(नेपालमा प्लेन दुर्घट्नामा परेका बालबालिकाका प्रति) क. दउगका तारा ! बाबा ! बाबा ! कलिला, उज्याला सुनगाभा ! पृथिवी झरेका स्वर्गका फूल ! हाय ! गयौ नि ! हाय ! निभ्यौ नि ! वायुयानको दुर्घटनामा, फुस्की सानो कील, चुकुल ! त्यो चुकुल हो ! विधिले ठोक्यो हाम्रा मुटुमा, हाम्रा मुटुमा ! जीवनभरको शूल, हरे ! जीवनभरको शूल ! ख. वेदना भै, अतिशयिताले आफ्नै, मूक ! जीवन बन्दछ क्षण–क्षण सिङ्गो, क्षण–क्षण टुक ! सिङ्गो बन्दा सचेतता नै तर्सी उठ्छे निशासी ! टुक्रा बन्दा, कणी, कणी छौँ, ताता जलका, मुटु–वासी ! दिइरहेछौँ अँजुली, पलपल ! स्वर्गमा तिम्रा कञ्चन आत्मालाई बाबा ! शान्ति मिलोस् ! नित्य, अटल ! ग. वज्र चट्क्यो ! आगो सल्क्यो ! आशा–उपवन भयो सखाप ! भस्म ढेर भो कोमल कुड्मल— —हरुको किरणमुखी, कलकल, चञ्चल, सुगन्धी उछलाव ! ध्वस्त, ध्वस्त, प्रणष्ट भयो अशोकवनझैं जीवन हाय ! विस्फोटित विधु, प्रलायान्त, विखण्डित, छरिई, खण्डहर पृथिवी जननी, उर–दग्धाको कृष्ण सतहझैं हरीतिमा–मृत अस्तित्व छ हाय ! कस्तो गरेछौँ अघि हा ! पाप ! घ. विविध जुहारका धनी थियौँ जो राजारानी रङ्क भयौँ ! तातो पानी, पङ्क भयौं ! राजसी ए ! पूmलबारीका स्निग्ध हातका मृदुल सिहार ! सुकुमार ! दृग–किरण खुशिला ! प्राण–पवनका स्पर्श–हँसिला ! शवनम–रसिला ! उच्छाल–उज्याला, मन लहरीमा ! कोमल–दार ! घुँक्का, सम्झी, बिउँझी उठ्छन्, यी वन गिरिले देख्न नपाउने, स्फटिक तालले राख्न नपाउने, दिनले फेरि देख्न नपाउने, तिम्रो अकुटिल, देव–मुहार ! झलमल, झलमल स्मृतिको किनार ! अतट छ हाम्रो ! दुःखको यो तूफान–विघूर्णित पारावार ! ङ. मुस्कानहरुझैं दृग–जलले पोषिएका, कुड्मलले, जल्नुप¥यो नि ! बाँच्छौ बोट उल्टो विधिको हात हरे ! कम्र्मको खोट ! च. मातृभूमिमा चुम्दा, चुम्दै, स्वर्गले झिल्की बोलायो ! क्रुर स्वर्गले ! क्रुर स्वर्गले ! पृथ्वी, लायक छैनन्, तिम्रो निम्ति, भनेको होला यो ! छ. ठक्कर खाँदा, तस्र्यौ होला ! बष्र्यौ होला ! ए लाचार ! हाली अँगालो रोयौ होला, आत्ती, आत्ती, पसिना–धार क्रन्दी, देख्दा, धूलो, बबन्डर हाहाकार ! ‘आमा’ करायौ ? वा, ‘हे भगवन् ! विश्वाधार !’ मृत्यु, कथाझैं दूर, कुइरोझैं, आगोको ली भीषण मुख तब पेट्रोल–टङ्गीबाट उठेर, गज्र्यो होला, आखिरकार ! बाबा ! बाबा ! मुटुमा फुट्छ भक्कानो नि ! सम्झी सम्झी तिम्रो दशा, सुकुमार ! काँढाले तक नकोरिएका, बालक, कोमल, हीनाधार काल भनेको नसुनेका, कथा गुनेका, पृथिवी दुःखी नचिनेका ! कमिलाका फुल चाँवल खाने, कोमल करले बिनेका ! कसरी सम्झौं ? मुटु फुट्छ ! पागल चिच्यावट उठ्छ ! अविरल धारा जल छुट्छ ! ज. बाबा ! बाबा ! हावाहरुले, हुइँहुइँ गर्दा, तर्सन्थ्यौ ! लुटुक्क काखमा निहुरन्थ्यौ ! यस छातीमा बाहिरी जग नै, आँखा चिम्ली, बिर्सन्थ्यो ! स्वपनामा पनि रुप भयानक, देख्दा, तिमीहरु तर्सन्थ्यौ ! तिम्रा स्वपना मीठा पार्न, हामी निशिमा चुम्बन दी, दी, स्नेह अगाधले निहुरन्थ्यौ ! सुते, बराबर बिउँझन्थ्यौँ खेल बीचमा, हलुका इच्छा कुँडिँदा तिमी