क. चढ्, चढ् सेर्पा ! पर्वत बने चढ्नका नै चुनौति ! बढ् बढ् पठ्टा ! युवकहरुको हाँक माग्दो छ धर्ती ! पूरा मान्छे कसरि हुनु हो ? टाकाुरा यो नहाँके ! मानीसैमा प्रगति दिनको उच्चता बोलि डाके ! ख. थुप्रेका यी तुहिनहरुका स्वर्गचुम्बी उँचाइ ठाडो बाटो कठिनपथमा ‘आन’ भन्थे तँलाई लाखौं लाखौं बरस यिनकी मुस्किँदी श्री सुनौला पुस्ता, पुस्ता विविध ढँगले चाल्दथी दिव्य औंला ! ग. ओढी झिल्के चदर किरणी, बैंश खुल्दी अमेट प्रातः सन्ध्या, सर अघि उभी, जो शिँगार्थी अखोट सेतो, गोरो तुहिनतन,योतिर्सदीत् एक भेट सेरै तरै, मधुमिलनको हो तयारी अटूट ! घ. बाणी मीठा झलकहरुको हान्दथी दूरबाट शर्मिन्थी त्यो बिचबिच त्यसै लाल पारी ललाट केले होला प्रियतम, भुली, यो भएको अबेला, मेरा प्यारा–बृषभ बलिया, आँटका दिव्य चोला ! ङ. मानो कोही सुर युवतिमानवझैं–प्रेमी–प्यासी, पृथ्वी सम्झी, सुर, गति चुकी, पातिता स्वर्णराशि, ज्यूँदो सारा जगतबिचको विश्वजेता हि एक पाए मात्रै प्रणयसफला एक लिन्थी विशेष ! च. त्यस्ती राम्री अमर वयसी, पाउनाकी मिठास सातौँ स्वर्गै सदृश सुखका, सुन्दरी,–लासज्योति रानी जस्ती झलझल कुनै, दूरकी झैं कहानी, आजैको यो येगअघि खडा, डाक्न खोज्छे जवानी, छ. हो, हो, ठाडा, कठिन पथ छन्टेक्न नै छैन ठाउँ ! चिप्ला कप्टी तुहिन, पहरा धर्कने ती चढाउ जाली खाल्डा धहर, भुँवरी, दन्तकीटा कराली किस्सा जस्तै छ तर नडगे, आँट जादू छ खालि ! ज. रोईरैछन् मिलन नहुँदा,आँशु खोला बहन्छन्! सारा बन्छन् विफल उनका साज, श्रृङ्गार रुन्छन्! जीताजागा युवक ! चढ त्यो ज्योतिको–किल्लाकैद अग्लो बुर्जाबिच जलदृशी–सुन्दरी ल्याउ, मिल्ला ! झ. श्वाँ श्वाँ पर्ला, हिर हिर पनी, मृत्यु साना र बौर ! ब्यूँझी, आफ्नो लख त नभुले, ताकको शान गौर चीसो निद्रा सँगसँग बसी मोहनी ढाल्न खोज्ली ! कालै लाग्ला पछि पछि, तिमी लम्किए, भीति हट्ली ! ञ. के गर्ने हो ? प्रकृति रिन भार बोकी सधैँ रे ? खोस्टो लागी मरमिट गरी फर्कि ऊँभो यतै रै ? माफी देलिन् ऋण प्रकृतिले कीर्तिको टाकुरामा कालै कुुुल्ची पदपद बढे,आँट ली पाखुरामा ! ट. धर्मै यै हो अचल नबनी चढनु ठूला चढाउ माजै यी हुन् विविध खतरा, पाठ नै कष्ट नाउँ कालै जस्ता विकट रिपुको साथ कुस्ती छ खासा ! जेता पुज्लान्, विजित सुतलान्, लोक हेरुन् तमाशा ! ठ. मान्छे हामी, कठिन गिरिका साथ कुस्ती लडौँला गौरी भेटी, गरल जिती रुद्र आफै बनौँला बोका मर्लान् युग, युग, फुली झार होलान् पहेँला हुङ्कारौँला अदलबदली कालको गर्न हेलाँ ! ड. चढ् चढ् सेर्पा, सगर पगरी, झ्यामुलुङ्मो छ जित्नु नेपालीको यस कदमले विश्वको अग्र बढनु ! यौटा मर्ला अरुकन दिई हातमा त्यो चिराँक जस्ले बाल्ला गजुग नयाँ दीपको –रातहाँक ढ. माछे हामी प्रकृतिविजयी बन्नमा छौँ सिपालु साङ्ग्रा घेरा पर पर ्हटनु, ध्येय होस् दिव्य चालू ! यो पृथ्वीको चरम शिर हो, भूमिको–चूलीजत नेपालीको अवनि शिरले पुज्छ लौ–धूलीपाद ! ण. पृथ्वीको यो विजय सकिँदा, एक सीँढी उचाल आत्मालाई मनुजहरुको, चन्द्र ताक्ने प्रणाली होला आर्को शुरु जगतमा, काल कोल्टो लिएर नेपालीकै विजीय भरमा विश्व उठ्नेछ हेर ।