जीवन
बिउँझी रोदनमा कलिलोमधुरो उषाको मोहनीमा।बैंस-वसन्त विहार सपनाकुसुमाकरको ध्वनिमा।।
प्रेम चकोर, जुनेली जादू,शराब नशामा, चमक नजरमा।सुन्दरमा सब, विशाल विलासीसुखमा, कोमल स्पन्दनमा।।
नव नव झल्का, देश बिरानाअभिलाषाका उच्च उडान।अौपन्यासिक रङ्ग र लहरीहलुका मुटुको हलुका गान।।
कर्म-क्षेत्रको जोश नवीनवस्तुहरूको जोख र तौल।पयर दुवैका भरमा निर्भरचौडा जगत स्वतन्त्र मोल।।
रङ्ग उडेको कटुता, फोस्राआशाहरूको छारो चोर।चिन्ता, शोक, वियोग, बढेकानहुँदो शिरमा तर्क अघोर।।
सिर्जनाको जाल विलासीआफैं जेली आफैं हार।फुल्दो शिरमा हिउँद, तुषारोथिचीरहेको जगव्यवहार।।
बढ्दो चेत अकेलापनकोबिर्सिसकेका सपना साज।उदासपनाको छाना नभ नैशोक, विषाद, बिराना आवाज।।
जपमालाको आखिर भरमाधरमर पयर जराको कम्पन।आँसुभरी नजर निमीलनविचित्र नै छस् हे जीवन।
डाउनलोड: EPUB मूल पाठ (TXT)
स्रोत: Kavita Kosh (kavitakosh.org) · सार्वजनिक डोमेन (असत्यापित)