नेपाली अभिलेख

स्वतन्त्र हो मानवता रे !

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

स्वतन्त्रता हो मानवता रे !घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ?कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे !सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !”धेरै बोल्छन्, थोरले बुझ्दछ,दासता हो मानव चिता रे !स्वतन्त्रता हो मानवता रे !
युग युग कोटी मानव उडेथे लाउन यसको पता रे !तर यति मसिनो यो छ उज्यालो, भूमा स्वर्ग ज्यथा रे !सूनसान नै यसको बाटोझर्छ जहाँ छ मरमिट माटो,ममता यसको समतासँगमाढाक्दछ जागृत जनता रे !स्वतन्त्रता हो मानवता रे !
मिथ्या पूजन गर्छ निरन्तर यसको शोषण प्रथा रे !वर्गस्वार्थले यसको अर्थ विकृत पारे, बटारे !मानव मानवप्रति जब मानव हुन्न, हुँदैन पता रे !सन्तुलनमा ताराहरुको झल्क्यो पहिले यता रे !स्वतन्त्रता हो मानवता रे !
खिच्दछ नरले नर–वानरझैं फन्को लगाई गलामा,किन्दछ मानिस मानिसलाई चतुर बनेर कलामा,बायाँ करमा रोटी समाऊ, दायाँ करमा तरबार,भोको उदरले भगवान् बोल्दछु, काँप्दो मुटुले अवतार ।व्यक्ति, विचार छ अर्थ स्थितिमा नित्य अवस्थित क्यारे !अदृश्य जानी हाल्छ फटा’ रे !स्वतन्त्रता हो मानवता रे !
कब्जे तिमीले शस्त्र र औजार, कल र कोदाली कुटा रे !भोक र रोगले दुनियाँमुठीमा पिस्छौँ मुष्टि बटारे ।समष्टिका हक व्यष्टिले टारे पाउँछ कसले था’रे !स्वतन्त्रताको सच्चा मुटु तर समता, मानवता रे !स्वतन्त्रता हो मानवता रे !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)