जब चिर्रन्थ्यौ ! हामी, मुटुमा थर्री, थर्री, दगुरन्थ्यौँ ! चुपचाप कस्तो म्वाइँ दिन्थ्यौ ! लिन्थ्यौ ! बाबा ! बाबा ! हामी अभागीहरुको होश र सेवा पुगेन ! नत्र तिमी किन बिर्सन्थ्यौ ? झ. सम्झ्यौ मुमा वा ! सम्झ्यौ बुबा वा ! डग्दा डगमग जग–जग, देही गर्दछ आमा–बाबु याद ! लाचारीमा अन्धताले राखिरहिथी, बाबा ! बाबा ! बाबु र आमा, दुवै अभागी ! चिम्लनलाई आँखा विधिले, झुठा आशाको दी नाद ! हा ! लाचारी हा ! लाचारी ! सर्वस्व दिनै पनि इच्छुकहरुको भारी ! लाचारी !— मानव–पितृको, यस पृथिवीमा, विधिका सामु अत्याचारी ! कुन भाषाले गर्दछ जारी ? —लाचारी ! रुन्छन् यहाँ ती, चिरिँदा, धाँजा, कलेजा, कलेजा बटारी ! कँटिली छन् यी, मटिली छन् यी, हुँडिली छन् यी पृथिवी ! फूल झरेका थोत्रा रुखहरु रुँदै खडा छन् यिनमा, वज्रपातका दुर्दिनमा ! पर्वत–छातीमा खत छन् बाबा ! घाउ घाउ छन् भूतलभर ! केवल जलले अविरल गाना गर्दछ खोँच बनाई ! नागिनीले उरमा डस्छे आकाश पिताको हाई ! निधार ठटाई, घोप्टी हेर्दछ जगलाई ! जलका आँखा, जलका आँखा मात्र जुझ्छन् डबकाई ! प्राण रुन्छन् यिनका, मँडरी, बालविहतझैं, क्रन्दनमा ! हावा यिनका यहाँ ई ! ज्वालामुखीका लाभामाथि, पृथिवी, ज्वलिता अन्तरमा, हरीतिमाले मुहार सिँगार्छिन्, फूल उमार्छिन् ! बाबा ! मृगशावक सब बाघ बिचेत छन् लिँदा खुशीका उफ्राइ ! भीषण बघिनी विधिले हाय ! चबाई तिमीलाई ! ञ. ए पेवुलका जल–बुलबुल, चाँदी–रसना चञ्चल ! बाफ भयौ ! वरदान बनीकन आएथ्यौ ! श्राप भएर गयौ ! ट. हाय ! तिमीहरु आमा भएनौ ! हाय ! तिमीहरु बाबु भएनौ ! पितृवेदना, वियोगबीचमा, सहने छैनौ, सहेनौ ! आँशुका घुट्का भाषाविनुका कहिल्यै पिएनौ ! पिएनौ ! आमाबाबु हुनको पीडा, स्नेहवेदना, नभको, भुको, बुझेका थिएनौ, थिएनौ ! मुस्की नयाँमा । फुस्की बास्ना ।। जिस्की हवामा । पृथिवीलाई सुख–उपवनझैं चहारी, विहारी तृप्त थिएनौ ! जादूजाली डाली जगमा, चिन्ता लेश लिएनौ ! इन्द्रेनीको राज्य भनीकन, कुलिश–सचेत रहेनौ ! नख चञ्चुलोहिता प्रकृति न देख्यौ, बाज न, गिद्ध न, बाघ न, चील ! श्याल न, सर्पको विल ! प्रौढहरुको मम्र्माहत दृग जलको जहर पिएनौ ! बिपना, स्वपना सँगसँगै चाल्यौ ! तोतेली स्वर्गमा पृथ्वी ढाल्यौ ! शूल छिपाई मुस्किन लायौ हामीलाई ! सुख मान्न सिकायौ हामीलाई ! करको कोमल शीतलताले मलम लगायौ प्रौढहरुको ब्रणलाई ! शान्ति बनायौ रणलाई ! आशावादी मरणहरुलाई ! तर हाय ! तिमी नै अन्तध्र्यान ! तारा–ज्यान ! काँप्दछ हाम्रो प्राण, काँप्दछन् हाम्रा आशा, हाम्रा ज्ञान ! असह्य हुन्छिन् पृथिवी फेरि, अनल समान ! अनल समान ! ठ. पाएनौँ नि प्यार यथेष्ट गर्न तिमीकन, रत्नहरु ! विफल भए सब शुरुदेखिका, प्राणहीन छन् प्रयत्नहरु ! तर्साउने यो घर भो ठूलो आकाश छद ! छाया सारा, मानिस, बस्ती, वस्तुहरु ! दुई आँखा छन्, नखलिस्तान, शेष रसका याद भल ! सन्नाटा अब गर्दछ बास, जहाँ देवदूतको मीठो खलबल ! ङ. तस्वीरमा छौ ! एक छिनको तिम्रो जीवन झलकिन्छ ! निमेष जहाँ एक छायामाथि उड्दा, उड्दै अडकिन्छ ! केवल