित्र पलकबाहिर पृथिवीमाथि आलेख भ्रष्ट संवेदना मन र मोडहरू मृत्यु-कविता लक्ष्मी कवितासङ्ग्रह वीरकालीन कविता शाकन्तल (महाकाव्य) समसामयिक साफा कविता साम्गा कविता सूर्यस्नान सृष्टिकर्ता हरि अधिकारीका कविता हाडमासुको पहाड हिमालचुली ।सङ्कलन) दिनेश अधिकारी बिजय सुब्बा राजव उपेन्द्र श्रेष्ठ सं. कशघ कृष्णहरि बराल पुरुषोत्तम सुवेदी विष्णृविभ्‌ घिमिरे मन्‌ ब्राजाकी कालीप्रसाद रिजाल कणाद महर्षि बालकृष्ण सम वियोगी बृढाथोकी भुपाल राई क्षेत्रप्रताप अधिकारी खुमनारायण पौडेल शङ्कर थपलिया अनु, भरतराज पन्त मञ्जु काँचुली गोपाल पराज्‌ली राजेन्द्र पराजुली दिनेश अधिकारी मञ्जुल सं. चुडामणि बन्धु सं. दयाराम श्रेष्ठ लक्ष्मीप्रसाद देवकोटा सं. डा. तारानाथ शर्मा सं. चुडामणि बन्धु कृष्ण प्रधान मित्रलाल पंज्ञानी हरि अधिकारी शिव अधिकारी सं. ईश्वर बराल म्‌ल्य रु. १०५.०० 5375 मुद्वक : साका प्रकाशनको छापाखाना, पुलचोक, ललितपुर, फोन : ५५२१०२३, फ्याक्स : ५५४४ २२३६