नेपाली अभिलेख

प्रभुजी, भेंडो बनाऊ

कविता

ज्यादै थाकेँ हे ईश्वर !भेँडो बनाऊ मलाई ।
यो शिरको धराप- जो हो मेरो घरयो विचारको शराप-यो जान्नाको पाप-यो अन्तःकरणको हृदय ज्वालक नापयो खसूँला भन्ने तीन किसिमको तापयो चढ्ने रवाफ ।यो जवाफदेहीको अभिशाप ।
भो ! भो ! मलाई चाहन्न दिव्य रवाफ !फेरि मरणपछि कुमारीचोक बहीखाता साफमीठो मस्त !जानवरी निरुत्तरदायित्व मलाईभगवान ।बेकोदाली-जीवन न कि परिश्रमको शरापमीठो भन्नु चुरुम चुरुम आफैँ फल्ने घाँस ।
किन यी चौरासी व्यञ्जन ?नकली जिभ्रो ?नकली कान ?एक सिँगाने नाक निमित्त यत्तिका अत्तर ?झूटो कल्पना निमित्त वेदव्यास र लाखन-लाखन, शुक बहत्तर ?अँध्यारो अज्ञानको साह्रो खेती !शरीर जोती जोती ?यतिका आँसु यतिका क्रन्दन बेकाम !यत्ति हाँसो हिलहिल परिवर्तनको !हर हर चितामाथि ।
यत्रो छकावट ? यति तार बनाई ?सुन, मेरो भनाइ !बलियोले खाए खाऊन, मलाई ज्ञान नआऊन्सच्चा साधु भेँडो छ !सादा स्वाद हरियो हुनाले, परमेश्वरको निन्दा नगरोस् आमाचाहनाको गुणन गरी लुगा नचुन्नु परोस्लुगा नबुन्नु परोस्, उम्रोस् आँग भरीलडूँ म सीँगले,आध्यात्मिक समर नहोस्काल होस् सजिलो,न कि नास्तिकको अणुवत् ध्वंस-समष्टि ज्वलननतानूँ लहरा नगर्जुन् पहरा, दुःखको प्रदर्शनभित्रजीवनकाठ बनाउन कृत्रिम झूठो बुद्धि उडाइ विचित्रभविष्यले नडसोस् ।
भूत विद्या बनी सीँगमाथि नबसोस्,सभ्यताको धराप नउचालूँ, नउडूँ यथार्थ छोडीआदर्शहरूतिर आत्मा नखसोस् :भ्या भ्या भन्दा मीठो गाना, नकली तारहरूमा नबनोस्पाठाको प्रेम गरुँकेवल पितृभाव प्रभूको मिलोस् ।
यति मात्रामा मात्र,मरे मरिगो' परमेश्वरको इच्छा !सुँघ्दा छैन- जीए दूध नसुकोस् त्यति बेलासम्मजब तक उसको आँग हुँदैन भरी,अथवा घाँस कडा नहोस्आफैँ खाने नबनोस्—डाक्टर बोलाउन नपरोस् ।
भयङ्कर काली बोक्सी कलातिर प्रकृत मेरो आत्माकहिले नदुगुरोस्साधुजस्तो शून्यतिर नहाम्फालूँअथवा कृत्रिम कल्पनाले—जादूहीन सत्यबाट रङ्गी चङ्गीबाङ्गा जादू ननिकालूँब्राह्मण नबनूँ अरूको पाप पखाली खानमैलो पानीधर्मात्मा झैँ पापहरूको चेत भरिइकन -रौरवतिर पयर न उचालूँ-नसुधारूँ—उवार्न जगत् यो !पुराना—फाटाहरूले न टालूँ,अप्रिय फालूँप्रकृतिको सादा सुन्दर असुन्दर बत्ती,जस्तो जीवन बालूँ ।
मर्दा !मर्दासाधु भन्दा माथि पुगूँ,ब्राह्मण भन्दा स्वर्ग,धर्मात्माहरू भन्दा सुखको वैकुण्ठ,दाग एउटा ननिकालूँदिव्य पशुत्व मलाई प्रभूजीजनी गर झट्ट समाऊ !आऊ ! आऊ !अहिल्यै भेँडो बनाऊ ।०००(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)................................................यहाँ क्लिक करके इस कविता का एक हिंदी अनुवाद पढ़ा जा सकता है।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)