पानी
क.पानीजस्तो के छ जगत्मा ?पानी !रानी, सब रसकी !
ख.आम्लजन औ जलजनकी यीकस्ती मधुर मिलन !कस्ती तरल मिलन !दुई प्रेमीले संसार बसाएयस जलमा !दुई बिलाई एक बनेथ्योतत्व यसैमा, कोमलमा !प्यारका आँखा चार, बराबर,जल बन्छन् ! जल बन्छन्,दुईटा दिलका दूरालिङ्गन,भावित सङ्गम,बाफ उडीकन, बादल बन्छन् !बादल बन्छन् !दूरी मिटाउन घर्षन्छन् !सम्झनाका बिजुली–लहराविलसन्छन् क्याद्रवाभिपुख ती पानीमा !हृदयले सारा रस नै निचोरी,बाहिर झिक्दा,आउँछन् पानी, नानीमा !
ग.पानी–रानी आइरहिछन्ज्येठको दिनमा गगनमा !धुवा भुवामा, धुवा भुवामा,शानी गतिमा, बगुवामा !घुम्टो डाली,माकुर–जालीपर्दा–नशीन झैं, पर्दा–नशीन झैं, वरुणकुमारी,सुकुमारी !रत्नाञ्चला छन् भारी, प्यारी !वायुप्ङखी चढीरहिछन्, लगाम रोकीपर्वतवारि !पाश्र्वमा छ चाँदीपत्ती कुँदिएको क्याजलझारी !फटिक महलमा भेट्न उमाकनबढ्छिन् उत्तरतिर ती, के ? भन !कोमलताले खुशले चुमिईवनस्थली क्या मस्की !पानी आइन् !कविकी कहानीपानी, रानी सब रसकी !
घ.उत्तर लम्क, उत्तर लम्क !स्वागत गर्छौ नेपाली !खुस्की मोती–पोल्टो, छम्क,झर्र झमटमा गानाको धन,पुलकित तृणमा अफाली !
ङ.पृथिवी परिथिन् विविध कटौरापक्रन, पहिलो वर्षणमा !देश देशका सिमाना सब,नीला, लगायौ तिमीले रानी !प्रथम प्रलयको घर्षणमा !पर्वतबाट खेल्यौ सुरेलीबेल्यौ बनायौ गर्त, दरी !पृथ्वीको यो अनेहार बनायौ,शिल्पिवरी !समतल, अवतल, उत्तल सुन्दर !आरोहण औ अवरोहणकोसङ्गीत सरि !तिम्रा पद, पद, पन्ना उब्ज्यो,हरियो लाग्यो सुन्दरता !सभ्यताले मन्दिर पायो,दुनियाँ बन्यो, भो जग–रमिता !पहिलो भाषा, शब्दको खानी !पहिलो चित्र, नभपट भित्र,पहिलो शिल्प हिमानी !दृगमा रसायौ पहिलो प्रीतिसलिल तरङ्ग हो पहिला गीति !नाच्न सिकेथ्यो चराचरले,तिम्रै तरल पयरले !पानी ! पानी ! जादूगर्नी !सभ्यता हो तिम्री छोरी !तारीफ तिमी छौ दिशि दशकी !पानी ! रानी सब रसकी !
च.लहडी नानी !ए पानी !वसन–गुलाफी, श्रृङ्गार–सुनौली,उषालु वेला,दिव्य गगनमा, क्या स्वर्बाला !अनुपम, नौली !करबाल लिएकी बिजुली, चमचम,वर्षा–समरको भूमि गगनमा,हाँक्दा वीरा रुपौली !आँधिकेशर आरुढा तिमीकालो कराली,सङ्क्रान्ति–कालकी गजौंली !बीभत्स–स्वरुपिणीमाबष्यौंली !पुस्करिणीमा शान्तरसकीस्वर प्रतिविम्बी दर्पण निश्चलसाधु उरझै्र झल्कौली !उत्तुङ्ग शिखरमा वसुन्धरातिमी तपस्विनी ज्ञानी !सेती, फटिक हिमानी !पार्वतीकी रोगन शानी !उच्चताकी अमर कहानी !ध्यानी !शिवकी प्रिया छौ,स्वर्णदीपिका भाव–शिखरले पूजा गर्दीशङ्कपद अभिमानी !ए पानी !
