क. ‘पाप’ हो है नाम मेरो ! पुरुष बाबा, प्रकेति आमा ! देश नरनारीको घेरो ! मासु मन्दिर, बास खास ! मज्जा खोपी ! मन, चमन ! पन्छी, पशुको छुन्न जङ्गल ! मानवता सिमाना मेरो ! त्यसको इतिहास सेरोफेरो ! ख. नित्य वाञ्छित ! नित्य निन्दित ! नित्य लाञ्छित ! कम्र्म मेरो ! अधिकांश दिलको ओट पाई, ‘मीठो’ भनाई, नाउँ एउटा खोट मेरो ! जाँच सब दुनियाँको अन्तर ! राज मेरो ! दिनको उज्यालोले लुकाउँछ, ताज मेरो ! ओठ झूठाको थकाई आज मेरो ! ‘पाप’ हो नाउँ अभागी ! साथी ! मेरो ! ग. एकान्तमा पक्री मलाई भन्न आउँछौ, “आ न साथी ! डुल्न जाऊँ आज राति !” भोलि बिहान दुनियाँ सामु गर्दछौ गाली नजाती ! नीचता हो पापभन्दा नीच साथी ! इन्कार गरिदिऊँ साथ चल्न, लौ त दुनियाँ बाँचोस् आधी ! नेता बाँचून् ! जेता बाँचून् ! साधु बाँचून् ! अपार सहन हो धम्र्म मेरो ! सच्चा साधु कसले हे¥यो ? गर्दैनन् पूजा रे दिनमा ! ‘पाप’ हो प्रख्याति मेरो ! घ. धम्र्मको गादी चढायौ, बस्दिएँ ! मम्र्म शठका ठुँग् भनेथ्यो, डस्दिएँ ! रौंचिरा पण्डितहरुकन नश दिएँ ! ‘सूक्ष्म रुपले !’ जो भनेथ्यौ रस लिएँ ! बेहोशमा बखर छ दुनियाँ ! खुश रहें ! ‘सुष्टिमा बस्, रँगा !’ भनेथ्यौ ! रँगिदिएँ । ईश्वर ! मेरो पाप के हो ? श्राप के यो ? निन्दा सधैंको ? ठस्किएँ ! ङ. मासुको गुलाफ–बागमा मनु महाराज शैर गर्छन्, लेख्छन् ढेरी ! परामर्शदाता मैं थिए तब ! मेरो निन्दा आज फेरि ? गोल अनुभवलाई चिर्दै धम्र्म, पापै फ्याक पारे ! छाया, उज्याला सृष्टि हो त, छाया हुनाले के बिगारेँ ? मेरा निन्दाले बनून् सब ! हे महाजन ! आशीर्वाद लेऊ घनेरो ! ज्ञान भन्नु, केवल चिन्नु रुप मेरो ! च. विधिको रथको बायाँ पाङ्ग्रो ! काम मेरो निन्दा गर्छ जगत् ग्वाङ्ग्रो ! मै विना अवतार हुन्नन् ! बादल हुन्नन् ! वज्रले भूलाई छुन्नन् ! मै विना, ईश्वर नउठ्छन्, नित्य सुत्छन् ! उराठलाग्दो हुन्छ दुनियाँ, रङ्गविनाको बोधो धैरो ! इन्द्रेनीझैं महिमा मेरो कसले हे¥यो ? पाप, निन्दित अभिधा मेरो ! छ. दुनियाँ खिचडी खान्छ भाई ! मरे मशीहा चिन्नलाई ! ज. के उज्यालो मात्र सुन्दर ? जो अँध्याराले जिलाउँछ ? सृष्टिमा आत्माले, हेर ! माटोको पोशाक लाउँछ ! कामको हुँ दिव्य छोरो ! घृणित केवल नाम मेरो ! झ. कामलाई पाप भन्छौ ? पापका छौ पुत्र सारा पापविनु यो चल्ला जगतेका अविरल धारा ? ञ. काम जल्दा, शिव, उमाका, पाचुके भै गो ? लीला गै गो ? सन्यास लिए पनि शठ थिए शिव ? पुत्र भै गो ! शम्भुलाई पार्वतीले के खिंचिनन् ? नत्र संसार कसरी सर्छ ? त्रिकोण यसमा हिल्नैपर्छ ! त्रिशूल यसमा हिल्नैपर्छ ! इन्दिय्र का म्खु पार्छन् बन्द ? पशुपालक ती मालिकले ? पापधर्म–बुना छन् प्रकृति ! चिन्छन् मलाई हाय ! कति ! ट. प्रलयहरुले माया खाए ! सृष्टिहरुले जगाए ! माटोभित्र आत्मा डुलेर, पाप र धम्र्म छुट्टयाए ! तर दुनियाँमा लटा बढाई कतिले गाँजा उडाए ! ठ. पछुताउले छुँदै धरम छ ! आगो निभेर मलम छु ! विरोध दुईले बन्दछ विश्व समान–अन्तर रेखा मिल्छन् ! तृतीय तत्व, शाम्यको विन्दु, पुग्दा, सारा पाप र धम्र्म, एकतामा आई, गल्छन् घृणित अस्तित्व खै तब मेरो ! कसले हेरयो ? ‘पाप’ अभागी नाउँ हो मेरो ! ड. धम्र्म बताउँछन् सजिलो गल्ली विशाल बन के बाटो होइन ? काँढा, खाडी बीचमा पर्नु पनि के अनुभव राम्रो हुँदैन ? बाटा खुला छन्, बाटा अनन्त ! कुन ईश्वरले लाउँछ बार ? विश्वविद्यालय छ विशाल, विषय अपार ! निषेधहरु हुन् कृत्रिम बार ! अध्ययन नै कसरी हेय ? आफु नछकिनु तिम्रो श्रेय ! बलाइरहेछन् तर अन्धाले मेरो झूठो आकार ! ढ. ईश्वर कहिल्यै बोल्दैनन् यस्तो गर्नु ! उस्तो नगर्नु ! तिम्रा दिलमा सिवाय ! अनुभवविनाको धम्र्म हुँदैन अनुभवविनाका पाप ! पछुताउविनाको माप ! ण. हामी अरुका मानव इशारा —हरुले मिरमिर केही देख्छौँ ! त. राजाले तर ऐन तोड्नु भन्दैन ! मानिस आफैं आफ्नो पुलिस हो, आपूm आफ्नै न्यायाधीश ! आफु आफ्नो अभियुक्त ! थ. मानिस भित्र आफु पुगे, यदि मैनै छैन, वार फुके ! सम्बन्ध लुके ! जवाफदेही सारा चुके ! द. आँखा खोल्नु धम्र्म भए यदि, चिम्लनु पनि ता होला मोज ! तर त्यो कस्तो ? भोलि बताउला आफ्नो खोज ! ध. ज्ञान भनेको चिन्दै बढ्नु, चिन्दै बढ्नु, आफु र अरुको तादात्म्य, अथवा अन्तर, कम्र्महरुको पथमा अनन्त ! विश्व हो एउटा वृक्ष विशाल ! न. रुखका हामी पाप भई, रुख लडाए पाप ! रुख अडाए धम्र्म ! त्यसका जरामा जो गर्छौ काम, रसको नाम ! हाम्रो त्यही हो परमै धाम ! ज्ञान सुनाएँ अलिकति हेर ! पाप अभागी नाउँ छ मेरो ! प. केवल उज्यालो चिनाउने छाया निन्दा मेरो तर क्या हेर ! दायाँ, बायाँ ! मूर्ख देख्छु जनको घेरो ! ‘पाप’ अभागी नाउँ हो मेरो !