गह यो डबकन्छ ! बोलन ! बोल ! मौन छिचोल ! मधुर अधर ती खोल रोउन ! हाँसन ! चलन ! ए ! उछलन ! ढल्कन ! डोल ! पलक उचालन ! पलक ओरालन ! ताजूबीले चौडा आँखा पारन ! खोलन ! खोल ! अथवा रोउन, इच्छा कुण्ठित, आँशु झार ए अनमोल ! तोते कुराले कम्प अनिल अलि ! बदलन मुद्रा ! मुख खोल ! अनन्त निद्र आई छोपी आह ! तिमीकन ! सुत्छौ निश्चल, शब्द न सुन्छौ ! सकल अबोल ! ढ. वेद स्नेहका ! सत्यका रक्षक ! जगताधार ! कोमलताका लताका पुष्प ! बिस्र्यौ आमा, बिस्र्यौ बाबु, बिस्र्यौ संसार ! ण. कोही बच्चा कराइरहेछ झप्रोमा त्यो नजीकमा ! सारा बच्चाहरुमा घुसीकन बोलिरहेछौ ए बाबा ? बाँचिरहेका बच्चाहरुको सामूहिक एक आत्मा गर्छ, “आमा–बाबु !” पुकारा ! एक झझल्को, एक छचल्को जलको, आँखाको यो फाँद बनाई पृथिवी ढाक्ने अरु बाबाका, अरु आमाका, हृदयहरुमा हृदय घुसाई, हामीलाई, गर्छ विचित्र, दिलामा सदृश, अन्तिम एक इशारा ! त. आँखाका जल खोज्दैछन् अझ, ढुँढ्न तिमीहरु, झर्दै छन् ! बच्चा गुमेका आत्मा चरी दुई प्रश्नले जग भर्दै छन् ! रातका आँखा कोर्दै छन् ! पृथिवी हुन् यी कस्ती डल्ली ? के हो यो संसार ? नाशपाती घुमाइरहेछन् ज्योतिहरुले किन यी हजार ? कसरी आउँछ, कसरी हराउँछ, मानव कोपिला, बास्नादार ? आकाश बनाई ढकनी नीलो, कसले छोप्दछ , किन संसार ? थ. छैनन् मरेका भनन ! ए तारा ! तिमीझैं सारा सुन्दर थिए ! ज्योतिका मीठा मन्दिर थिए ! छन्, छन्, ती छन् ! लुगा फुकाली, नाङ्गा हुन्छन् केवल ! शिशु–तारा–दल ती ! तारादल ! नन्दन घुम्छन् ! झिम्की, चम्की, साना, नाना ज्योतिका नाना लगाई, अमर छुरछुर गर्छन् ! जलबिन्दु धराका, आपूmपछिका, आपूmतलका, सम्झन्छन् ! द. के ती हामी दुःखीकन सम्झी कहिल्यै रुन्छन् ? होइन, होइन, ती नाताभन्दा ज्यादी पर छन्, मुस्कन्छन् ! पृथिवीको यो बाफ हो जलको वातावरणमा केही दूर ! यी पग्लन्छन् ! यी पग्लन्छन् ! तर ती त्यसका माथि उठेका सँग्लन्छन् ! स्वर्गका देउता, तिनका आँखाबाट झरेका, सुखका कनिका टिप्दै जिउँछन् ! हामीहरुकन भेट दिनेछन् ! दिन्छन् ! थाहा छ तिनीकन, दुई मूर्ख परेवा —माऊ गुँडमा रुन्छन् ! चुम्बन फँकी भन्छन्, “न–रोओ ! तिम्रा पनि ता क्वै दिन छन् ! आमा–बाबु पनि त धराका बादलपारि, आँधीपारि, बच्चातिर, पछि उत्रन्छन् !” ध. यत्ति कल्पना, यत्ति भावना, आशा हुन्छे, बुझाउँछे मन ! शीघ्र देखियोस् लैजाने पाल, तरुणी निकट होस्, रे प्रतिक्षण ! शेष समयको माग पु¥याउन, भार वहनमा बस्छौँ ! अनि लहरी जब सन्चो होला, बन्दरगाहको तल खस्छौँ ! भुलभुल आउँछ, भुलभुल आउँछ, पानी मन यो, अज्ञानी मन ! पानी मन यो, बूँदबूँदमा कण, कण ! ज्वलनको सीमा नाघेका ती, अम्लान वनतिर लागेका ती, हाम्रा छैनन्, हाम्रा थिए जो, विश्वम्भरको डर, यो गगनको विशालतामा, चम्कन्छन् ! हरि र रमाले आँशु पुछेका ! नङ्गा आत्मा, कुल्चिरहेका अमरवल्लीहरुका हाँगा पातमा, आँशु पुछीकन भेट्छन् ! “बाबा ! बाबा !” भन्दै उडौँला हामी आखिर ! भेट्न नबिर्स बाबा ! हृदय यहाँ बा बाबा ! बाबा ! काँढा उपरमा लेट्छन् !