क. को यो फार्ने, को यो पार्ने
मानिस, मानिसमा अन्तर ? यो हो चाँदी, या हो कागत, –बाट बनेको धूर्त चुकुल, जिउँदो निरन्तर ! ख. यही हो नेता, यही हो विजेता, बाहु प्रबल ! मसिनो मुखको, मोटो जीउको
घुस्न सफल ! ग. हे बुभुक्षित ! वञ्चित ! कुण्ठित ! चिरियो तिम्रो दल ! लडाइँमा छौ नित्य विफल ! घ. बुद्धि छ बोक्सी, चतुरी, फटाही, सोही चुकुलको चूल ! सम्मोहनमा पर्छौ राही
स्वर्ग पुग्ने भन्छौ, उडाई
जादू–कार्पेट, थोत्रो सुकुल ! ङ. सच्चा दिन के शक्ति होइन ? के जनताले राज हुँदैन ? माटोले के घर बन्दैन ? आगो पसीकन, हेरन मोल ! अविश्वास हो भयङ्कर भूल ! किन हालेका होउ छातीमा, सुनको चुकुल !
आर्तदत हो ! किन चिरिएका ? मुटुले खाई, झूठो कबूल ? च. जनतन्त्रलाई पूँजी राज्दछ ! पूँजी विभाज्दछ ! नेता भैकन पूँजी गाँज्दछ ! हाय ! सहेको किन यो भूल ? मिल ए गरीब ! मिल ए दीन ! मिल ए दुःखी ! मिल ए हीन ! फ्याँक, उखेल
चुकुल ! छ. यो पहाड हो, खाल्डाबीचको ! यो चुकुल हो डँडाल्नाबीचको ! तिम्रो भयङ्कर शूल ! बेहोश ! हटाऊ भूल !