जहाँ झिलमिलाउँदै किरणलाई छर्वर् गरी झलल्ल छ उदाउँदो धपधपाउँदो बेसरी मुहार, अति लाल जो सब गुलाफ झैं सूर्य छन् झझल्ल कवित झाँगका रँग हरा खुला गर्दछन् । झिलिक्कसँग झुल्कियोस् हृदयबीच ज्वाला नयाँ अँधेर जगमा गयो, सकल बाल बत्ती यहाँ उही किरण सूर्यको किन झलल्ल झल्की बल्यो नयाँ युग छ देशको यति बुझे उज्यालो खुल्यो