नेपाली अभिलेख

वसन्त

कविता · सङ्ग्रह: भिखारी (कवितासङ्ग्रह) · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क्या ऋतु आयो, भू–इन्द्रेनी शश–पागल !मौरी गुनगुन खग चञ्चल !स्नायु चपल औ मुटु खलबल !
पहिला बत्ती यसरी बलेथे सृष्टिको आदि मिरमिरमा,प्रथम लहरको फिरफिरमा !
शिवले पट्टल खोल्ने काल !गौरी लाली लिन्छ हिमाल !
उर्वशीको प्रथम झलकमा विक्रमको झैं मुटु डल्लो,घाउ बनीकन सूर्य अडेको, टक्क छ,हेरन,अस्ताचलको चुली उपल्लो !
मुनिकी आत्मा पुतली नाच्छे, मुक्त बनी, स्वर्ग भनी,यो अवनी !अमृत–धनी !
कुरकुर लाग्दछ ढुक्कुरलाई,बोल्दछ सार,संसार सबैको केशर–प्यार !
हामीहरु सब आलुबखडाहरुको लच्के हाँगाहरुकोसेता ढोकाभित्र पस्यौंबोल्दा मुनाका कथा जगतेमापरीहरुसँग साथ बस्यौं ।
सुगन्ध–कणी क्या बोकिरहेछन्लहर–लहर !दिलको कोभी फुकी–फुकी आउँछ,छरबर पार्नबास्ना–भुँवर !

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)