छ.बुरबुर चीनी सल्लाघारीहरुमा रातिबुट्टा जाति, बहुभाँति !सुस्त हवाको चलनीद्धाराछिर्दै, मधुकर मैदा झाछर्यौ !एकान्तलाई पाउडर लगाई,सफेद सिंगाछर्यौ !पर्वतबाट हाम्फालेर,समतल सम्झी,माइती जाने बाटो वेलीनूपुर पछाछर्यौ !चल्दाचल्दै बाटामा तिमीपलपल उपल, उपलमा कोमलचाँदी–बेली सिंगाछर्यौ !ढुङ्गालाई बोल दिईकन बुलबुल पाछर्यौ !अथवा, चिसापानी गढीमा,हिउँका पुतली फुरफुर झाछर्यौ !अथवा सुन्दरताको स्वपनारँगिलो धुनमा लच्का माछर्यौ !अथवा तीतरपङ्खहरुलेव्योम बराबर सुन्दर सिंगाछर्यौ ।अथवा, एकली वाष्पिल तरणीनीलो दधिमा विहरी तछर्यौ ।अथवा, बेरी इन्दुलाई सौन्दर्यक्षुधाले,मस्त सुधाले,भूवातनका स्नायु लस्दी,विस्मृत गति भई क्षणभर बस्दीअमृतगोला छाती हालीचकोर भूचर डाहा भछर्यौअहिले तहतह चाँगीचाँगीहाँगा हाँगीपत्ती कुँदेकी, चमकी चाँदी,दक्षिणबाट उताछर्यौ !अस्पष्टताकी मोहनी बन्दाहेमन्त–कुहर भै क्या झछर्यौ !अथवा सानो पुत्लो मन्त्री ,उपत्यका नै क्या भछर्यौ !पहाड पाखा–पटुकी भे वा,कोमल मलमल क्या बेछर्यौ !साँझ, बिहान, स्वर्गका लहँगा,रँगरँग ठाटी, क्या धछर्यौ !गरीब शब्दावली नै अड्छेआफै झस्की !पानी ! रानी सब रसकी !
ज.फूल–जरामा पस्दी रानी !पूmल–कोपीमा बस्दी रानी !शीत–विन्दुमा खस्दी रानी !किरणहरुमा लस्दी रानी !हे महाध्र्या पानी !
झ.ढुङ्गा अजङ्गकाबोकी, वम्का मारी दम्कीभूमा धम्की,वृक्ष उखेडी ढयाम्मै पारीखाडी डम्की,उम्किन्छयौ जब उग्र गतिले,मच्चाईकन भीषण उत्सवबाढी गौरव !रिसले उर्ली,फींजका फौज बटारी, हुरली,क्रान्तिनादिनी वेगकी कालीहेर्दछु केवल, रसनाबद्ध,उग्र प्रशंसा पाली ।जब हे ! पर्वत–छाm उछालीहान्छयौ धराका ठोस किनारा,सारा !‘पोथी क्रोध’ म भन्छु तिमीकनभीमा भामिनी !ध्वंसकी दामिनी‘माता’ भन्दछु ‘सब रसकी ! ’पानी ! रानी सब रसकी !
ञ.सागरकी काली !सागर–नीलोहिउँकी गौरी !वज्र–करा !पर्वत–शिल्पिनि !ध्वंस–प्रजल्पिनि !वर्षा–विलपिनि !छाँगा–छहरा !देवि ! तिम्रो रुप छ अनगिननाम अनन्त छ पारावार !माई ! धाई !वर्णन गर्न तिम्रो आज,सक्तिन हाई !केवल गर्छु नमस्कार !
ट.तर सबभन्दा तिम्रो महिमामानवीय दुई नानीमा !प्यार क्षारकी सिन्धु हे विन्दु !विश्वगोला बनेर अटाउँछयौ,दृगनानीमा ! दृगनानीमासृष्टिको मुटुको रस भै आउँछयौझछर्यौ कविको कहानीमातब सरस्वती वीणा रोकी,क्षणभर हेर्छिन् जिल्ल परीकन,पानीमा !विन्दु झिल्किंदो नानीमा !
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)