नेपाली अभिलेख

खन खन दिलको खेत

कविता

जिन्दगीको मौसम रहँदै खन खन दिलको खेतबाँझो नहोस् पानी पर्दै चेतन जल शुद्ध सफेद
अनन्त ठूलो सागरबाट घुमी घुमी मौसम आयोखूब फुल्दछ दिलको माटो वर्षाले गान सुनायोइन्द्रिय गोरू शरीर हलोमा बाँधी बाँधी खन खन खेतबिउ छन् जगमा कर्म हजारौं रोप फुलाऊ लह लह खेत
जिन्दगीको मौसम रहँदै खन खन रोप फुलाऊपर्खन्न कसैलाई काल निठुरी हाय यसै ननिदाऊरोप रोप सब बिउहरू अहिले; अन्न फलोस् पछिलाईनरुनु पछाडि आउँछन् जहिले हिउँद कडा तिमीलाई

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)