क. किन ? वयसी ! भन यस जनपथमा, चोछर्यौ, चिनेझैं, मृदु मुसकान ? ख. पल्लव अधर सरस लम्याउँछ, कुन स्वपनाको मधुर उडान ? दिनको मुटु पनि डुब्दछ जलमा, प्यार गरेझैं –हिमचूलीसँग, सुम्पी, जलेको प्राण ! मेरो पनि यो जगयात्रामा नहोस् रुधिरको प्रस्थान ! ग. के यो पोथी–पयोधि चलीकन छाल छचल्की धुँदो छ किनार ? —त्यस्तो जमीनको, जसमा वैरी, आकाश चढीकन, सृजनागर्ने उसका मनका सपना–धार ? आदिम तृषा हो यर रसनिधिको यो ! सूनसान नै आवाद गरीकन, बिजुली मुस्की, चम्किनु, वर्षिनु— ! हुन संसार ! भन वयसी ! ए अधजान ! किन यो तिम्रो मुसकान ? घ. यो चाँदीको पत्रमा अक्षर काटी दिएको निम्ता हो ? बिलकुल स्वाभाविक ! बिलकुल स्वाभाविक ! पूmलको प्रकृति, अलिको इशारा ! पाप होइन यो ! शर्मिन्छयौ किन ? गाढा लालीद्धारा ! ङ. प्रथम प्रयोग यो होला तिम्रो, पोथी शक्तिको आत्मपरीक्षा ! के तन्त्रीको प्रथम लचक हो ? उषा मुसकान ? कोपिलको प्रस्फुटन हो ? पहिलो आफ्नो पहिचान ? निसर्ग बुद्धि बोल्छे, ठीक हो ! दुई नभै यो पथ चल्दैन ! चार नभै यो दीप जल्दैन ! वीणा होऊ तिमी, तारहरुकी ? खोनिरहिछौ झन्कार ? च. प्यार भनेको पूmल–काँटा हो ! तीखो, सुन्दर ! तर माटोमा रोपिनुपर्दछ, जलले यसकन सिंचनुपर्दछ ! सुस्केराका श्वासहरुले हम्की हरहर ! स्वर्गको बीउ हो पृथ्वी अन्दर ! रोप्न छ आनन्द, बचाउन गाह्रो ! एक तपस्या साह्रो ! पाइसकेको छु ज्ञान ! तर छौ तिमी अधजान ! छ. सुन्दरले यो गर्दछ आह्वान ! कानेखुशी गर्छन्प्राण ! “हाम्रो धम्र्म हो त्यसमा बलिदान ! त्यसमा बलिदान !” पुरुष प्रकृतिका हामी मिलन हुँ, एकमा आर्को स्वपना–ज्यान ! शक्ति तिमी होऊ, प्रयोग प्रथमले नापिरहिछयौ आकर्षण, मेरो अनुसरण, अडान ! ज. एक जनाना, एक मर्दाता, नाचिरहन्छन् वृन्दावनमा ! जीवन भनेको ती दुईको हो स्पन्द परस्पर मन, मनमा ! हाम्रो चिर हो पहिचान ! सम्झन, हामी नाचिरहेथ्यौं आदिम कोही फूलवनमा ! याद छ मुरलीगान ? तिम्रो शरीरको पछि लाग्दिन ! पुज्दछु आत्मा महान्! जसले दियो यो याद पुराण ! खोज मलाई युवकमा कोही, प्रत्युत्तर त्यसद्धारा दान ! अहो ! भइछौ अन्तर्ध्यान ! अल्पिसक्यौ ए मुसकान ?