नेपाली अभिलेख

चुकूल

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.को यो फार्ने,को यो पार्ने
मानिस,मानिसमा अन्तर ?यो हो चाँदी,या हो कागत,–बाट बनेको धूर्त चुकुल,जिउँदो निरन्तर !
ख.यही हो नेता,यही हो विजेता,बाहु प्रबल !मसिनो मुखको,मोटो जीउको
घुस्न सफल !
ग.हे बुभुक्षित !वञ्चित !कुण्ठित !चिरियो तिम्रो दल !लडाइँमा छौ नित्य विफल !
घ.बुद्धि छ बोक्सी,चतुरी,फटाही,सोही चुकुलको चूल !सम्मोहनमा पर्छौ राही
स्वर्ग पुग्ने भन्छौ,उडाई
जादू–कार्पेट,थोत्रो सुकुल !
ङ.सच्चा दिन के शक्ति होइन ?के जनताले राज हुँदैन ?माटोले के घर बन्दैन ?आगो पसीकन,हेरन मोल !अविश्वास हो भयङ्कर भूल !किन हालेका होउ छातीमा,सुनको चुकुल !
आर्तदत हो !किन चिरिएका ?मुटुले खाई,झूठो कबूल ?
च.जनतन्त्रलाई पूँजी राज्दछ !पूँजी विभाज्दछ !नेता भैकन पूँजी गाँज्दछ !हाय !सहेको किन यो भूल ?मिल ए गरीब !मिल ए दीन !मिल ए दुःखी !मिल ए हीन !फ्याँक,उखेल
चुकुल !
छ.यो पहाड हो,खाल्डाबीचको !यो चुकुल हो डँडाल्नाबीचको !तिम्रो भयङ्कर शूल !बेहोश !हटाऊ भूल !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)