नेपाली अभिलेख

अहिलेको क्षण

कविता · सङ्ग्रह: लक्ष्मी कवितासङ्ग्रह

क.अहिले, अहिले, यही, यही क्षणढुकढुक होपरिवर्तनको मधुर ज्वलनकोजीवन–नामा स्पन्दनकोमुटुका कदमको टुकटुक हो
ख.तातो रगतको, जिउँदो रगतको, चल्दो रगतकोभकभक होविश्वको नाडी व्यक्तिको जीवनभित्र घुसेकोभित्र चलेको टिकटिक होयस कलपुर्जाको यो चालू सद्यो अनुभूतचकचक होखण्डित समय गनाउन सानन्द,सचेतताको स्तरमा चल्दोएक लङ्गुरको लुगलुग हो !
ग.पुतली एउटा झल्की, अल्प्योपुतली आर्को झल्की, आयोएक बचेरो आँखा खोल्दछ,एक बचेरो भरखर निदायो,कोही मसिनो कुची घिसार्दछहेरफेर यो कोही निहार्दछगोचर नभको घेरा विकशीवायुयानले बादल फार्दछ,एउटा पाउ चट्ट खसाली,आर्को पाउ चट्ट उचालीकोही चल्दछ, कोही चाल्दछतिनका पदको दीर्घ सडकमाआहट होसूनसानको असीम तटमाजीवन–छालको चिच्याहट होइतिहास कलिको पत्ती, पत्तीफुस्किरहेको फुकफुक हो ।
घ.भूत, भविष्यले लगनको गाँठोमीठो जोर्ने, मीठो तान्ने,तनतन हो,भइसकेको, अनि हुनेकोमिलन मधुर, अनिचुम्बन हो,चैतन्य परीको स्वपना जागी,एक अनौठो नाचको लागिचकचक पयरको छुमछुम होबुद्धिको एउटा समसम होजिन्दगीको चल्दो पलक होपला नटीको उत्तम झलक होसृजनाको एक रमरम होज्यानको मधुर गरम होसमय छालको फेलिन चूली ज्योति चढेको धुगधुग होअतीतको यो अन्तिम धुकधुक,भविष्यको यो यसतिर पुगपुग,वर्तमान ढुकढुक हो,अहिले, अहिले, यही, यही क्षणमिथुन बनेको दुःख सुख हो ।
ङ.‘अघि’ गाडेको यस गानमा,‘पछि’ जन्मेको यस तानामा,अभिनव भाव झुलौना छन्,विधि विविध खिलौना छन्शुरुको बिन्दु छ, स्नायुको सकसक,सञ्चित अनुभवहरुको झकझक !मुटुले केही सल्लाह दिएको,गिदीको जरुरी तार भएको,दृकले लिएको केही नव लख‘मसल’ ‘छु जिउँदै’ भन्दै उठेकोसगबग, सगबग !कुनै किरणले झल्किरहेको पर मञ्जिलको छानो होसजीवताको तराना हो !मुस्किरहेको अमृतरश्मिमा मृत्यु कालो कुकुरको योअश्रुत एउटा भुकभुक हो !
च.रहस्यहरुले केही लरबर,अनिश्चयले केही धरमर,प्रस्थान दशामा पन्छी भुरभुर,उडिरहेको हावामा तर,अडिरहेको, पङ्खमा फरफर,क्षितिज किनारा आँखा तानी, हेर्दो पर, पर ।सुँइट्ट ! चलूँ झैं किरण–चलुर यो,प्रेरणाले मुटुमा कुरकुर !तीखो बोल्दछ बिजुली–चरी यो,झल्याक्क उघारी संसार मिरमिरएक आशाको इङ्गित भरपङ्ख वेगले उड्दछ हुरहुर !छोटो सुन्दर !एक पछिको बच्चा काढी,एक अघिको गुँडको अन्दर !तरल पङ्खको चकचक हो !
छ.यस पलकको उघ्रँदो सुख योअर्को झिमिकको थकथक हो ।अथवा त्यसको धुकधुक हो ।आर्को पालकमा तारो चुकेकोचुकचुक हो वा,त्यो भेटेको झकझक हो ।तर यही हाम्रो ढुकढुक हो ।चल्दो जिउँदो सानो, मानोएउटै लप्का हुन् भुक हो,अनन्त जसमा बल्छ धप्प,अथवा अन्त छ जसमा धिप्प,दिव्य प्राणको धकधक हो !अहिले अहिले, यही, यही क्षणढुकढुक हो !यसको मुटुमा चोखो धड्कननवयुग हो ।

डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)