नेपाली अभिलेख

ज्यापू

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

छाती चिरीकन पृथिवीको दूधचुस्छन् मानिस,दुहुने मै हुँ ।धूप झरीमा आत्मा परिशुद्धबर्ख यी तनी बीसनहुँदो भौँ हुँ !
श्रृङ्गार हिलो, नङ्गा फिलो,आँखा चमचम,आदिम खनुवा,शरीर शिला र कलेजा गिलोचिथरा सिमसिम,एकलो मनुवा ।
धान धापमा रीप छ टापू,कुहिँदो छाना,पत्थर सिरान,तीन पुस्तातक बन्धक आफूपितृ नाना,बन्धक चिहान ।
सम्पत् पित्तलको यो थाली,हाँडी काली,गोल्फू, घैँटो,धुजारु दौरा झिलमिल जाली,चिथ्रे डाली,गोबर गुँइठो
साथी भन्नु कानो कुक्कुर,लुते घाँटी,उपियाँदार ।मालिक भन्दछ कुइँकुइँ थुरथुर,भुक्तछ छ राति,धन–रखबार ।
विवाह स्वपना सरि झैँ पर भो,वायुको बीज,टिप्ला काक,पृथिवी फलाएँ, अरुको घर गो,बलि हो एक चीज,ईश्वर अवाक् !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)