नेपाली अभिलेख

गरीब

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह)

गरीब भन्छौ? सुखको म झैं धनीमिल्दैन संसारभरी कतै पनि।विलासको लालस-दास छैनँ ममीठो छ मेरो रसिलो परिश्रम।
प्रयासको पत्थरमा नदीसरिबहन्छु हाँसी म तरङ्गले भरी।म पोखरी झैं उहि ठाउँ जम्दिनँछ शुद्ध यो जीवनको सबै कण।
निधार मेरो पसिना-जडाउ छमोती तिनैको अनमोल भाउ छ।छ शान्तिको सुन्दर दीप वासमापीयूषको स्वाद छ गाँसगाँसमा।
छ भोक मीठो, रसिलो प्यासछ अन्तमा व्यञ्जनको सुवास।छ थोर आवश्यकता पुगेपछिम बस्छु संसार नयाँ नयाँ रची।
जगत् छ मेरो घरबार सुन्दरआकाश नीलो छ तले मनोहर।छन् रत्न सारा उसमा भराभरछन् चन्द्रमा दीप तथा प्रभाकर।
प्रभात सन्ध्याहरू रङ्ग भर्दछन्र मेघ आईकन दङ्ग पर्दछन्।छ नृत्य राम्रो ऋतुको समागमदृश्यादि पर्दा दिन-रातको क्रम।
परीसरी फूल हिली झुलीकनटप्काउँछन् सुन्दर मोतिका कण।हजार गाना रसिलो निरूपमसुनाउँछन् पत्रविषे विहङ्गम।
छ मख्मली घाँस बडो मुलायमम लेट्छु जस्माथि सकी परिश्रम।पङ्खा छ मेरो वटवृक्ष सुन्दरसमीर हम्कीकन चल्छ सर्सर।
आनन्दको एक कुटी छ झोपडीपुगिन्छ त्यस्मा शिर शैलको चढी।समीरको खेल खुला वीपरिअनन्त आकाश निलो शिरोपरि।
अलग्ग, साधा र अनन्त बीचमाछ एक्लो, निर्झरको नजीकमा।यस्माथि ताराहरु झल्मलाउँछन्शशी हँसीली यसमा उदाउँछिन्।
सन्ध्या यसलाइ सुन्दरपहाड, यी खेत बडा मनोहर।आनन्दमा बस्दछु न्यानु घाममाअनन्त मिल्दछ अन्धकारमा।
बिमान खासा मनको लिईकनम चन्द्र, तारा, पृथिवी घुमीकन।विहारको मोज लुटी लुटीकनफर्कन्छु फेरी उहि रम्य आँगन।
पाई हँसीलो अलमस्त यौवनछाती फुकाई, जलका ठुला कण।पैह्रेर आभूषण, झल्किईकनगुलाब चल्छन् अलि ढल्किईकन।
उद्यान मेरो भरमा परीहरूगुलाब मीठो, फुल नामका अरू।सुगन्धले मग्मग वस्त्र सुन्दररङ्गीनले शोभित छन् भरीभर।
निद्रा सुसारे छ अपूर्व सुन्दरीजादू छ उस्को सपना मिठो सरी।संसार बिर्सन्छु म अङ्कमालमाभाग्छे बिहानै लजिली मनोरमा।
छ साथ मेरो दिन-रात ईश्वरममा यहाँ छैन कतै, कुनै डर।संसार यस्तो रसिलो विषे अहो!मलाइ राख्ने अति धन्य धन्य हो।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)